मुख्य समाचार
साफ यू–१७ महिला च्याम्पियनसिपको पहिलो खेलमा भारतले नेपाललाई ७-० गोलले हराए
साफ यू–१७ महिला च्याम्पियनसिपको पहिलो खेलमा भारतले नेपाललाई ७-० गोलले हराए

। भुटानमा आजदेखि सुरु भएको साफ यू–१७ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग फराकिलो अन्तरले पराजित भएको छ ।

भुटानको चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा भारतले नेपाललाई ७-० गोलअन्तरले हराएको हो । पहिलो हाफमै ५ गोल गरेको भारतले दोस्रो हाफमा थप २ गोल मात्र गरेको थियो ।




मंगलबार आयोजित प्रि-म्याच कन्फेरेन्समा नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले साफ यू–१७ महिला च्याम्पियनसिपको उपाधि जित्ने मुख्य लक्ष्य भएको बताएपनि पहिलो खेलमै नेपाललाई ठुलो धक्का लागेको छ ।

अगस्ट २० देखि ३१ सम्म भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र आयोजक भुटान गरी चार टोली मात्र सहभागी छन् । प्रतियोगिता डबल राउण्ड रोबिन लिगमा खेलिनेछ र सबैभन्दा बढी अंक जोड्ने टोलीले उपाधि जित्नेछ ।



आजै हुने अर्को खेलमा आयोजक भुटानले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले अब अर्को खेलमा शुक्रबार भुटानसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले प्राविधिक र व्यावहारिक कारणले संघको वार्षिक साधारण सभामा केही ढिलाइ भएको बताएका छन् । उनले नेपाल प्रिमियर लिगको हिसाबमा पनि केही ढिलो भएको बताए । विराटनगरमा संघको साधारणसभाको उद्घाटनपछि पत्रकारहरुसँग कुरा गर्दै उनले पछिल्लो राजनीतिक अवस्था र क्रिकेटका गतिविधिका कारण साधारण सभा तोकिएको समयभन्दा ढिलो भएको बताएका हुन् ...
। बार्सिलोनाले चिरप्रतिद्वन्द्वी प्रतिद्वन्द्वी रियल मड्रिडसँगको दोस्रो एकल क्लासिको खेल जित्दै स्पेनिस ला लिगाको उपाधि जितेको छ । गएराति घरेलु मैदानमा खेलमा बार्सिलोनाले रियललाई २–० ले पराजित गर्दै लगातार दोस्रोपटक अनि समग्रमा २९औं उपाधि जितेको हो । बार्सिलोनाका लागि मार्कस रासफर्डले नवौं मिनेटमा आकर्षक फ्रिकिकमार्फत पहिलो गोल गरेका थिए । त्यसपछि १८औं मिनेटमा फेरान टोरेसले दोस्रो गोल ...
। आर्सनलले वेस्ट ह्याम युनाइटेडलाई १–० ले हराउँदै इंग्लिस प्रिमियर लिग फुटबलको उपाधितर्फ थप एक कदम अघि बढाएको छ । लन्डन स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा दुवै टोलीले अवसर सिर्जना गरे पनि खेलको ८३औं मिनेटसम्म गोल हुन सकेको थिएन । त्यसपछि लिएन्ड्रो ट्रोसार्डले गरेको प्रहार विपक्षी खेलाडी टोमास सोसेकलाई ...
: भारतको गोवामा आगामी जेठ ११ गतेबाट आठौं साफ महिला च्याम्पियनसिप सुरु हुँदैछ । यस प्रतियोगितामा नेपाली टोलीले भाग लिन पाउने कि नपाउने भन्ने विषय नै हाल सर्वाधिक चर्चामा छ । नेपाली महिला फुष्टबल टोली हाल यहि प्रतियोगिताको लागि गत हप्ताबाट प्रशिक्षणमा रहेको छ । ६ पटकको उपविजेता नेपाली महिला फुटबल टोलीले यस पटक प्रतियोगिता ...
: काभा महिला च्याम्पियनसिप–२०२६ को ट्रफी सार्वजनिक गरिएको छ । नेपाल भलिबल संघले आइतबार एक कार्यक्रम गर्दै ट्रफी सार्वजनिक गरेको हो । जेठ ८ बाट १५ गतेसम्म हुने यस प्रतियोगिताका ८ वटा राष्ट्रहरुले प्रतिस्पर्धा गर्नेछन् । यस प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेर प्रतिस्पर्धा गर्नेछ । नेपालसँगै समूह ‘ए’ मा कीर्गिस्तान, भारत र माल्दिभ्स रहेका ...