मुख्य समाचार
विश्वसामु नेपालको पर्यटन प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्ड र टिकटकबीच साझेदारी
विश्वसामु नेपालको पर्यटन प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्ड र टिकटकबीच साझेदारी

: नेपालका अद्वितीय भौगोलिक सौन्दर्य, सांस्कृतिक सम्पदा र साहसिक अनुभवहरूलाई विश्वभरका दर्शकमाझ प्रवर्द्धन गर्नका लागि नेपाल पर्यटन बोर्ड (एनटीबी) र टिकटकले मंगलबार संयुक्त साझेदारीको घोषणा गरेका छन्। लाइफ टाइम एक्सपिरियन्सलाई केन्द्रमा राखिएको यो पहल क्रिएटरले लिड गर्ने एक अभियान हो। यसले विशेष इन–एप एक्सपिरियन्स प्रदान गरी यात्रुहरूलाई नेपालका घुम्नै पर्ने गन्तव्य र प्रचार नभएका उत्कृष्ट ठाउँहरू पत्ता लगाउन सहयोग गर्नेछ।



यो अवसर नेपाल पर्यटन यात्राका लागि महत्वपूर्ण पहल भएको पर्यटनमन्त्री बद्री प्रसाद पाण्डेले बताए। ‘नेपाल पर्यटन बोर्ड र टिकटकबीच प्रभावकारी सहकार्य सुरु भएको छ। यो केवल एउटा सम्झौता मात्र नभई नेपाललाई विश्वसामु प्रभावकारी, आकर्षक र टाढासम्म पुर्‍याउने प्रतिबद्धता हो,’ उनले भने।


बोर्ड र टिकटकले एकसाथ स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ट्राभल क्रिएटरहरूसँग सहकार्य गर्नेछन्। यस अनुसार उनीहरूलाई नेपाल भ्रमण गर्न निम्त्याइनेछ र उनीहरूको यात्रालाई छोटा आकर्षक भिडियो बनाएर त्यसमार्फत् संसारभरका दर्शकसामु नेपालका सुन्दर प्राकृतिक एवम् सांस्कृतिक सम्पदाहरू प्रस्तुत गर्नेछ।


अभियान अवधिभर क्रियटरहरूले नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति, चाडपर्व, उत्सव, कला, खानपान र सामुदायिक परम्परालाई विश्वसामु प्रस्तुत गर्ने खालका कन्टेन्टहरू बनाई टिकटकमार्फत् सार्वजनिक गर्नेछन्। यसले भविष्यमा थप पर्यटकहरूलाई नेपाल भ्रमण गर्ने प्रेरित गर्ने बोर्डको विश्वास छ।

बोर्डले नेपाल भ्रमणमा आउने क्रिएटरहरूलाई स्वागत गर्नेछ र काठमाडौं उपत्यका तथा अन्य गन्तव्यहरूमा पुग्दा उनीहरूलाई सहज पहुँच होस् भनेर यात्रा, आतिथ्य तथा विज्ञ मार्गदर्शनको समन्वय गर्नेछ। बोर्डले अभियानका क्षण र कार्यक्रमहरूमा सहभागी गराउन प्रख्यात सार्वजनिक व्यक्तित्वहरू, कलाकारहरू तथा सांस्कृतिक दूतहरूलाई पनि आमन्त्रण गर्नेछ, जसले नेपालको बारेमा देशभित्र र बाहिरका पर्यटकहरूसम्म पुग्नेगरी सकारात्मक सन्देश प्रवाह गर्नेछन्।

स्थानीयस्तरमा अभियानलाई थप प्रभावकारी बनाउन टिकटकले एनटीबीसँग सहकार्य गरी नेपालमा तीनवटा क्षमता विकास कार्यशाला आयोजना गर्नेछ। जसले स्वदेशी ट्राभल कन्टेन्ट क्रिएटरहरूलाई डिजिटल स्टोरीटेलिङ, दर्शक वृद्धि र ब्रान्ड सहकार्यसम्बन्धी व्यावहारिक सीप प्रदान गर्नेछ। योसँगै टिकटकले नेपालका साना तथा मझौला उद्यम र पर्यटन व्यवसायीहरूलाई समेत आफ्नो उत्पादन तथा सेवाहरूलाई टिकटक मार्फत दर्शकसमक्ष प्रस्तुत गर्ने तरिका सिकाउने छ।

कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यो साझेदारीले नेपाललाई विश्वसामु चिनाउन नयाँ अध्यायको सुरुवात गरेको बताए। यस साझेदारीले टिकटकको विश्वव्यापी पहुँचलाई हाम्रो देशका सुन्दर र अविष्मरणीय अनुभवहरूसँग जोड्न र अझै धेरै पर्यटकहरूलाई आफ्नो आगामी गन्तव्यका लागि नेपाल नै रोज्न प्रेरित गर्ने विश्वास रहेको जोशीको भनाइ छ।

