मुख्य समाचार
दक्षिण कोरियामा अन्तर्राष्ट्रिय शिक्षाको अभिलाषा बोकेर पुगेका हजारौं नेपाली विद्यार्थीको अहिले बिल्लीबाठ
दक्षिण कोरियामा अन्तर्राष्ट्रिय शिक्षाको अभिलाषा बोकेर पुगेका हजारौं नेपाली विद्यार्थीको अहिले बिल्लीबाठ

दक्षिण कोरियामा अन्तर्राष्ट्रिय शिक्षाको अभिलाषा बोकेर पुगेका हजारौं नेपाली विद्यार्थीको अहिले बिल्लीबाठ भएको छ । मेधावी विद्यार्थीहरूसमेत अवैध कामदारका रूपमा लुकेर बस्न विवश छन् । यो समस्या केही ठग कन्सल्टेन्सीहरूबाट उत्पन्न भएको हो । नेपालमा शैक्षिक परामर्श व्यवसाय एउटा अनियन्त्रित र नाफामुखी धन्दामा परिणत भएको छ । त्यसैको परिणाम आज विद्यार्थी बनेर गएका विद्यार्थी कोरियामा बिचल्लीमा परिरहेका छन् ।



‘लाखौं कमाइ’ र ‘भिसाको ग्यारेन्टी’ जस्ता भ्रामक विज्ञापन सामाजिक सञ्जालभरि देखिन्छन् । तिनमै युवाहरू सजिलै फस्छन् । तर कोरिया पुगेपछि विद्यार्थीले रोजेको विषय पढ्न पाउँदैनन्, बरु जबरजस्ती तेक्वान्दो सिक्ने कोर्समा दाखिला गरिन्छ । वर्ष दिनको शुल्क लिएर ६ महिनाका लागि मात्रै भर्ना गरिन्छ । यस्ता थुप्रै केसहरू नेपाली विद्यार्थीका भेटिएका छन् । यो केवल ठगीमात्रै होइन, ठूलो अपराध हो ।


यस्तै अपराधको चंगुलमा परेका नेपाली विद्यार्थी घोर मानसिक तनावबाट गुज्रिएका मात्रै छैनन्, तिनले जीवनै समाप्तसमेत गरेका छन् । पछिल्लो सात वर्षमा कोरियामा १ सय ४८ नेपालीको मृत्यु हुनु र ३७ जनाले आत्महत्या गर्नुका पछाडि यस्तै ठगी र अपराधको कारण लुकेको छ । रहरले कसैले देश छोड्दैन । गुणस्तरीय शिक्षा र रोजगारीको अभावले युवाहरूलाई बिदेसिन बाध्य छन् । यही बाध्यताको जगमा ठगहरूको व्यापार फस्टाएको हो । जब राज्यले आफ्ना युवालाई देशमै अवसर र भरोसा दिन सक्दैन, तब उनीहरू अन्धकारमा हाम फाल्न तयार हुन्छन् । जस्तो कोरियामा फालिरहेका छन् ।


त्यसो त विदेश भन्नासाथ आँखा चिम्लिएर कुदिहाल्ने प्रवृत्ति पनि कम्ता दोषी छैन । जाने देश कस्तो हो, त्यहाँ कस्ता विश्वविद्यालय छन् र तिनको स्तर के छ मात्रै होइन कि विद्यार्थी भएर जाँदा कमाइ गर्न पाइन्छ कि पाइन्न भन्ने बुझ्दै नबुझी जाने चलन छ । जसरी पनि विदेश भन्ने मनोभावना भएका युवालाई जो कोहीले प्रलोभनमा पारेर ठग्न सकिहाल्छ । चाँडै धेरै पैसा कमाइहाल्ने हतारो मानसिकताले जो गाँजेको छ ।

कोरिया गएर अलपत्र युवाका कारण देशको छविसमेत झन् कमजोर भएको छ । त्यसको अर्काे असर के पनि हुन सक्छ भने कोरियाले नेपालका नीति अब झन् कठोर नीति लिन सक्छ र सरकारी सम्झौताअनुसारको मजदुरीमा जानेहरूलाई पनि अप्ठेरो पर्न सक्छ । विद्यार्थी भिसामा कोरिया पठाउनेहरूमाथि शिक्षा मन्त्रालय र सम्बन्धित निकायले कडा अनुगमन गर्नुपर्छ । ठगी गर्नेलाई सामान्य कारबाही होइन, संगठित अपराधअन्तर्गत मुद्दा चलाएर कडा दण्ड दिनुपर्छ । सरकारले विद्यार्थीलाई सही सूचना दिने आधिकारिक संयन्त्र बनाउनुपर्छ ।

विदेशस्थित नेपाली दूतावासहरूमार्फत विभिन्न देशका विश्वविद्यालयको गुणस्तर र कानुनी प्रावधानबारे अध्यावधिक जानकारी उपलब्ध गराउन सकिन्छ । सँगसँगै विद्यार्थी र अभिभावक स्वयं पनि सचेत हुनुपर्छ । विदेश जानुअघि सम्बन्धित देशको भाषा, संस्कृति, कानुन र आफूले पढ्न चाहेको विषय तथा कलेजको आधिकारिकताबारे राम्रोसँग अनुसन्धान गर्नु अनिवार्य छ । कोरियामा छटपटाइरहेका नेपाली विद्यार्थीका सपनाहरू हाम्रो राष्ट्रिय अकर्मण्यताको सिकार बन्नु हुँदैन । सरकारले ठगहरूलाई कारबाहीको कठघरामा उभ्याउनुपर्छ । युवाहरू पनि विदेशको मृगतृष्णामा अन्धाधुन्ध दौडिनु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: गैरआवासीय नेपाली संघ (एनआरएनए )को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन आगामी डिसेम्बर ११ र १२, २०२६ मा कतारमा आयोजना हुने भएको छ। मध्यपूर्वमा कार्यरत लाखौँ नेपाली श्रमिकका समस्या, चुनौती र अधिकारका विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागिएको हो। सहयात्राको मूल भावनालाई आत्मसात् गर्दै आयोजना हुन लागेको सम्मेलनको मूल नारा ‘सुरक्षित ...
: मलेसिया रोजगारीमा सिन्डिकेट खडा गरी नेपाली श्रमिकमाथि आर्थिक शोषण गरेको आरोपमा सरकारले अनुसन्धान र कानुनी कारबाही तीव्र पारेको छ। मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका नाममा तोकिएको भन्दा बढी शुल्क असुलेर ठगी गरेको आरोपमा स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्कासहित चार जना पक्राउ परेका छन्। साथै, मलेसियाले छनोट गरेका २५ वटा म्यानपावर कम्पनीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी ...
: हिन्दु धर्मावलम्बीहरूको प्रमुख चाड बडादसैं र तिहार नजिकिँदै गर्दा खाडी देशहरूमा कार्यरत नेपालीहरू घर फर्कन थालेका छन्। वर्षभरि परिवारबाट टाढा रहेर काम गर्ने उनीहरूका लागि चाडपर्व आफन्तसँग भेटघाट गर्ने र पारिवारिक खुसी साटासाट गर्ने अवसर हो। तर हवाई टिकटको महँगो मूल्यका कारण धेरै नेपालीको घरफिर्ती योजना खर्चिलो बनेको छ। यूएईमा कार्यरत सुमन मुखिया तीन वर्षपछि ...
: भिजिट भिसा लिएर संयुक्त अरब इमिरेट्स (यूएई) गएका नेपालीले अब उतै गएर वर्किङ भिसा लिन नपाउने भएका छन्। नेपालबाट यूएई भ्रमण तथा बिजनेस भिसामा गएर उतै काम खोजेर वर्किङ भिसामा कन्भर्ट गर्ने नेपालीहरूको संख्या ठूलै छ। तर, यूएई सरकारले विदेशी कामदारका हकमा भिजिट भिसाबाट वर्किङ भिसामा परिवर्तन गर्न नपाउने नयाँ नियम ल्याउँदै छ। गत वर्षको ...
। अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) विधानसभामा पहिलोपटक दशैँ तथा तिहार उत्सव आयोजना गरिएको छ। सनातन समाज अस्ट्रेलिया क्यानबेराको आयोजना तथा विपक्षी दलका नेता मार्क पार्टनको आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली समुदायको सांस्कृतिक पहिचान, परम्परा र क्यानबेराको विकासमा नेपालीहरूको योगदानको प्रशंसा गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै एसीटीका विपक्षी दलका नेता मार्क पार्टनले नेपाली समुदाय अस्ट्रेलियाका विभिन्न ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम