मुख्य समाचार
विद्यालय शिक्षा विधेयकसम्बन्धी शिक्षा, विज्ञान तथा प्रविधि समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस
विद्यालय शिक्षा विधेयकसम्बन्धी शिक्षा, विज्ञान तथा प्रविधि समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस

— विद्यालय शिक्षा विधेयकसम्बन्धी शिक्षा, विज्ञान तथा प्रविधि समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ।



प्रतिनिधिसभाको शुक्रबारको बैठकमा समिति सभापति अम्मरबहादुर थापाले उक्त प्रतिवेदन पेस गरे। प्रतिवेदन पेस गर्दै सभापति थापाले सरोकारवाला सबै पक्षसँग औपचारिक तथा अनौपचारिक रुपमा छलफल गर्दै विधेयकलाई समृद्ध बनाइएको बताए। समितिले बिहीबारको बैठकबाट पास गरेको थियो।

सभापति थापाले लामो समयपछि परिवर्तन हुन लागेको ऐनले विद्यालय शिक्षाको क्षेत्रमा उल्लेख्य सुधार हुने विश्वास समेत व्यक्त गरे।

सभामा पेस भएको उक्त विधेयकमा प्रतिपक्षी दलहरु नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले फरक मत राखेका छन्।

माओवादी केन्द्रले निजी विद्यालयले प्रदान गर्ने छात्रवृत्तिसम्बन्धी व्यवस्था संसदीय उपसमितिको प्रस्तावअनुसार गर्नुपर्ने लगायत पाँच बुँदे फरक मत राखेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्ण छात्रवृत्ति आवाससहितको व्यवस्था हुनुपर्ने लगायत तीन बुँदे फरक मत राखेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले निजी विद्यालयलाई गैरनाफामूलक बनाउने भन्नेमा फरक मत राखेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सर्वोच्च अदालतले १६ वर्षअघि तराईमा भएको गैरकानुनी हत्याका दोषीलाई उन्मुक्ति दिन नमिल्ने फैसला गर्दै विशेष अनुसन्धान टोली गठन गरेर वा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट अविलम्ब अनुसन्धान गर्न सरकारलाई परमादेश दिएको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले यस्तो फैसला गरेको हो । २०७६ पुस २१ गते भएको फैसलामा न्यायाधीश रेग्मीले केही थप गरेको ...
— संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सरकारी कर्मचारीले काम भन्दा बढी लोकसेवामा ध्यान दिने गरेको गुनासो गरेकी छन् । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्था समितिको शुक्रबारको बैठकमा संघीय निजामती विधेयकमाथिको दफावार छलफलका क्रममा मन्त्री न्यौपानेले कर्मचारीहरूमा काम गर्ने मनोवृत्ति नदेखिएको बताएकी हुन् । सरकारले सबै पदमा खुला विज्ञापनमार्फत कर्मचारी भर्ना गर्नसक्ने अवस्था त्यसैका कारणले ...
— नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकमा असहमति जनाउँदै आन्दोलनको घोषणा गरेको छ। पूर्वसहमति अनुसार शिक्षा क्षेत्रका समस्या समाधान हुने गरी विधेयक ल्याउनुपर्नेमा त्यस्तो नभएको भन्दै महासंघले शुक्रबार आन्दोलनको घोषणा गरेको हो। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार भदौ ११ गतेबाट पहिलो चरणको आन्दोलन सुरु हुनेछ। विधेयकमा व्यवस्था गरिएका एक दर्जनभन्दा बढी दफामा महासंघको असन्तुष्टि रहेको जनाइएको ...
— सांसदहरुले भारत र चीनले नेपालको भूमि भएर गरेको व्यापारिक सम्झौता खारेज गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै लिपुलेक क्षेत्रको विवादबारे प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको समयमा जोडदारका साथ उठाएर समाधान खोज्न आग्रह गरे । सांसद घनश्याम रिजालले भारत र चीनले नेपालको उपस्थिति र सहमतिबिना नै आपसी व्यापारिक प्रयोजनका ...