मुख्य समाचार
गर्भपतन गराएको अभियोगमा पक्राउ परेकामध्ये एक महिला कारागार चलान
गर्भपतन गराएको अभियोगमा पक्राउ परेकामध्ये एक महिला कारागार चलान

— गर्भपतन गराएको अभियोगमा पक्राउ परेकामध्ये एक महिला कारागार चलान भएकी छन् । औषधि सेवन गरी १७ हप्ताको गर्भपतन गरेको अभियोगमा पक्राउ परेकी दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेकी २१ वर्षीया महिला सोमबार कारागार चलान भएकी हुन् ।


जिल्ला अदालतका निमित्त श्रेष्तेदार बाबुराम बस्नेतको सोमबारको निर्णयले दुई लाख धरौटी मागेकोमा बुझाउन नसक्दा कारागार चलान भएकी हुन् । त्यसै मुद्दामा उनीसँगै पक्राउ गरेका दिक्तेल रूपाकोट मझुवागढी-४ खाल्लेकै २३ वर्षीय पुरुष र ४० वर्षीया महिलाले जनही दुई लाख धरौटी बुझाएर छुटेका छन् । उक्त मुद्दामै पक्राउ परेको दिक्तेलस्थित एक मेडिकल व्यवसायी पनि एक लाख ५० हजार धरौटी बुझाएर छुटेका छन् ।


साउन ३० गतेको न्याय परिषद्‍को निर्णयले न्यायाधीश नारायणप्रसाद दाहाललाई भोजपुर सरुवा गरेपछि न्यायाधीश नहुँदा पुनर्विचार हुने गरी बस्नेतले निर्णय गरेका हुन् । उनीहरूमध्ये तीन जनालाई साउन २३ र मेडिकल व्यवसायीलाई २९ मा पक्राउ गरी गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बागलुङ सेवा समाज अमेरिकाले रक्तसञ्चार केन्द्रलाई रु १५ लाखको जेनेरेटर र रक्तदान गर्ने कुर्सी सहयोग गरेको छ। नेपाल रेडक्रस सोसाइटीले सञ्चालन धौलागिरि प्रादेशिक अस्पातल क्षेत्रमा सञ्चालन गरेको रक्तसञ्चार केन्द्रबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउन जेटेरेटर र कुर्सी सहयोग गरेको हो। बागलुङमा विद्युत् आवतजावत गर्ने हुँदा रक्तसञ्चारमा रगत बिग्रिने र गुणस्तर खस्किने जोखिम हुँदै आएको थियो। जेनेरेटर ...
। पशुसेवा विभागले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लू सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ । विभागले विभिन्न प्रयोगशालामार्फत नियमित नमूना परीक्षण गरी निगरानी बढाएको हो । काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेमा सङ्क्रमणको जोखिम बढी देखिएकाले रोग नियन्त्रण कार्यलाई उच्च प्राथमिकता राखिएको विभागका महानिर्देशक डा. उमेश दाहालले बताए । उनका ...
— काठमाडौं महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १८०० भाइल एन्टी रेबिज खोप उपलब्ध गराएको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले शुक्रबार अस्पतालमै पुगेर उक्त खोप हस्तान्तरण गरेकी हुन् । उक्त अवसरमा उनले भनिन्,' अस्पतालमा खोप अभाव हुने सम्भावना बढेको सूचना प्राप्त गरेपछि सम्भावित जनस्वास्थ्यजन्य जोखिम घटाउन अस्पताललाई सहयोग प्रदान गरेका हौँ । जनावरले ...
। युरोपको बीईएसएसवाई २ सिनक्रोट्रोन फ्यासिलिटीमा एउटा अत्याधुनिक सुपरकन्डक्टिङ एक्सरे स्पेक्ट्रोमिटर सञ्चालनमा आएको छ। ट्रान्जिसन एज सेन्सर प्रविधिमा आधारित यो युरोपको पहिलो प्रणाली हो जसले फोटोन पत्ता लगाउने क्षमतालाई पारम्परिक उपकरणको तुलनामा १०० देखि १ हजार गुणासम्म बढाएको छ। यस ठूलो प्रविधिको विकासले वैज्ञानिकहरूलाई परमाणु जत्तिकै पातलो पदार्थ, नानोसंरचना र अत्यधिक पातलो नमूनाहरूको तीव्र गति र ...
। मुलुकका ११ जिल्लामा बर्डफ्लु संक्रमण फैलिएको छ । पशु सेवा विभागले प्रतिवेदन सार्वजनिक गर्दै तीन महिनादेखि देशका विभिन्न स्थानमा देखिएको यो घातक संक्रामक रोग हालसम्म ११ जिल्लाका ८२ फरक–फरक स्थानमा पुष्टि भइसकेको बताएको हो । विभागका अनुसार ४ चैत २०८२ मा मोरङ जिल्लाबाट सुरु भएको यो संक्रमण हालसम्म झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, ...