मुख्य समाचार
भारत-चीन सम्बन्धलाई सकारात्मक गतितर्फ अघि बढाउने संकेत
भारत-चीन सम्बन्धलाई सकारात्मक गतितर्फ अघि बढाउने संकेत

: भारतीय विदेशमन्त्री डा. एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच सोमबार भएको वार्ताले भारत-चीन सम्बन्धलाई सकारात्मक गतितर्फ अघि बढाउने संकेत देखाएको छ। यस वर्ष भारत-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७५औं वार्षिकोत्सव मनाइँदै गर्दा दुवै देशले द्विपक्षीय सम्बन्धको गति कायम राख्ने सहमति जनाएका छन्।


सिन्ह्वाका अनुसार वाङ यी र जयशंकरबीचको वार्तामा परिवर्तनशील विश्व परिस्थिति, स्वतन्त्र व्यापारका चुनौती, प्रमुख शक्तिका रूपमा भारत र चीनको भूमिका, विकासशील मुलुकका लागि उदाहरण कसरी प्रस्तुत गर्ने भन्नेलगायतका विषयहरूमा व्यापक छलफल भएको थियो।

चिनियाँ विदेशमन्त्री यीले वर्तमान विश्व अवस्था तीव्र गतिमा परिवर्तन भइरहेको, धम्कीपूर्ण अभ्यासहरू बढिरहेको र स्वतन्त्र व्यापार तथा अन्तर्राष्ट्रिय व्यवस्थाले गम्भीर चुनौती सामना गरिरहेको बताएका थिए। '२.८ अर्बभन्दा बढी जनसंख्या भएका दुई ठूला विकासशील मुलुकको रूपमा भारत र चीनले विश्वव्यापी जिम्मेवारी प्रदर्शन गर्नुपर्छ। प्रमुख शक्तिको रूपमा काम गर्नुपर्छ। विकासशील राष्ट्रहरूका लागि उदाहरण प्रस्तुत गर्नुपर्छ र विश्व ध्रुवीकरण तथा अन्तर्राष्ट्रिय सम्बन्धको लोकतान्त्रिकीकरणलाई प्रवर्द्धन गर्न योगदान दिनुपर्छ,' सिन्ह्वासँग यीले भनेका छन्।

विदेशमन्त्री यीले दुवै देशका नेताहरूबीच भएका सहमति कार्यान्वयनमा जोड दिँदै सबै तहमा संवाद र आदानप्रदान पुनः सुरु गर्ने, सीमावर्ती क्षेत्रमा शान्ति कायम गर्ने र तिब्बतका पवित्र पहाड-तालहरूमा भारतीय तीर्थयात्रीलाई सहजरूपमा तीर्थयात्रा गर्नसक्ने वातावरण बनाउनुपर्ने बताएका थिए।

२०२५ लाई कूटनीतिक सम्बन्धको ७५औं वर्षको रूपमा विशेष अवसरको रूपमा लिँदै विगतबाट पाठ सिकेर दुई देशले एकअर्कालाई प्रतिद्वन्द्वी वा खतराको रूपमा नभई साझेदार र अवसरको रूपमा हेर्नुपर्ने उनको जोड थियो। 'भारत-चीन सम्बन्धले सहयोगतर्फ फर्कने सकारात्मक प्रवृत्ति देखाइरहेको छ। चीनले भारतसहित छिमेकी मुलुकसँग 'मैत्री, इमानदारी, पारस्परिक लाभ र समावेशीताको सिद्धान्त' कायम राख्दै शान्तिपूर्ण, सुरक्षित, समृद्ध, सुन्दर र मैत्रीपूर्ण वातावरण निर्माण गर्न इच्छुक छ,' उनले भने।

विदेशमन्त्री यीले भारत र चीनले आपसी विश्वास कायम गर्दै एउटै दिशामा अघि बढ्नुपर्ने बताएको एएनआईले उल्लेख गरेको छ। एएनआईका अनुसार यीले द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन र दुई ठूला सभ्यताको पुनरुत्थानलाई पारस्परिक रूपमा लाभदायक बनाउनुपर्ने बताएका थिए। यसले एशिया र विश्वमा निश्चितता र स्थिरता प्रदान गर्ने यीको विश्वास छ।

