मुख्य समाचार
फ्रान्समा प्रधानमन्त्री फ्रान्कोइस बायरूको अल्पमत सरकार अपदस्थ हुनसक्ने सम्भावना बढ्दै गएपछि नयाँ राजनीतिक सङ्कटको चिन्ता
फ्रान्समा प्रधानमन्त्री फ्रान्कोइस बायरूको अल्पमत सरकार अपदस्थ हुनसक्ने सम्भावना बढ्दै गएपछि नयाँ राजनीतिक सङ्कटको चिन्ता

: फ्रान्समा प्रधानमन्त्री फ्रान्कोइस बायरूको अल्पमत सरकार अपदस्थ हुनसक्ने सम्भावना बढ्दै गएपछि नयाँ राजनीतिक सङ्कटको चिन्ता बढेको छ। अर्को महिना संसद्मा हुने विश्वास मतअघि सत्ता पक्षमाथि ठूलो दबाब देखिएको छ।



प्रधानमन्त्री बायरूले सोमबार राष्ट्रपति इमानुएल म्याक्रोनलाई सेप्टेम्बर ८ मा संसद्को सत्र बोलाउन आग्रह गरेको बताएका थिए। उनलाई बढ्दो सार्वजनिक ऋण कटौतीका लागि संसदीय समर्थन आवश्यक छ। तर, दक्षिणपन्थीदेखि कट्टर वामपन्थीसम्मका दलहरूले बजेट कटौतीलाई समर्थन नगर्ने बताएका छन्।


सेप्टेम्बर १० मा तोकिएको विरोध प्रदर्शन र अतिदक्षिणपन्थी नेतृ मरिन ले पेनद्वारा संसद् विघटनको आह्वानले राजनीतिक अस्थिरता थप बढाएको छ। मङ्गलबार फ्रान्स अनबोड पार्टीका प्रमुख जिनलुक मेलेनचोनले बायरू असफल भए म्याक्रोनले नै राजीनामा दिनुपर्ने दबाब दिए।


सन् २०२७ मा म्याक्रोनको दोस्रो कार्यकाल समाप्त हुने भएकाले राजनीतिक प्रतिस्पर्धा तीव्र बनेको छ। म्याक्रोनले कार्यकाल पूरा गर्ने दाबी गरे पनि बायरूको सरकार अस्वीकार भयो भने नयाँ प्रधानमन्त्री खोज्नुपर्ने अवस्था आउनेछ। यसले बाँकी दुई वर्षमा राष्ट्रपतिको जनादेशमा ठूलो प्रभाव पार्ने आकलन गरिएको छ।

बायरूले सन् २०२६ जुलाईमा सार्वजनिक खर्च कटौतीसहित करिब ४४ अर्ब युरो बचत गर्ने योजना प्रस्तुत गरेका थिए। तर, यी कदमहरू अलोकप्रिय भएका छन्। विशेषज्ञहरूका अनुसार बायरूले विश्वास मतमा जाने निर्णय आफ्नो राजनीतिक भविष्यलाई नै जोखिममा राख्ने कदम हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— मलेसियामा विदेशी श्रमिकको संख्या गत वर्षको तुलनामा १३ प्रतिशतले घटेको छ । मलेसियाले २०२४ को जुनबाट नेपालसहित स्राेत देशबाट आंशिक रुपमा मात्रै श्रमिकलाई भर्ना गरेको छ । मानव संशाधन उपमन्त्री दातुक सेरी अब्दुल रहमान मोहम्मदले सोमबार संसद्लाई जानकारी दिँदै अक्टाेबर १५ सम्म विदेशी श्रमिक घट्दै गइरहेको जनाएका हुन् । उनका अनुसार अक्टोबर १५ सम्म मलेसियामा ...
: उत्तरी अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या २० पुगेको छ। स्थानीय अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने अनुमान गरेका छन्। भूकम्प प्रभावित क्षेत्रहरूमा राहत र उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्। तालिबान सरकारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमान अमरले भूकम्पमा २० भन्दा बढीको मृत्यु भएको र ३२० भन्दा बढी घाइते भएको बताएका छन्। ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियामा इस्लामी लडाकु समूहसँग सैन्य कारबाहीको योजना तयार गर्न आदेश दिएका छन्। उनले नाइजेरियाली सरकारले त्यहाँ बसोबास गर्ने क्रिश्चियनको हत्या रोक्न पर्याप्त कदम नचालेको आरोप लगाएका हुन्। ट्रम्पले कुन हत्या भन्ने कुरा स्पष्ट पारेनन्। तर अमेरिकाका दक्षिणपन्थी वृत्तमा नाइजेरियाली क्रिश्चियनविरुद्ध कथित हिंसाको दाबी देखा परेका छन्। अनुगमन समूहले नाइजेरियामा मुस्लिमभन्दा क्रिश्चियनलाई बढी मारिएको ...
: भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले सीएमएस–३ नामक सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ। इसरोका अध्यक्ष वी. नारायणनले एलवीएम३–एम५ ले सीएमएस–३ सञ्चार उपग्रहलाई आफ्नो तोकिएको कक्षमा सफलतापूर्वक स्थापित गरेको बताए। उनले भने,ʻम सम्पूर्ण इसरो टोली र सबै साझेदारलाई भूमिका र योगदानका लागि बधाई दिन्छु। आजको मिसनले भारतका लागि अर्को गौरव ल्याएको छ।ʼ अध्यक्ष वी. नारायणनले आर्थिक ...
। संयुक्त राज्य अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथले आइतबार अमेरिका र चीनले सैन्य–सैन्य प्रत्यक्ष सञ्चार च्यानलहरू स्थापना गर्ने सहमति गरेको बताएका छन् । उनका अनुसार दुवै मुलुकबीचको द्विपक्षीय सम्बन्ध ‘अहिलेसम्मकै उत्कृष्ट अवस्थामा’ पुगेको छ । हेग्सेथले शनिबार राति क्षेत्रीय सुरक्षा सम्मेलनका क्रममा आफ्ना चिनियाँ समकक्षी एडमिरल डोङ जुनसँग भेटवार्ता गरेका थिए । उनले भने, ‘शान्ति, स्थिरता र राम्रो ...