मुख्य समाचार
झाडापखाला तथा हैजा संक्रमणको जोखिमलाई मध्यनजर गर्दै पानी परीक्षणको काम सुरु
झाडापखाला तथा हैजा संक्रमणको जोखिमलाई मध्यनजर गर्दै पानी परीक्षणको काम सुरु

: वीरगन्ज महानगरपालिकाले पछिल्ला दिनमा तीव्र रुपमा देखा परेको झाडापखाला तथा हैजा संक्रमणको जोखिमलाई मध्यनजर गर्दै पानी परीक्षणको काम सुरु गरेको छ। महानगरले संक्रमणको प्रमुख कारण दूषित खानेपानी हुनसक्ने आशंकामा नमुना संकलन र प्रयोगशालामा परीक्षण प्रक्रिया अघि बढाएको हो।



महानगरपालिकाको प्राविधिक टोलीले सोमबार वडा नम्बर १०, ११ र १२ भित्रका विभिन्न पाँच स्थानका धाराबाट पानीको नमुना संकलन गरेर परीक्षण थालेको महानगरका मेयर राजेशमान सिंहले जानकारी दिए। उनका अनुसार माइक्रोबायोलोजिष्ट अजय मण्डल, वातावरण निरीक्षक प्रकाश ऐरसहितको प्राविधिक टोलीले शंकास्पद क्षेत्रमा पुगेर धाराको पानी संकलन गरी प्रयोगशालामा परीक्षण गर्ने कार्यलाई तीव्रता दिएका छन्।


मेयर सिंहका अनुसार महानगरपालिकाले वडा नम्बर १ छपकैया स्थित खानेपानी प्रशोधन केन्द्रमै पानी परीक्षणका लागि अत्यधुनिक प्रयोगशाला स्थापना गरेको छ। उक्त प्रयोगशालामा हाल इ.कोली परीक्षण सहजै हुने व्यवस्था मिलाइएको मेयर सिंहले बताए। युनिसेफले उपलब्ध गराएको विशेष किट प्रयोग गरेर कोलिफर्म परीक्षण समेत सुरु गरिएको छ। माइक्रोबायोलोजिष्ट मण्डलका अनुसार इ.कोली परीक्षणको प्रारम्भिक नतिजा २४ घण्टाभित्र आउँछ भने कोलिफर्म परीक्षणको विस्तृत रिपोर्ट पाउन करिब ७२ घण्टा लाग्नेछ।


मण्डलले भने, ‘समयमै नतिजा प्राप्त भएपछि कुन क्षेत्रमा दूषित पानी प्रवाह भइरहेको छ भन्ने तत्काल थाहा हुन्छ र त्यसअनुसार आवश्यक कदम चाल्न सजिलो हुन्छ।’ संक्रमण नियन्त्रणलाई पहिलो प्राथमिकता दिँदै मेयर सिंहले सुरक्षित खानेपानी नै हालको मुख्य आवश्यकता रहेको बताए। उनका अनुसार महानगरपालिकाले आफ्नै स्तरबाट परीक्षण सुरु गर्नुको उद्देश्य बासिन्दालाई शुद्ध र सुरक्षित खानेपानी उपलब्ध गराउनु हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसले आसन्न १५ औं महाधिवेशनमा पार्टीका सबै तहका नेता–कार्यकर्तालाई सहभागी गराउन अन्तिम समयसम्म पहल गर्ने जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले महाधिवेशनमा कुनैपनि अग्रज नेता नछुटुन् भन्ने उद्देश्यले पार्टीले निरन्तर पहल गरिरहेको बताएका हुन् । उनका अनुसार पूर्वसभापति शेरबहादुर देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि, ...
: भदौ १० गते भोटेकोसशीमा आएको बाढीबाट क्षतिग्रस्त धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनी अस्पताल पुनः सञ्चालनमा आएको छ। बाढीका कारण अस्पतालको भुइँतलामा हिलो र लेदो भरिनुका साथै औषधि, स्वास्थ्य सामग्री, उपकरण तथा अन्य सामग्रीमा क्षति पुगेको थियो। त्यसपछि अस्पतालको नियमित स्वास्थ्य सेवा प्रभावित भएको थियो। विपद्पछि अस्पतालको सरसफाइ तथा पुनःस्थापनाका लागि स्थानीयवासी, सुरक्षा निकाय, विभिन्न संघसंस्था र ...
। भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नुवाकोटमा पाँच शय्या अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ । त्रिशूली नदीको बाढीले त्रिशूली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढीपश्चात् फैलन सक्ने रोगको सङ्क्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले पाँच श्ययाको लेभल-१ अस्पताल विदुरमा सञ्चालमा ल्याएको हो । अस्पतालबाट विशेषज्ञ चिकित्सकमार्फत चौबिसै ...
: बाढीपछिको सम्भावित स्वास्थ्य जोखिमलाई मध्य नजर गर्दै जिल्लामा आजदेखि हैजाविरुद्धको खोप अभियान सुरू भएको छ । नौकुण्ड गाउँपालिकाबाहेक जिल्लाका चारवटा गाउँपालिकामा यो अभियान एक हप्तासम्म सञ्चालन हुनेछ जिल्ला जनस्वास्थ्य प्रमुख निर्धोज मगरले बताए । उनका अनुसार गाउँपालिका स्वास्थ्य आमा समूह र महिला स्वास्थ्य स्यंसेविका समेतको सहयोगमा स्वास्थ्यकर्मीहरूले खोप लाग्नेछन्। खोप अभियानअन्तर्गत लक्षित चार ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा सङ्क्रमणविरुद्धका खोप त्यसतर्फ पठाएको छ । आज नुवाकोटका लागि ८० हजार ५२३ डोज (२३ बक्स) हैजाविरुद्धको खोपसहित १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्याग पठाएको छ । रसुवामा आइतबार हेलिकप्टरमार्फत २१ हजार डोज खोप पठाइसकिएको छ । ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम