मुख्य समाचार
भारत र चीनबीच १२ बुँदे सहमति
भारत र चीनबीच १२ बुँदे सहमति

: भारत र चीनबीच १२ बुँदे सहमति भएको छ। चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा दुई देशबीच उक्त सहमति भएको हो।



विवादित सीमा क्षेत्रमा पनि शान्ति र स्थिरता कायम राख्न दुई देशबीच सहमत भएका छन्। त्यसअघि दुई देशका प्रतिनिधिहरूबीच सीमा विवादका विषयमा २४औं चरणको संवाद भएको थियो। उक्त संवादलाई निरन्तरता दिने सहमति पनि भएको भारतको विदेश मन्त्रालयले जानकारी दिएको छ।


दुई देशका विदेशमन्त्री स्तरमा भएका वार्तामा दुवै पक्षले व्यापार-व्यवसाय, हवाई सम्पर्क, तीर्थयात्रालगायत विभिन्न व्यावहारिक सहकार्यमा जोड दिइएको थियो।


यस्तो छ १२ बुँदे सहमति
१. दुवै पक्षले नेताहरूको रणनीतिक मार्गदर्शन दुई देशबीचको सम्बन्धको विकासमा अपरिहार्य र अत्यन्त महत्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिए। उनीहरूले दुई देशबीच स्थिर र सहकार्यपूर्ण सम्बन्धलाई साकार पार्नका लागि आपसी हितमा हुने कुरामा सहमति जनाए। साथै, दुई नेताहरूबीच भएका महत्वपूर्ण बुझाइहरूलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्नुपर्नेमा दुवै पक्षले जोड दिए।

२. चिनियाँ पक्षले तियान्जिनमा आयोजना हुने शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सहभागितालाई स्वागत गर्‍यो। भारतीय पक्षले चीनको एससीओअध्यक्षताको पूर्ण समर्थन पुनः पुष्टि गर्‍यो र सफल तथा परिणाममुखी एससीओ शिखर सम्मेलनको अपेक्षा व्यक्त गर्‍यो।

३. दुवै पक्षले सफल कूटनीतिक कार्यक्रमहरूको आयोजना गर्न एकअर्कालाई सहयोग गर्ने सहमति जनाए। चिनियाँ पक्षले भारतलाई २०२६ को ब्रिक्स शिखर सम्मेलन आयोजना गर्न सहयोग गर्नेछ। भारतीय पक्षले चीनलाई २०२७ को ब्रिक्स शिखर सम्मेलन आयोजना गर्न सहयोग गर्नेछ।

४. २०२६ मा दुई देशबीच उच्च-स्तरीय संयन्त्रको तेस्रो बैठक आयोजना गर्नेलगायत विभिन्न आधिकारिक द्विपक्षीय संवाद संयन्त्र र आदानप्रदानहरूको अन्वेषण र पुन: सुरुवात गर्न सहमति जनाए।

५. भारत र चीनबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७५औं वार्षिकोत्सवको सम्झनामा २०२५ मा कार्यक्रमहरू आयोजना गर्न दुवै पक्षले एकअर्कालाई सहयोग जारी राख्न सहमति जनाए।

६. दुवै पक्षले चीन र भारतका मुख्य सहरहरूमा प्रत्यक्ष उडान सम्पर्क पुनः सुरु गर्न र अद्यावधिक गरिएको हवाई सेवा सम्झौतालाई अन्तिम रूप दिन सहमति जनाए। उनीहरूले दुवैतर्फ पर्यटक, व्यवसाय, मिडिया र अन्य आगन्तुकहरूलाई भिसाको सहजीकरणमा पनि सहमति जनाए।

७. दुवै पक्षले २०२६ देखि चीनको तिब्बत स्वायत्त क्षेत्रको कैलाश पर्वत र मानसरोवर तालमा भारतीय तीर्थयात्राको स्तरलाई निरन्तरता दिन र थप विस्तार गर्न सहमति जनाए।

८. दुवै पक्षले सीमापार नदी सहयोगबारे विचार आदानप्रदान गर्दै भारत–चीन विशेषज्ञ स्तरीय संयन्त्रलाई सक्रिय रूपमा प्रयोग गर्ने, सम्बन्धित समझदारीपत्रहरूको नवीकरणमा निरन्तर सञ्चार कायम राख्ने र आपतकालीन परिस्थितिमा मानवीय आधारमा जलविज्ञानसम्बन्धी जानकारी साझा गर्ने सहमति जनाए।

