। नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं प्रतिनिधिसभा सांसद जनार्दन शर्मा ‘प्रभाकर’ले कुवेतमा विषाक्त मदिरा सेवनबाट निधन भएका र गम्भीर बिरामी परेका नेपालीको अवस्थाबारे अद्यावधिक विवरण सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
कुवेतमा विषाक्त मदिरा सेवनका कारण १२ जना नेपालीको मृत्यु भएको थियो भने केही गम्भीर बिरामी परेका छन् ।
सोही घटनाबारे बुधबार प्रतिनिधिसभा बैठकमा सांसद शर्माले मृतकको शव नेपाल ल्याउने र बिरामीको उपचारको प्रबन्धबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘कुवेतमा भएको घटनाबारे उहाँहरूको अवस्थाबारे घरपरिवारले हामीलाई रोइकराइ गरिरहेको अवस्था छ , मृतकहरूको शव कहिले नेपाल आइपुग्छ ? उपचार गर्ने क्रम कसरी अगाडि बढेको छ ?,’ उनले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।