मुख्य समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गर्न मध्यस्थता गर्ने प्रयास
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गर्न मध्यस्थता गर्ने प्रयास

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गर्न मध्यस्थता गर्ने प्रयास गरिरहेका छन्।



ट्रम्पले आफ्नो दोस्रो कार्यकालको सुरुवातदेखि नै शान्ति वार्तामा रुचि देखाउँदै आएका छन्।


सोमबार ट्रम्पले ह्वाइट हाउसमा दाबी गरे,ʻमैले ६ वटा युद्ध समाप्त गरेको छु। मैले युद्धविराम शब्द उल्लेख नगरी यी सबै सम्झौताहरू गरेको छु।ʼ


भोलिपल्ट उनले दिएको संख्या बढेर ʻसात युद्धʼ पुग्यो।

ट्रम्प प्रशासनले उनलाई नोबेल शान्ति पुरस्कार दिने समय आएको बताएको छ। आफ्नो तर्कको समर्थनमा प्रशासनले ट्रम्पले रोकेका ती ʻयुद्धʼ को सूची पनि दिएको छ।

यी मध्ये केही सम्झौता केही दिन मात्र टिके र अरू कति स्थायी हुनेछन् भन्ने कुरा स्पष्ट छैन। ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा धेरै पटक ʻयुद्धविरामʼ शब्द प्रयोग गरेका छन्।

यी झडपलाई रोक्न ट्रम्पले कति श्रेय पाउनुपर्छ भनेर बीबीसी भेरिफाइ गरेको छ।

इजरायल र इरान
१२ दिन लामो द्वन्द्व १३ जुनमा इजरायलले इरानी स्थानमा आक्रमण गरेपछि सुरु भएको थियो। ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आक्रमण हुनुभन्दा पहिले नै आफूलाई जानकारी गराएको पुष्टि गरे।

यसपछि अमेरिकाले इरानको आणविक स्थललाई पनि निशाना बनायो। यो कदमले द्वन्द्वको चाँडै अन्त्य भएको विश्वास गरिएको थियो।

जुन २३ मा ट्रम्पले सामाजिक सञ्जालमा लेखे, ʻआधिकारिक रूपमा इरानले युद्धविराम सुरु गर्नेछ र १२ घण्टापछि इजरायलले पनि युद्धविराम गर्नेछ। २४ घण्टा पछि यो १२ दिने युद्ध समाप्त हुनेछ।ʼ

लडाईं समाप्त भएपछि इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले आफ्नो देशले निर्णायक विजय हासिल गरेको दाबी गरे। यद्यपि उनले युद्धविरामबारे कुनै उल्लेख गरेनन्।

यस्तै इजरायलले नयाँ खतरा उत्पन्न भएमा इरानमाथि फेरि आक्रमण गर्न सक्ने बताएको छ।

अमेरिकास्थित थिंक ट्याङ्क ब्रुकिङ्स इन्स्टिच्युसनका वरिष्ठ फेलो माइकल ओहानलनले भने,ʻइरानको आणविक कार्यक्रमको स्थायी शान्ति वा अनुगमन सम्बन्धी कुनै सम्झौता भएको छैन। त्यसैले यो युद्धको अन्त्य नभएर केवल युद्धविराम हो। तर म ट्रम्पलाई केही श्रेय दिन चाहन्छु। अमेरिकी सहयोगमा इजरायलले इरानलाई कमजोर बनाउनु रणनीतिक रूपमा महत्त्वपूर्ण रहेको छ।ʼ

पाकिस्तान र भारत
दक्षिण एसियाका दुई आणविक शक्ति राष्ट्रबीच वर्षौंदेखि तनाव रहेको छ। मे महिनामा पहलगाममा पर्यटकमाथि भएको आक्रमणपछि भारत र पाकिस्तानबीचको तनाव झनै बढेको छ।

चार दिनको द्वन्द्व पछि ट्रम्पले भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएको घोषणा गरे। उनले यो सम्झौता अमेरिकाको मध्यस्थतामा भएको वार्ताको परिणाम हो भने।

पाकिस्तानले ट्रम्पलाई धन्यवाद दिएपछि उनको निर्णायक कूटनीतिक हस्तक्षेपलाई उद्धृत गर्दै नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्‍यो।

यद्यपि भारतले अमेरिकाको भूमिकालाई कम महत्त्व दियो। भारतीय विदेश सचिव विक्रम मिस्रीले भने,ʻसैन्य कारबाही रोक्नेबारे वार्ता दुई सेनाबीच स्थापित विद्यमान च्यानल अन्तर्गत प्रत्यक्ष रूपमा भएको थियो।ʼ

तर ट्रम्पले बारम्बार भारत र पाकिस्तानबीचको युद्धविरामको श्रेय लिएका छन्। तर भारतले कुनै पनि तेस्रो पक्षको हस्तक्षेपलाई निरन्तर अस्वीकार गर्दै आएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा संसारका कुनै पनि नेताले भारतलाई अपरेशन सिन्दूर रोक्न नभनेको बताए।

अपरेशन सिन्दूरमा जारी बहसको क्रममा आफ्नो भाषणमा मोदीले भारतले कहिल्यै पनि तेस्रो पक्षको मध्यस्थता स्वीकार नगरेको र कहिल्यै स्वीकार नगर्ने पनि बताए।

रुवाण्डा र डीआर कंगो
यस वर्षको सुरुमा एम२३ विद्रोही समूहले खनिज सम्पन्न पूर्वी डीआर कंगोको नियन्त्रण कब्जा गरेपछि दुई देशबीचको लामो समयदेखिको शत्रुता बढ्यो।

जुनमा दुई देशले दशकौंदेखिको द्वन्द्व अन्त्य गर्ने उद्देश्यले वाशिंगटनमा शान्ति सम्झौतामा हस्ताक्षर गरे।

ट्रम्पले यो सम्झौताले अमेरिका र दुई देशबीचको व्यापार बढाउन मद्दत गर्ने बताए।

सम्झौतामा अगस्ट २०२४ मा रुवान्डा र डीआर कंगोबीच युद्धविरामको पालना गर्न आह्वान गरिएको छ।

तर सम्झौतापछि दुवै पक्षले एकअर्कालाई युद्धविराम उल्लंघनको आरोप लगाए।

यसैबीच एम२३ विद्रोहीले शान्ति वार्ताबाट पछि हट्ने धम्की दिए।

अक्सफोर्ड विश्वविद्यालयका इतिहासका प्राध्यापक मार्गरेट म्याकमिलन भन्छिन्, ʻकङ्गो र रुवान्डाबीच अझै पनि लडाइँ जारी छ। त्यसैले त्यहाँ कहिल्यै युद्धविराम भएको छैन।ʼ

थाइल्याण्ड र कम्बोडिया
जुलाई २६ मा ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफू थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्रीसँग फोनमा रहेको र युद्धविरामका लागि अनुरोध गरिरहेको बताए।

केही दिन पछि थाइल्याण्ड र कम्बोडिया एक हप्ताभन्दा कम समयको लडाई पछि तत्काल र बिना शर्त युद्धविराममा सहमत भए।

राष्ट्रपति ट्रम्पले थाइल्याण्ड र कम्बोडियाले लडाइँ बन्द नगरे अमेरिकी कर घटाउन जारी वार्ता रोक्ने चेतावनी दिएका थिए।

दुवै देशको अर्थतन्त्र अमेरिकामा हुने निर्यातमा धेरै निर्भर छ।

अगस्ट ७ मा थाइल्याण्ड र कम्बोडियाले आफ्नो साझा सीमामा तनाव कम गर्न सम्झौता गरे।

आर्मेनिया र अजरबैजान
दुवै देशका नेताहरूले शान्ति सम्झौतामा ट्रम्पको भूमिकालाई ध्यानमा राख्दै उनलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने बताएका छन्।

अगस्ट ८ मा ह्वाइट हाउसमा आर्मेनिया र अजरबैजानबीचको सम्झौताको घोषणा गरिएको थियो।

ʻमलाई लाग्छ ट्रम्प यसका लागि धेरै श्रेयको योग्य छन्,ʼ ओहानलनले भने,ʻओभल अफिसमा भएको हस्ताक्षर समारोहले दुवै पक्षलाई शान्तितर्फ अगाडि बढ्न मद्दत गर्‍यो।ʼ

मार्चमा दुई सरकारले नागोर्नो–काराबाखमा करिब ४० वर्ष पुरानो द्वन्द्व अन्त्य गर्न तयार रहेको संकेत गरे।

सन् २०२३ मा अजरबैजानले आर्मेनियाली क्षेत्र कब्जा गरेपछि दुई देशबीचको तनाव झनै बढ्यो।

इजिप्ट र इथियोपिया
राष्ट्रपति ट्रम्पले इजिप्ट र इथियोपियाबीचको कुनै पनि युद्ध अन्त्य गर्न सकेका छैनन्। तर नाइल नदीमा बाँधलाई लिएर दुई देशबीच लामो समयदेखि तनाव रहेको छ।

इथियोपियाको भव्य इथियोपियन पुनर्जागरण बाँध अब पूरा भएको छ।

तर इजिप्टले यसले नाइल नदीको पानीको आफ्नो हिस्सालाई असर गर्न सक्ने बताएको छ।

इजिप्टका विदेशमन्त्रीले जुन २९ मा १२ वर्षको मतभेद पछि इथियोपियासँगको पानी वार्ता रोकिएको बताएका थिए।