त्यस्तै भारतीय विदेशमन्त्री जयशंकरले पनि द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा विचार राखेका थिए। उनले भने, 'वार्ताले आर्थिक र व्यापारिक मुद्दा, तीर्थयात्रा, जनता-जनता सम्पर्क, नदीसम्बन्धी साझेदारी, सीमा व्यापार, कनेक्टिभिटी र द्विपक्षीय आदानप्रदानलाई समेट्नेछ।'

जयशंकरले भारत-चीन सम्बन्धलाई बहुआयामिक बताउँदै छिमेकी राष्ट्रका रूपमा दुवै मुलुक विश्वका प्रमुख अर्थतन्त्र पनि भएकाले आपसी सहयोग अपरिहार्य रहेको बताएका थिए। मतभेदहरूलाई द्वन्द्वमा परिणत गर्न नहुने बताउँदै उनले वार्ताको माध्यमबाट आपसी विश्वासलाई बलियो बनाउनुपर्ने बताएका थिए।

(एएनआईबाट)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकाले ‘डाइभर्सिटी इमिग्रेन्ट भिसा (डीभी) लटरी’ कार्यक्रम स्थगित गरेको छ। गृह सुरक्षा मन्त्री क्रिस्टी नोएमले बिहीबार राति राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा डीभी-१ स्थगित गरिएको जानकारी दिएकी छन्। ब्राउन विश्वविद्यालयमा भएको सामूहिक गोलीकाण्डपछि उक्त कार्यक्रम रोक्न संयुक्त राज्य नागरिकता तथा आप्रवासन सेवालाई आदेश दिएको उनको भनाइ छ। 'राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार यो विनाशकारी कार्यक्रमबाट थप कुनै अमेरिकी ...
: युरोपेली संघका नेताहरूले युक्रेनलाई ९० अर्ब युरो ऋण उपलब्ध गराउन सहमत भएका छन्। यसअघि,युरोपेली नेताहरूले युद्धका कारण फ्रिज गरिएका रूसी सम्पत्तिहरू प्रयोग गर्ने कि नगर्ने भन्ने बारेमा छलफल गरेका थिए। नेताहरूले यो सम्झौताले आगामी दुई वर्षको लागि युक्रेनको सैन्य र आर्थिक आवश्यकताहरू पूरा गर्ने बताएका छन्। ब्रसेल्समा भएको शिखर सम्मेलनमा एक दिनभन्दा बढी समयको वार्तापछि ...
: बंगलादेशी विद्यार्थी नेता शरीफ उस्मान हादीको मृत्युपछि बंगलादेशमा पुनः हिंसात्मक अवस्था सिर्जना भएको छ। राजधानी ढाकाका विभिन्न क्षेत्रमा विरोध प्रदर्शनसँगै तोडफोड र आगजनीका घटनाहरू भएका छन्। बीबीसी बंगलाका अनुसार हादीको मृत्युपछि ढाकाको धनमन्डी,शाहबागलगायत क्षेत्रहरूमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उनीहरूले सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन्। यसैबीच,बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले ...
— बंगलादेशमा लोकप्रिय विद्यार्थी नेताको निधनपछि प्रदर्शन चर्किएको छ। परिस्थिति नियन्त्रणबाहिर पुगेपछि शुक्रबार प्रहरी तथा अर्धसैन्य दस्तालाई ढाकासहित विभिन्न क्षेत्रमा परिचालन गरिएको छ। बिहीबार राति देशभर हिंसा, तोडफोड तथा आगजनीका घटना भएका थिए। दुई लोकप्रिय सञ्चारमाध्यम प्रोथोम आलो र डेली स्टार को कार्यालयमा पनि प्रदर्शनकारीले निशाना साँधेका छन्। आगामी फेब्रुअरी १२ मा बंगलादेशमा आम चुनाव हुने तय ...
— अमेरिकी सुरक्षा प्रमुख क्रिस्टी नोमले बिहीबार ब्राउन युनिभर्सिटीमा सामूहिक गोलीबारीमा संदिग्ध क्लाउडियो नेभेस भ्यालेन्टेले प्रयोग गरेको भन्दै ग्रिन कार्ड लटरी निलम्बन गर्ने आदेश दिएका छन् । पोर्चुगलका नागरिक नेभेस भ्यालेन्टे माथि डिसेम्बर– १३ मा आइभी लिग स्कुलको भवनमा आक्रमण गरी परीक्षामा बसेका विद्यार्थी माथि गोली चलाएको आरोप लगाइएको छ । जसमा दुई जनाको मृत्यु भएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम