मुख्य समाचार
झाडापखाला तथा हैजा संक्रमणको जोखिमलाई मध्यनजर गर्दै पानी परीक्षणको काम सुरु
झाडापखाला तथा हैजा संक्रमणको जोखिमलाई मध्यनजर गर्दै पानी परीक्षणको काम सुरु

: वीरगन्ज महानगरपालिकाले पछिल्ला दिनमा तीव्र रुपमा देखा परेको झाडापखाला तथा हैजा संक्रमणको जोखिमलाई मध्यनजर गर्दै पानी परीक्षणको काम सुरु गरेको छ। महानगरले संक्रमणको प्रमुख कारण दूषित खानेपानी हुनसक्ने आशंकामा नमुना संकलन र प्रयोगशालामा परीक्षण प्रक्रिया अघि बढाएको हो।



महानगरपालिकाको प्राविधिक टोलीले सोमबार वडा नम्बर १०, ११ र १२ भित्रका विभिन्न पाँच स्थानका धाराबाट पानीको नमुना संकलन गरेर परीक्षण थालेको महानगरका मेयर राजेशमान सिंहले जानकारी दिए। उनका अनुसार माइक्रोबायोलोजिष्ट अजय मण्डल, वातावरण निरीक्षक प्रकाश ऐरसहितको प्राविधिक टोलीले शंकास्पद क्षेत्रमा पुगेर धाराको पानी संकलन गरी प्रयोगशालामा परीक्षण गर्ने कार्यलाई तीव्रता दिएका छन्।


मेयर सिंहका अनुसार महानगरपालिकाले वडा नम्बर १ छपकैया स्थित खानेपानी प्रशोधन केन्द्रमै पानी परीक्षणका लागि अत्यधुनिक प्रयोगशाला स्थापना गरेको छ। उक्त प्रयोगशालामा हाल इ.कोली परीक्षण सहजै हुने व्यवस्था मिलाइएको मेयर सिंहले बताए। युनिसेफले उपलब्ध गराएको विशेष किट प्रयोग गरेर कोलिफर्म परीक्षण समेत सुरु गरिएको छ। माइक्रोबायोलोजिष्ट मण्डलका अनुसार इ.कोली परीक्षणको प्रारम्भिक नतिजा २४ घण्टाभित्र आउँछ भने कोलिफर्म परीक्षणको विस्तृत रिपोर्ट पाउन करिब ७२ घण्टा लाग्नेछ।


मण्डलले भने, ‘समयमै नतिजा प्राप्त भएपछि कुन क्षेत्रमा दूषित पानी प्रवाह भइरहेको छ भन्ने तत्काल थाहा हुन्छ र त्यसअनुसार आवश्यक कदम चाल्न सजिलो हुन्छ।’ संक्रमण नियन्त्रणलाई पहिलो प्राथमिकता दिँदै मेयर सिंहले सुरक्षित खानेपानी नै हालको मुख्य आवश्यकता रहेको बताए। उनका अनुसार महानगरपालिकाले आफ्नै स्तरबाट परीक्षण सुरु गर्नुको उद्देश्य बासिन्दालाई शुद्ध र सुरक्षित खानेपानी उपलब्ध गराउनु हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाटन उच्च अदालतले नेपाल चिकित्सक संघ, केन्द्रीय कार्यकारिणि समितिको निर्वाचन यथास्थितिमा नगर्न/नगराउन अन्तरिम आदेश दिएपछि निर्वाचन अन्योल भएको छ । निर्वाचन समितिले रितपूर्वक वारेसनामा नभएको कारण देखाउँदै वरिष्ठ उपाध्यक्षका प्रत्याशी डा. अजयकुमार मि श्रलगायतको मनोनयन दर्ता गर्न अस्वीकार गरेको थियो । आफ्नो उम्मेदवारी दर्ता नभएपछि डा. मि श्रलगायतले पुस ९ गते चिकित्सक संघ, केन्द्रीय निर्वाचन समितिलाई ...
: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यधिक चिसो बढिरहेकाले स्वास्थ्य प्रतिकूल हुनसक्ने भन्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणमा अनुरोध गरेको छ। मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले चिसोले गर्दा रुघाखोकी, ज्वरो, दम बढ्ने वा सास फेर्न गाह्रो हुने, हाइपोथर्मियालगायत लक्षण भएका बिरामीको सङ्ख्या बढ्ने भएकाले चिसोमा बाहिर ननिस्कन अनुरोध गरेका हुन्। ‘जाडोयाम सुरु भएसँगै सामान्यभन्दा तापक्रम कम भएर विभिन्न ...
सुनसरी र मोरङमा शीतलहर सुरू भएसँगै जनजीवन प्रभावित
— लायन्स क्लब इन्टरनेशनल फाउन्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई बिहीबार एक करोड ७६ लाख २० हजार रुपैयाँबराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । लायन्स क्लब इन्टरनेशनलका निवर्तमान निर्देशक बालकृष्ण बुर्लाकोटी, लायन्सको ‘डिस्ट्रिक्ट गभर्नर’ विनोद ढुंगाना र परियोजना संयोजक एवं ‘लायन्स क्लब अफ ओमकारका प्रेसिडेन्ट रामहरि सिलवालसहितको टोलीले गाउँपालिकाका अध्यक्ष गोविन्द थपलिया र उपाध्यक्ष वीरबहादुर ...
कैलालीको गेटा अस्पतालमा दूरबीन पद्धतिबाट शल्यक्रिया सेवा सुरु
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम