मुख्य समाचार
तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा
तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा

: पशुपति क्षेत्र विकास कोषले भदौ १० गते मंगलबार मनाइने हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको जनाएको छ।



पशुपति क्षेत्र विकास कोषले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै हरितालिका तिजको अवसरमा पशुपति दर्शन गर्न आउने दर्शनार्थीहरूका लागि सबै तयारी पूरा भएको जानकारी गराएको हो।


मन्दिरको दर्शनका लागि पहिलो लाइन गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तर ढोकाबाट, दोस्रो लाइन मित्रपार्क जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठ हुँदै फलामेपुल–पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने व्यवस्था मिलाइएको पशुपति विकास कोषका सूचना अधिकारी अनिता भट्टले जानकारी दिइन्।


यसैगरी तेस्रो लाइन पिङ्गलास्थान–वनकाली–चार शिवालय हुँदै पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकाबाट, चौथो लाइन बत्तीसपुतली–गौशालातर्फबाट बागमति नदि पूर्व किनार हुँदै आर्यघाट नजिकको पुल तरेर पूर्व ढोकाबाट प्रवेश र बाहिरिने व्यवस्था मिलाइएको उनले बताइन्।

दर्शनार्थीले छिटोभन्दा छिटो दर्शन गरी फर्कन सक्ने गरि बिहान ३ बजेदेखि नै पशुपतिनाथको मन्दिका चारवटै ढोका खोल्ने भट्टले जानकारी दिइन्। उनले मेलामा चोरी र लुटपाटको हुन नदिन भक्तजनलाई बहुमूल्य गरगहना लगाएर नआउन र सकेसम्म साना बालबालिका साथमा लिएर नआउन अनुरोध गरिन्।

त्यस्तै पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्य सचिव सुभाष चन्द्र जोशीले सोही दिन पशुपतिको चावटा ढोकाबाट प्रत्येक दुई सेकेन्डमा ८ जना भक्तजनले दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिए। उनले शिष्ट र सभ्य पहिरनमा मन्दिर दर्शनका लागि आउन आग्रह गरे। नदि किनारमा पानीको बहाव बढेकाले विपद् प्रतिकार्य टोली खटाइएको उनले जानकारी दिइन्।

यसैगरी भक्तजनको सवारी पार्किङका लागि सिफलचौर, तिलगङ्गाको खाली स्थान, कोषको कार्यालय परिसरमा व्यवस्था गरिएको कोषले बताएको छ। ज्येष्ठ नागरिक, असक्त, वृद्धवृद्धा, बिरामी र काखे बालक बोकेका महिलाहरूका लागि सहज रूपमा दर्शनको व्यवस्था मिलाइएको कोषले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइमा जारी राखेको पहलका लागि विपिनकी आमा र बहिनीले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई धन्यवाद दिँदै आगामी दिनमा थप पहल गर्न आग्रह गरेका छन् । विपिनका आमा र बहिनीले आज परराष्ट्र मन्त्रालयमा भेटगर्दै मन्त्री राणा र परराष्ट्र मन्त्रालयले विपिनको रिहाइका लागि हालसम्म गरेको प्रयत्नका लागि आभार व्यक्त गर्दै यसलाई आगामी ...
: जिल्लाको पुतलीबजार नगरपालिका-९ कोल्मामा आज दिउँसो करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। बिजुलीको पोलमा चढेर इन्टरनेटको काम गर्ने क्रममा रौतहट गुज्रा नगरपालिका-१ रङ्गपुर घर भई हाल पोखरा फाइबर नेटमा काम गर्दै आएका २५ वर्षीय अरुणकुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रशन्नराज चौधरीले जानकारी दिए। पुतलीबजार-१ ठाडोलाइनमा डेरा गरी बस्दै ...
: नागरिक उन्मुक्ति पार्टीबाट रुपन्देही-१ मा उम्मेदवार बनिसकेका धनिराम चौधरी सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका छन्। आइतबार भैरहवामा आयोजित कार्यक्रममा धनिरामसहित नाउपा नेताहरू जनमतमा प्रवेश गरेका हुन्। उनीहरूलाई अध्यक्ष राउतले पार्टी सदस्यता र मालासहित स्वागत गरेका थिए। जनमत पार्टी प्रवेश गर्नेमा नाउपा नेताहरू कमल नारायण चौधरी, सरस्वती थारू, गौरी यादव, श्रीरामकुमार चौधरी, खेम बहादुर ...
: उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले शिक्षा क्षेत्रमा रहेको कमी कमजोरी हटाउन र समाजमा रहेको असन्तुष्टि मेटाउनका लागि भूमिका निर्वाह गर्न नेविसंघलाई सुझाव दिएका छन्। नेपाल विद्यार्थी संघ काठमाडौंका पूर्व जिल्ला अध्यक्ष सम्मान कार्यक्रम एवम् विद्यालय शिक्षा विधेयक सम्बन्धी सचेतना सभालाई सम्बोधन गर्दै उनले परिवर्तित समयअनुसार नेविसंघको भूमिका परिष्कृत हुनपर्नेमा उनले जोड ...
: प्रतिनिधिसभामा प्रस्तावित भूमि विधेयकविरुद्ध उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल देशव्यापी आन्दोलन गर्ने भएको छ। भदौ ९—१५ गतेसम्म देशैभरि भूमि विधेयकविरुद्ध आन्दोलन गर्न सबै तहका पार्टी कमिटीलाई जसपा नेपालले सर्कुलर पठाएको छ। भूमि सम्बन्धी विधेयक मुलुक र जनताको हितमा नरहेको जसपा नेपालको ठहर छ। पार्टी महासचिव लालबाबु राउतले पार्टी संगठनलाई शनिबार पत्राचार ...