टिकटकका दक्षिण एशियाका पब्लिक पोलिसी तथा गभर्मेन्ट रिलेसन्स प्रमुख फर्दोस मोत्ताकिनले नयाँ कुरा पत्ता लगाउने प्लेटफर्मका रूपमा परिचित टिकटकसँगको बोर्डको सहकार्यले नेपालका प्राकृतिक एवम् सांस्कृतिक सम्पदा र न्यानो आतिथ्यलाई विश्वसामु प्रस्तुत गर्न उत्साहित बनाएको बताए।

सन् २०२५ को बाँकी अवधिभरि चरणबद्ध रुपमा अघि बढ्ने यो सहकार्यमार्फत् टिकटकमा निरन्तर रूपमा क्रिएटर कन्टेन्टसँगै विशेष ह्यासट्याग भिजिट नेपाल इन–एप एक्सपिरियन्स पनि उपलब्ध हुनेछ। यस अभियानको मुख्य आकर्षण यसै वर्ष काठमाडौंमा आयोजना ह्यासट्याग भिजिट नेपाल इभेन्ट हुनेछ। जसमा क्रिएटर, पर्यटन सरोकारवाला र संस्कृतिको क्षेत्रका प्रतिनिधिहरू भेला भई नेपाललाई प्रमुख पर्यटन गन्तव्यका रूपमा चिनाउने छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल दूरसञ्चार प्राधिकरणले देशभित्र फाइभजी मोबाइल सेवा सुरु गर्ने तयारीलाई अघि बढाउन मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई चरणबद्ध कार्ययोजना तयार गरी पेश गर्न निर्देशन दिएको छ । साथै देशभर फोरजी सेवाको विस्तार र गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै मोबाइल सेवाको समग्र स्तर उकास्न आठ बुँदे निर्देशन जारी गरिएको छ । प्राधिकरणले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार दूरसञ्चार ऐन, ...
। मेटाको एउटा एआई मोडलले साइबर सुरक्षा टेस्टको क्रममा अर्को कम्पनीको सिस्टम ह्याक गरेको छ। एन्थ्रोपिक र ओपनएआईमा भएका यस्तै घटनापछि मेटाको यो घटनाले एआई प्रणालीको नियन्त्रणबारे चिन्ता बढाएको छ। इररेगुलर नामक स्वतन्त्र कम्पनीले मेटाका लागि साइबर सुरक्षा मूल्याङ्कन गर्ने गर्छ। इररेगुलरको कन्फिगरेसन त्रुटिका कारण मेटाको एआई मोडलले इन्टरनेटमा पहुँच पाएको थियो। मेटाले एक विज्ञप्तिमा भनेको छ, ...
। एक प्रयोगकर्ताले बाल यौन शोषण सामग्री सेयर गरेपछि एप्पलले आफ्नो एप स्टोरबाट टेलिग्रामलाई केही समयका लागि हटाएको छ। टेलिग्रामले मङ्गलबार यो जानकारी दिएको हो। टेलिग्रामले उक्त सामग्री हटाएर सम्बन्धित प्रयोगकर्तालाई प्रतिबन्ध लगाएपछि एप स्टोरमा टेलिग्राम पुनः उपलब्ध भएको छ। एप्पलका प्रवक्ताले यो कुराको पुष्टि गरेका छन्। एप हटाउने र पुनः राख्ने काम एकै दिनमा भएको ...
। माइक्रोसफ्टले होटलका वाइफाइ नेटवर्क प्रयोग गर्दा सावधानी अपनाउन चेतावनी दिएको छ। रुस समर्थित ह्याकरहरूले होटल तथा सार्वजनिक ठाउँका वाइफाइ नेटवर्कलाई निसाना बनाइरहेका छन्। माइक्रोसफ्ट थ्रेट इन्टेलिजन्सका अनुसार यो आक्रमणमा ‘स्टोर्म-२९४५’ नामको ह्याकिङ समूह संलग्न छ। ह्याकरहरूले होटेल, विमानस्थल वा सम्मेलन हुने ठाउँका वाइफाइमा लगइन गर्दा देखिने ‘क्याप्टिभ पोर्टल’को दुरुपयोग गरिरहेका छन्। प्रयोगकर्ताहरू वाइफाइमा कनेक्ट हुन ...
गुगलले गुगल हेल्थ एपको नयाँ ५.०५ भर्सन सार्वजनिक गरेको छ। यो अपडेट आईओएस र एन्ड्रोइड दुवै प्रयोगकर्ताका लागि उपलब्ध हुन थालेको छ। विगतका केही हप्तामा आएका चार ठूला अपडेटपछि यो नयाँ अपडेट आएको हो। यस अपडेटले आईओएस प्रयोगकर्ताका लागि विशेष सुविधा ल्याएको छ। अब गुगल हेल्थको डेटा एप्पल हेल्थ एपमा शेयर गर्न सकिन्छ। जस्तै फिटबिट एयरबाट रेकर्ड ...