मुख्य समाचार
तीन जनाको जापानिज इन्सेफ्लाईटिसबाट मृत्यु
तीन जनाको जापानिज इन्सेफ्लाईटिसबाट मृत्यु

: जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये तीन जनाको जापानिज इन्सेफ्लाईटिसबाट मृत्यु भएको छ। साउन २३ गतेदेखि भदौ ३ गतेसम्मको नमुना परीक्षणका क्रममा ९ जनामा संक्रमण देखिएको थियो। तीमध्ये ३ जनाको मृत्यु भएको हो।



जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार मृत्यु हुनेमा कालिका नगरपालिका-५ का ८९ वर्षीय वृद्ध, राप्ती नगरपालिका-१२ की ७० वर्षीय वृद्धा र भरतपुर महानगरपालिका-१२ की ८१ वर्षीया वृद्धा रहेका छन्। उनीहरूको विगत ११ दिनमा आएको नतिजा हो। गत आर्थिक वर्षमा चितवनमा देखिएका ३ जना संक्रमितमध्ये एक जनाको मृत्यु भएको थियो।


उनले भने, ‘जापानिज इन्सेफ्लाइटिस भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका व्यक्तिमा देखिएको छ।’ कालिका नगरपालिकामा एउटै वडामा दुई जनालाई संक्रमण देखिएको छ। भरतपुर महानगरपालिकाको तीनवटा वडामा, राप्ती नगरपालिकाको दुईवटा वडामा, खैरहनी नगरपालिकाको एउटा वडामा र माडी नगरपालिकाको एउटा वडामा एक/एक जनामा यो रोगको संक्रमण देखिएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बागलुङ सेवा समाज अमेरिकाले रक्तसञ्चार केन्द्रलाई रु १५ लाखको जेनेरेटर र रक्तदान गर्ने कुर्सी सहयोग गरेको छ। नेपाल रेडक्रस सोसाइटीले सञ्चालन धौलागिरि प्रादेशिक अस्पातल क्षेत्रमा सञ्चालन गरेको रक्तसञ्चार केन्द्रबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउन जेटेरेटर र कुर्सी सहयोग गरेको हो। बागलुङमा विद्युत् आवतजावत गर्ने हुँदा रक्तसञ्चारमा रगत बिग्रिने र गुणस्तर खस्किने जोखिम हुँदै आएको थियो। जेनेरेटर ...
। पशुसेवा विभागले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लू सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ । विभागले विभिन्न प्रयोगशालामार्फत नियमित नमूना परीक्षण गरी निगरानी बढाएको हो । काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेमा सङ्क्रमणको जोखिम बढी देखिएकाले रोग नियन्त्रण कार्यलाई उच्च प्राथमिकता राखिएको विभागका महानिर्देशक डा. उमेश दाहालले बताए । उनका ...
— काठमाडौं महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १८०० भाइल एन्टी रेबिज खोप उपलब्ध गराएको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले शुक्रबार अस्पतालमै पुगेर उक्त खोप हस्तान्तरण गरेकी हुन् । उक्त अवसरमा उनले भनिन्,' अस्पतालमा खोप अभाव हुने सम्भावना बढेको सूचना प्राप्त गरेपछि सम्भावित जनस्वास्थ्यजन्य जोखिम घटाउन अस्पताललाई सहयोग प्रदान गरेका हौँ । जनावरले ...
। युरोपको बीईएसएसवाई २ सिनक्रोट्रोन फ्यासिलिटीमा एउटा अत्याधुनिक सुपरकन्डक्टिङ एक्सरे स्पेक्ट्रोमिटर सञ्चालनमा आएको छ। ट्रान्जिसन एज सेन्सर प्रविधिमा आधारित यो युरोपको पहिलो प्रणाली हो जसले फोटोन पत्ता लगाउने क्षमतालाई पारम्परिक उपकरणको तुलनामा १०० देखि १ हजार गुणासम्म बढाएको छ। यस ठूलो प्रविधिको विकासले वैज्ञानिकहरूलाई परमाणु जत्तिकै पातलो पदार्थ, नानोसंरचना र अत्यधिक पातलो नमूनाहरूको तीव्र गति र ...
। मुलुकका ११ जिल्लामा बर्डफ्लु संक्रमण फैलिएको छ । पशु सेवा विभागले प्रतिवेदन सार्वजनिक गर्दै तीन महिनादेखि देशका विभिन्न स्थानमा देखिएको यो घातक संक्रामक रोग हालसम्म ११ जिल्लाका ८२ फरक–फरक स्थानमा पुष्टि भइसकेको बताएको हो । विभागका अनुसार ४ चैत २०८२ मा मोरङ जिल्लाबाट सुरु भएको यो संक्रमण हालसम्म झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, ...