मुख्य समाचार
लुम्बिनी प्रदेशमा समयसीमाभित्रै सवारीसाधनको कर नबुझाएका सेवाग्राहीका लागि जरिबाना छुटको व्यवस्था
लुम्बिनी प्रदेशमा समयसीमाभित्रै सवारीसाधनको कर नबुझाएका सेवाग्राहीका लागि जरिबाना छुटको व्यवस्था

: लुम्बिनी प्रदेशमा समयसीमाभित्रै सवारीसाधनको कर नबुझाएका सेवाग्राहीका लागि जरिबाना छुटको व्यवस्था गरिएको छ । यो व्यवस्था साउनदेखि लागू गरिएको हो ।



सवारीधनीले वार्षिक कर नबुझाएमा जरिबाना लाग्ने व्यवस्था छ । सवारीसाधन कर नबुझाएका र नवीकरणसमेत नगरेका सवारीसाधनका लागि लाग्ने जरिबानामा ७५ प्रतिशत छुट गरिएको लुम्बिनी प्रदेश उद्योग, पर्यटन यातायात मन्त्रालयले जानकारी दिएको छ । सवारीसाधनको कर तथा नवीकरण नगरेबापत तिर्नुपर्ने कुल जरिबाना रकममा ७५ प्रतिशत छुटको व्यवस्था गरिएको उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले जानकारी दिए ।


यसै साउनदेखि लागू भएको जरिबाना छुटको व्यवस्था आगामी पुस मसान्तसम्म लागू हुनेछ । ‘विविध कारणवश सवारीसाधनको कर बुझाउन नसकेका सेवाग्राहीलाई सहुलियत दिने उद्देश्यले जरिबाना छुटको व्यवस्था गरिएको हो’, मन्त्री न्यौपानेले भने, ‘सवारीसाधनको वार्षिक कर नबुझाएका सेवाग्राही साउनदेखि आगामी पुस मसान्तसम्म बुझाउन आएमा ७५ प्रतिशत छुट हुनेछ ।’


मन्त्रालयका अनुसार बर्सेनि कर नबुझाएमा २० प्रतिशतका दरले जरिबाना थपिँदै जान्छ । अब सरकारको यो सुविधाअन्तर्गत वार्षिक कर नबुझाएको अवधिका आधारमा उक्त अवधिमा हुन आउने वार्षिक करको जरिबानामा ७५ प्रतिशत छुट हुनेछ ।
‘जसको सवारीसाधनको वार्षिक कर नबुझाएबापतको जरिबाना लाग्ने हो, उक्त रकममा लाग्ने जरिबानामा ७५ प्रतिशत छुटको व्यवस्था गरिएको हो’, मन्त्री न्यौपानेले भने, ‘२० प्रतिशतदेखि सय प्रतिशतसम्म जरिबाना तिर्नुपर्ने सबै सवारीधनीको हकमा यो सुविधा लागू हुन्छ ।’

सवारीधनीले सवारीको प्रकृतिका आधारमा वार्षिक सवारी कर बुझाउनुपर्ने हुन्छ । मन्त्रालयले जरिबानामा ७५ प्रतिशत जरिबाना छुट दिएपछि सेवाग्राहीले यो सहुलियत उपभोग गरिरहेका छन् । मन्त्रालयका अनुसार सवारीसाधन कर बुझाउन ढिलाइ गरेका सेवाग्राही अहिले जरिबाना छुटको सुविधा लिनका लागि सवारीसाधन कर बुझाइरहेका छन ्।

केही दिनअघि आयोजना गरिएको मन्त्रालयको वार्षिक समीक्षा बैठकमा मन्त्री न्यौपानेले यातायात व्यवस्था कार्यालयका प्रमुखहरूलाई निर्देशन दिँदै जरिबाना रकममा गरिएको छुटका बारेमा सबै सेवाग्राहीलाई जानकारी दिने गरी प्रचार गर्न भनेका थिए ।

‘यो सरकारको राजस्वको विषयको कुरा पनि भयो । अनि सेवाग्राहीलाई सहुलियत प्रदान गरिएको विषय झन् महत्वपूर्ण हो’, मन्त्री न्यौपानेले उक्त वार्षिक समीक्षा बैठकमा कर्मचारीलाई भने, ‘मन्त्रालयले प्रदान गरेको यो सुविधाबारे आम सेवाग्राहीले जानकारी पाएको हुनुपर्छ । वार्षिक कर बुझाउन नसकेका सवारीधनीहरूले यो सुविधा प्रयोग गरेर सहुलियतमा जरिबाना बुझाउन पाउने वातावरण बनाउनेतर्फ लाग्नुहोला ।’

यता यातायात क्षेत्रले पनि यो सुविधाले लुम्बिनी प्रदेशका यातायात व्यवसायीहरूलाई ठूलो राहत मिलेको बताएको छ । यातायातका क्षेत्रमा गरिएको यो सहुलियतले वार्षिक कर नबुझाएका व्यवसायीहरू करको दायरामा आउने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सल्लाहकार सुरेश हमालले बताए ।
‘लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले यातायात व्यवसायीहरूलाई ठूलो हित हुने गरी गरेको निर्णयले समग्र यातायात व्यवसायीहरूलाई खुसी बनाएको छ,’ हमालले भने, ‘यो निर्णयका लागि मन्त्रालय र मन्त्रीप्रति हामी आभारी छौं, यो सहुलियतले लुम्बिनी प्रदेशका वार्षिक कर नबुझाएका यातायात व्यवसायीहरूलाई करको दायरामा पनि ल्याउनेछ ।’

