: उत्तर कोरियाले दुई नयाँ हवाई रक्षा क्षेप्यास्त्र परीक्षण गरेको छ।
राज्य सञ्चालित सञ्चारमाध्यमका अनुसार परीक्षण देशका नेता किम जोङ–उनको निगरानीमा गरिएको हो।
कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसीएनए) ले हतियारमा उत्कृष्ट लडाई क्षमता रहेको र यसमा विशेष प्रविधि प्रयोग गरिएको बताएको छ।
परीक्षणले दुवै क्षेप्यास्त्र ड्रोन र क्रूज क्षेप्यास्त्र सहित विभिन्न हवाई लक्ष्यलाई नष्ट गर्न सक्षम छन् भन्ने प्रमाणित गरेको एजेन्सीले दाबी गरेको छ।
यो क्षेप्यास्त्र परीक्षण दक्षिण कोरियाले मंगलबार सीमा पार गर्ने उत्तर कोरियाली सैनिकमाथि चेतावनीपूर्ण गोली चलाएको समयमा भएको छ।
योनहाप एजेन्सीका अनुसार करिब ३० उत्तर कोरियाली सैनिकले केही समयका लागि डिसैन्यीकृत क्षेत्र (डीएमजेड) पार गरे।
संयुक्त राष्ट्र संघको कमाण्डले यो घटनाको पुष्टि गरेको छ।