ट्रम्पले भने,ʻयदि म इजिप्ट भएको भए मलाई पनि नाइल नदीको पानी चाहिन्थ्यो।ʼ

उनले अमेरिकाले यो विवाद चाँडै समाधान गर्ने वाचा गरे।

इजिप्टले ट्रम्पको भनाइको स्वागत गरेको छ। तर इथियोपियाली अधिकारीहरूले यसले तनाव अझ बढाउन सक्ने चेतावनी दिएका छन्।

ट्रम्पको दाबीका बाबजुद पनि इजिप्ट र इथियोपियाबीचको मतभेद समाधान गर्न अहिलेसम्म कुनै औपचारिक सम्झौता भएको छैन।

सर्बिया र कोसोभो
२७ जुनमा ट्रम्पले सर्बिया र कोसोभोबीचको शत्रुता रोक्ने दाबी गरे।

दुई देशबीच लामो समयदेखि विवाद रहेको छ। यसको जरा १९९० को दशकमा गएको छ। पछिल्ला वर्षहरूमा यो तनाव अझ बढेको छ।

ʻसर्बिया र कोसोभो न त एकअर्कासँग लडिरहेका छन् न त गोलीबारी आदानप्रदान गरिरहेका छन्,ʼ प्राध्यापक म्याकमिलनले भने, ʻत्यसैले यो अन्त्य गर्न सकिने युद्ध होइन।ʼ

यी दुई देशले २०२० मा राष्ट्रपति ट्रम्पको पहिलो कार्यकालमा ओभल अफिसमा आर्थिक सम्झौतामा हस्ताक्षर गरेका थिए। यद्यपि त्यतिबेला उनीहरू युद्धको संघारमा थिएनन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रुसले युक्रेनमाथि ठूलो आक्रमण गरेको छ । रुसले युक्रेनमाथि सयौं ड्रोन र दर्जनौं मिसाइल प्रहार गरेको जनाएको छ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले राजधानी कीएभ मुख्य निशानामा परेको बताएका छन्, तर अन्य क्षेत्रहरूलाई पनि लक्ष्य बनाइएको थियो । यी आक्रमणमा कम्तीमा ८३ जना घाइते भएका छन् । कीएभ र वरपरका क्षेत्रमा चार जनाको मृत्यु भएको ...
: अमेरिका, इजरायल र इरानबीच जारी युद्ध अन्त्य हुन सक्ने सम्झौताको आशामा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ भने एसियाली सेयर बजारमा वृद्धि देखिएको छ। शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरान (इरान) सँगको सम्झौताका लागि 'धेरैजसो वार्ता' भइसकेको र यसको विस्तृत विवरण चाँडै घोषणा गरिने बताएका थिए। यद्यपि, भोलिपल्टै उनले आफ्नो वार्ता टोलीलाई सम्झौताका लागि ...
हङकङ र युरोपबीच व्यापार एवं लगानीका साथै नवप्रवर्तन र प्रविधि जस्ता क्षेत्रमा व्यावहारिक एवं पारस्परिक रूपमा लाभदायक सहकार्य अघि बढाउन सक्ने हङकङका वित्त सचिव पावल च्यान मो-पोले बताएका छन् । युरोपमा परिवर्तनको ठूलो चाहना रहेको र बहुपक्षीय सहकार्य एवं जोखिम विविधीकरण मार्फत थप बलियो आर्थिक उत्थानशीलता निर्माण गर्न खोजिरहेको भन्दै च्यानले यस्तो बताएका हुन् । आफ्नो साप्ताहिक ...
चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) स्टार्टअप कम्पनी ‘डिपसिक’ ले आफ्नो सबैभन्दा शक्तिशाली फ्ल्यागसिप मोडल ‘भी ४-प्रो ‘ को एपीआई शुल्कमा गरेको ७५ प्रतिशतको भारी कटौतीलाई स्थायी बनाउने निर्णय गरेको छ। शनिबार एक आधिकारिक विज्ञप्ति जारी गर्दै कम्पनीले यसअघि एउटा निश्चित प्रवर्द्धनात्मक योजना (प्रमोसन) अन्तर्गत ल्याएको यो छुटलाई अब स्थायी रूपमा निरन्तरता दिने घोषणा गरेको हो । यस ...
पाकिस्तानको क्वेटास्थित चमन गेट नजिकै रेलवे ट्र्याकमा विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ भने अन्य ७० जना भन्दा बढी घाइते भएका छन् । आइतबार भएको विस्फोटका कारण रेलका तीनवटा डिब्बा पटरीबाट खसेका थिए भने दुई वटा डिब्बा पल्टिएका थिए। प्रत्यक्षदर्शीहरूका अनुसार विस्फोट यति शक्तिशाली थियो कि रेलवे ट्र्याक नजिकै पार्क गरिएका धेरै सवारी साधनहरूमा क्षति पुगेको ...