उनले लुम्बिनी प्रदेशमा वार्षिक कर नबुझाएकामध्ये ९५ प्रतिशत व्यवसायीहरूले यो छुटको उपभोग गर्दै कर बुझाउने दाबी गरे । साथै राज्यलाई एकमुष्ट राजस्व संकलन हुनेसमेत उनको भनाइ छ । ‘वर्षौंसम्म कर नबुझाइएका कारण जरिबानासमेत थपिँदै गएको अवस्थामा कर बुझाउन नजाने समस्या व्यवसायीहरूमा देखिन्छ,’ उनले भने, ‘तर अब वार्षिक कर नबुझाएका कारण लाग्ने जरिबानामा ७५ प्रतिशत छुट गरिदिएपछि व्यवसायीहरूलाई आर्थिक भार कम भएको छ, यसले व्यवसायीहरूलाई धेरै सहज बनाएको छ ।’

हमालले लुम्बिनी प्रदेशले गरेको यो व्यवस्था सबै प्रदेशमा लागू गर्न सके देशैभरका यातायात व्यवसायीहरूले लाभ लिन सक्नेसमेत बताए । ‘वार्षिक कर नबुझाएका व्यवसायीहरूका लागि सातै प्रदेशले यो खालको जरिबाना छुट व्यवस्था गर्नुपर्छ । उनका अनुसार प्रदेशमा भएका कुल सवारीसाधनमध्ये वार्षिक कर नबुझाएका सवारीसाधन १० प्रतिशत छन् ।

पुराना गाडीहरूको कर नियमित बुझाइएको छैन । ‘पुराना गाडीहरूको कर नियमित बुझाइएको पाइँदैन,’ हमालले भने, ‘नयाँ गाडीहरूको त अहिले वार्षिक करमा समस्या छैन ।’ साथै सवारीसाधनको सम्पूर्ण कर सम्बन्धित यातायात प्रालिहरूबाटै तिर्ने गरी व्यवस्थापन गरिनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पशुपति क्षेत्र विकास कोषले भदौ १० गते मंगलबार मनाइने हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको जनाएको छ। पशुपति क्षेत्र विकास कोषले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै हरितालिका तिजको अवसरमा पशुपति दर्शन गर्न आउने दर्शनार्थीहरूका लागि सबै तयारी पूरा भएको जानकारी गराएको हो। मन्दिरको दर्शनका लागि पहिलो ...
: हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइमा जारी राखेको पहलका लागि विपिनकी आमा र बहिनीले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई धन्यवाद दिँदै आगामी दिनमा थप पहल गर्न आग्रह गरेका छन् । विपिनका आमा र बहिनीले आज परराष्ट्र मन्त्रालयमा भेटगर्दै मन्त्री राणा र परराष्ट्र मन्त्रालयले विपिनको रिहाइका लागि हालसम्म गरेको प्रयत्नका लागि आभार व्यक्त गर्दै यसलाई आगामी ...
: जिल्लाको पुतलीबजार नगरपालिका-९ कोल्मामा आज दिउँसो करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। बिजुलीको पोलमा चढेर इन्टरनेटको काम गर्ने क्रममा रौतहट गुज्रा नगरपालिका-१ रङ्गपुर घर भई हाल पोखरा फाइबर नेटमा काम गर्दै आएका २५ वर्षीय अरुणकुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रशन्नराज चौधरीले जानकारी दिए। पुतलीबजार-१ ठाडोलाइनमा डेरा गरी बस्दै ...
: नागरिक उन्मुक्ति पार्टीबाट रुपन्देही-१ मा उम्मेदवार बनिसकेका धनिराम चौधरी सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका छन्। आइतबार भैरहवामा आयोजित कार्यक्रममा धनिरामसहित नाउपा नेताहरू जनमतमा प्रवेश गरेका हुन्। उनीहरूलाई अध्यक्ष राउतले पार्टी सदस्यता र मालासहित स्वागत गरेका थिए। जनमत पार्टी प्रवेश गर्नेमा नाउपा नेताहरू कमल नारायण चौधरी, सरस्वती थारू, गौरी यादव, श्रीरामकुमार चौधरी, खेम बहादुर ...
: उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले शिक्षा क्षेत्रमा रहेको कमी कमजोरी हटाउन र समाजमा रहेको असन्तुष्टि मेटाउनका लागि भूमिका निर्वाह गर्न नेविसंघलाई सुझाव दिएका छन्। नेपाल विद्यार्थी संघ काठमाडौंका पूर्व जिल्ला अध्यक्ष सम्मान कार्यक्रम एवम् विद्यालय शिक्षा विधेयक सम्बन्धी सचेतना सभालाई सम्बोधन गर्दै उनले परिवर्तित समयअनुसार नेविसंघको भूमिका परिष्कृत हुनपर्नेमा उनले जोड ...