मुख्य समाचार
एमालेका स्थायी कमिटी सदस्य थापाले विद्यादेवी भण्डारीको राजनीतिक सक्रियता नरोकिने बताएका छन्
एमालेका स्थायी कमिटी सदस्य थापाले विद्यादेवी भण्डारीको राजनीतिक सक्रियता नरोकिने बताएका छन्

: नेकपा (एमाले)का स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियता नरोकिने बताएका छन्।



शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले विद्या भण्डारी सक्रिय हुनुपर्ने कुरामा कसैको अनुमति लिनुपर्ने कुरा नभएको बताएका हुन्।


आँफैले निर्माण गरेको पार्टी भएकाले एमालेमा विद्या भण्डारीलाई कसैले पनि इन्ट्री दिन नपर्ने थापाको भनाइ छ। उनले विद्या भण्डारीको सदस्यताबारे क–कसले के–के भनेको छ भन्नेबारे आफूले केही पनि टिप्पणी नगर्ने स्पष्ट पारे।


विद्या भण्डारीको सदस्यताबारे पार्टीले गरेको निर्णय उल्टिने उनको दाबी छ। जनताको अधिकार, समानता, स्वतन्त्रता र न्यायको निम्ति स्थापना भएको एमालेभित्र राजनीति गर्न पाइँदैन भन्ने कुरा अशोभनीय भएको थापाको भनाई छ।

थापाले अहिलेको अवस्थामा कसैलाई अपमान गर्ने, तिरस्कार गर्ने, तेजोवोध गर्ने र लाञ्छना लगाउने प्रकारका काम एमालेको पङ्क्तिले गर्न नहुने पनि बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पशुपति क्षेत्र विकास कोषले भदौ १० गते मंगलबार मनाइने हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको जनाएको छ। पशुपति क्षेत्र विकास कोषले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै हरितालिका तिजको अवसरमा पशुपति दर्शन गर्न आउने दर्शनार्थीहरूका लागि सबै तयारी पूरा भएको जानकारी गराएको हो। मन्दिरको दर्शनका लागि पहिलो ...
: हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइमा जारी राखेको पहलका लागि विपिनकी आमा र बहिनीले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई धन्यवाद दिँदै आगामी दिनमा थप पहल गर्न आग्रह गरेका छन् । विपिनका आमा र बहिनीले आज परराष्ट्र मन्त्रालयमा भेटगर्दै मन्त्री राणा र परराष्ट्र मन्त्रालयले विपिनको रिहाइका लागि हालसम्म गरेको प्रयत्नका लागि आभार व्यक्त गर्दै यसलाई आगामी ...
: जिल्लाको पुतलीबजार नगरपालिका-९ कोल्मामा आज दिउँसो करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। बिजुलीको पोलमा चढेर इन्टरनेटको काम गर्ने क्रममा रौतहट गुज्रा नगरपालिका-१ रङ्गपुर घर भई हाल पोखरा फाइबर नेटमा काम गर्दै आएका २५ वर्षीय अरुणकुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रशन्नराज चौधरीले जानकारी दिए। पुतलीबजार-१ ठाडोलाइनमा डेरा गरी बस्दै ...
: नागरिक उन्मुक्ति पार्टीबाट रुपन्देही-१ मा उम्मेदवार बनिसकेका धनिराम चौधरी सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका छन्। आइतबार भैरहवामा आयोजित कार्यक्रममा धनिरामसहित नाउपा नेताहरू जनमतमा प्रवेश गरेका हुन्। उनीहरूलाई अध्यक्ष राउतले पार्टी सदस्यता र मालासहित स्वागत गरेका थिए। जनमत पार्टी प्रवेश गर्नेमा नाउपा नेताहरू कमल नारायण चौधरी, सरस्वती थारू, गौरी यादव, श्रीरामकुमार चौधरी, खेम बहादुर ...
: उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले शिक्षा क्षेत्रमा रहेको कमी कमजोरी हटाउन र समाजमा रहेको असन्तुष्टि मेटाउनका लागि भूमिका निर्वाह गर्न नेविसंघलाई सुझाव दिएका छन्। नेपाल विद्यार्थी संघ काठमाडौंका पूर्व जिल्ला अध्यक्ष सम्मान कार्यक्रम एवम् विद्यालय शिक्षा विधेयक सम्बन्धी सचेतना सभालाई सम्बोधन गर्दै उनले परिवर्तित समयअनुसार नेविसंघको भूमिका परिष्कृत हुनपर्नेमा उनले जोड ...