९. दुवै पक्षले लिपुलेक पास, सिप्कीला पास र नाथुला पास नामक तीन तोकिएका व्यापारिक नाकाहरूमार्फत सिमाना व्यापार पुनः सञ्चालन गर्ने सहमति जनाए।

१०. दुवै पक्षले ठोस उपायहरूमार्फत दुई देशबीच व्यापार र लगानी प्रवाहलाई सहज बनाउन सहमति जनाए।

११. दुवै पक्षले मैत्रीपूर्ण परामर्शमार्फत सीमा क्षेत्रमा संयुक्त रूपमा शान्ति र स्थिरता कायम राख्ने सहमति जनाए।

१२. दुवै पक्षले बहुपक्षीयतालाई सुदृढ गर्ने, प्रमुख अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूमा सञ्चार बढाउने, डब्ल्यूटीओलाई केन्द्रमा राखेर नियम-आधारित बहुपक्षीय व्यापार प्रणालीलाई कायम राख्ने र विकासशील मुलुकहरूको हितको रक्षा गर्ने बहुध्रुवीय विश्वलाई प्रवर्द्धन गर्ने सहमति जनाए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मुस्लिम वर्ल्ड लिगले साउदी अरबको रियाद र मदिना क्षेत्रमा रहेको इस्ट-वेस्ट तेल पाइपलाइनमा भएको ड्रोन आक्रमणको कडा निन्दा गरेको छ। साउदी प्रेस एजेन्सी एसपीएका अनुसार, मुस्लिम वर्ल्ड लिगका महासचिव शेख डा. मोहम्मद अल-इसाले यी आक्रमणहरूलाई विश्वासघाती र आपराधिक कार्यको संज्ञा दिएका छन्। यस्ता आक्रमणहरूले सबै धार्मिक मूल्यमान्यताका साथै अन्तर्राष्ट्रिय र मानवीय कानुनको गम्भीर उल्लङ्घन गर्ने ...
। इराकका विदेश मन्त्री फुआद हुसेन र सऊदी अरबका विदेश मन्त्री प्रिन्स फैसल बिन फरहान अल सऊदीले शनिबार बिहान फोनमा कुराकानी गरेका छन्। इराकी क्षेत्रबाट सऊदीको ईस्ट-वेस्ट तेल पाइपलाइनमा ड्रोन आक्रमण भएको थियो। उक्त आक्रमणपछि दुवै देशका विदेश मन्त्रीहरूले आपतकालीन संवाद गरेका हुन्। क्षेत्रमा विकसित हालैको घटनाक्रम र साझा चासोका विषयमा दुवै नेताबीच विस्तृत छलफल भएको ...
। साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व-पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। बिहीबार भएको ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण होर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाट दैनिक करिब ५० लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो। साउदी ऊर्जा मन्त्रालयले शुक्रबार पाइपलाइनमा बिहीबार धेरै पटक ...
। चाइना साउदर्न एयरलाइन्सले ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान पुनः सञ्चालन गर्ने घोषणा गरेको छ । चाइना साउदर्न शनिबार ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान सेप्टेम्बर २१ (५ असोज) देखि पुनः सञ्चालन गर्ने घोषणा गरेको हो । विगत छ वर्षदेखि रोकिएको चाइना साउदर्न एयरलाइन्सको ग्वाङ्झाउ–नयाँदिल्ली उडान सेवा पुनः सञ्चालन हुन लागेको ‘प्रेस ट्रस्ट अफ इन्डिया’ (पीटीआई)ले जनाएको छ । उडान सेवा ...
। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीमा भेट भएको छ। भेटमा उनीहरूले व्यापार, ऊर्जा र रक्षाबारे छलफल गरेका छन्। राष्ट्रपति पुटिन भोलिदेखि सुरू हुने ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आएका हुन्। मस्को नयाँ दिल्लीको सबैभन्दा महत्वपूर्ण रणनीतिक साझेदार र सैन्य आपूर्तिकर्ता हो। भारतीय मिडियामा दुवै नेता नयाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम