मुख्य समाचार
कांग्रेसका सांसदले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा चीन र भारतबीच भएको व्यापार सम्झौताप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सरकारलाई तत्काल कूटनीतिक पहल गर्न आग्रह
कांग्रेसका सांसदले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा चीन र भारतबीच भएको व्यापार सम्झौताप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सरकारलाई तत्काल कूटनीतिक पहल गर्न आग्रह

— नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा चीन र भारतबीच भएको व्यापार सम्झौताप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सरकारलाई तत्काल कूटनीतिक पहल गर्न आग्रह गरे ।



प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको आसन्न चीन–भारत भ्रमणका अवसरमा विषयलाई उच्चस्तरमा उठाउनुपर्नेमा जोड दिए ।

उनले भने, 'लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा चीन र भारतले गरेको व्यापार सम्झौताको समस्या छिटोभन्दा छिटो समाधान गर्न सरकार अघि बढोस् । प्रधानमन्त्री केही दिनमा चीन र भारत जाँदै हुनुहुन्छ, त्यही बेला दुवै सरकारका प्रमुखसँग हाम्रो अडान स्पष्ट राख्नुपर्छ । यस संवेदनशील मुद्दामा सबै दल, जात वा समूहभन्दा माथि उठी राष्ट्रिय स्वाभिमान र एकताको पक्षमा उभिनुपर्छ ।'

उनले तिब्बती क्षेत्रमा हिमताल फुटेर आएको बाढीप्रति चिन्ता व्यक्त गर्दै त्यसबारे दुई देशबीच आपसी सहकार्य आवश्यक रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सर्वोच्च अदालतले १६ वर्षअघि तराईमा भएको गैरकानुनी हत्याका दोषीलाई उन्मुक्ति दिन नमिल्ने फैसला गर्दै विशेष अनुसन्धान टोली गठन गरेर वा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट अविलम्ब अनुसन्धान गर्न सरकारलाई परमादेश दिएको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले यस्तो फैसला गरेको हो । २०७६ पुस २१ गते भएको फैसलामा न्यायाधीश रेग्मीले केही थप गरेको ...
— संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सरकारी कर्मचारीले काम भन्दा बढी लोकसेवामा ध्यान दिने गरेको गुनासो गरेकी छन् । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्था समितिको शुक्रबारको बैठकमा संघीय निजामती विधेयकमाथिको दफावार छलफलका क्रममा मन्त्री न्यौपानेले कर्मचारीहरूमा काम गर्ने मनोवृत्ति नदेखिएको बताएकी हुन् । सरकारले सबै पदमा खुला विज्ञापनमार्फत कर्मचारी भर्ना गर्नसक्ने अवस्था त्यसैका कारणले ...
— नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकमा असहमति जनाउँदै आन्दोलनको घोषणा गरेको छ। पूर्वसहमति अनुसार शिक्षा क्षेत्रका समस्या समाधान हुने गरी विधेयक ल्याउनुपर्नेमा त्यस्तो नभएको भन्दै महासंघले शुक्रबार आन्दोलनको घोषणा गरेको हो। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार भदौ ११ गतेबाट पहिलो चरणको आन्दोलन सुरु हुनेछ। विधेयकमा व्यवस्था गरिएका एक दर्जनभन्दा बढी दफामा महासंघको असन्तुष्टि रहेको जनाइएको ...
— विद्यालय शिक्षा विधेयकसम्बन्धी शिक्षा, विज्ञान तथा प्रविधि समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा समिति सभापति अम्मरबहादुर थापाले उक्त प्रतिवेदन पेस गरे। प्रतिवेदन पेस गर्दै सभापति थापाले सरोकारवाला सबै पक्षसँग औपचारिक तथा अनौपचारिक रुपमा छलफल गर्दै विधेयकलाई समृद्ध बनाइएको बताए। समितिले बिहीबारको बैठकबाट पास गरेको थियो। सभापति थापाले लामो समयपछि परिवर्तन हुन लागेको ऐनले ...