मुख्य समाचार
मोदीले ट्रम्पको फोन कल अस्वीकार
मोदीले ट्रम्पको फोन कल अस्वीकार

: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फोन कल चार पटक अस्वीकार गरेका छन्। जर्मन पत्रिका फ्रान्कफर्टर अल्जेमाइन जेइटुङले प्रकाशित गरेको रिपोर्टलाई उद्धृत गर्दै हिन्दूस्तान टाइम्सले अमेरिका र भारतबीच व्यापार तनाव बढ्दै गएपछि मोदीले ट्रम्पसँग कुराकानी गर्न नमानेको उल्लेख गरेको छ।



ʻट्रम्पले हालैका हप्तामा मोदीलाई चार पटक फोन गर्न खोजेका थिए। तर मोदीले फोन उठाउन मानेनन्,ʼ रिपोर्टमा भनिएको छ।


अमेरिकाले भारतमाथि २५ प्रतिशत कर लगाएको थियो। रुसी कच्चा तेल किनेको भन्दै थप २५ प्रतिशत अतिरिक्त शुल्क लगाएर अमेरिकाले भारतमाथि आजदेखि लागू हुने गरी ५० प्रतिशत कर लगाएको छ।


जापानको निक्केई एसियाले पनि यस्तै दाबी गर्दै भारत–अमेरिका सम्बन्ध चिसिँदै गएको उल्लेख गरेको छ।

निक्केई एशियाले भारतीय कूटनीतिक विज्ञहरूका भनाइ उद्धृत गर्दै लेखिएको छ, ʻट्रम्पले केही सहमति खोज्ने आशामा प्रधानमन्त्री मोदीलाई पटक–पटक फोन गर्न खोजेका छन्। तर मोदीले बारम्बार कुराकानी गर्न इन्कार गरेपछि ट्रम्पलाई झनै निराश बनाएको छ।ʼ

ट्रम्पले मोदीलाई वाशिङटन बोलाउने प्रयास गरेका छन्। तर भारतले पाकिस्तानका सेनाप्रमुखसँगको संयुक्त भेटप्रति आपत्ति जनाउँदै अस्वीकार गरेको बताइएको छ।

भारत सरकार र अमेरिकी पक्षबाट यसबारे कुनै औपचारिक प्रतिक्रिया आएको छैन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रुसले युक्रेनमाथि ठूलो आक्रमण गरेको छ । रुसले युक्रेनमाथि सयौं ड्रोन र दर्जनौं मिसाइल प्रहार गरेको जनाएको छ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले राजधानी कीएभ मुख्य निशानामा परेको बताएका छन्, तर अन्य क्षेत्रहरूलाई पनि लक्ष्य बनाइएको थियो । यी आक्रमणमा कम्तीमा ८३ जना घाइते भएका छन् । कीएभ र वरपरका क्षेत्रमा चार जनाको मृत्यु भएको ...
: अमेरिका, इजरायल र इरानबीच जारी युद्ध अन्त्य हुन सक्ने सम्झौताको आशामा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ भने एसियाली सेयर बजारमा वृद्धि देखिएको छ। शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरान (इरान) सँगको सम्झौताका लागि 'धेरैजसो वार्ता' भइसकेको र यसको विस्तृत विवरण चाँडै घोषणा गरिने बताएका थिए। यद्यपि, भोलिपल्टै उनले आफ्नो वार्ता टोलीलाई सम्झौताका लागि ...
हङकङ र युरोपबीच व्यापार एवं लगानीका साथै नवप्रवर्तन र प्रविधि जस्ता क्षेत्रमा व्यावहारिक एवं पारस्परिक रूपमा लाभदायक सहकार्य अघि बढाउन सक्ने हङकङका वित्त सचिव पावल च्यान मो-पोले बताएका छन् । युरोपमा परिवर्तनको ठूलो चाहना रहेको र बहुपक्षीय सहकार्य एवं जोखिम विविधीकरण मार्फत थप बलियो आर्थिक उत्थानशीलता निर्माण गर्न खोजिरहेको भन्दै च्यानले यस्तो बताएका हुन् । आफ्नो साप्ताहिक ...
चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) स्टार्टअप कम्पनी ‘डिपसिक’ ले आफ्नो सबैभन्दा शक्तिशाली फ्ल्यागसिप मोडल ‘भी ४-प्रो ‘ को एपीआई शुल्कमा गरेको ७५ प्रतिशतको भारी कटौतीलाई स्थायी बनाउने निर्णय गरेको छ। शनिबार एक आधिकारिक विज्ञप्ति जारी गर्दै कम्पनीले यसअघि एउटा निश्चित प्रवर्द्धनात्मक योजना (प्रमोसन) अन्तर्गत ल्याएको यो छुटलाई अब स्थायी रूपमा निरन्तरता दिने घोषणा गरेको हो । यस ...
पाकिस्तानको क्वेटास्थित चमन गेट नजिकै रेलवे ट्र्याकमा विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ भने अन्य ७० जना भन्दा बढी घाइते भएका छन् । आइतबार भएको विस्फोटका कारण रेलका तीनवटा डिब्बा पटरीबाट खसेका थिए भने दुई वटा डिब्बा पल्टिएका थिए। प्रत्यक्षदर्शीहरूका अनुसार विस्फोट यति शक्तिशाली थियो कि रेलवे ट्र्याक नजिकै पार्क गरिएका धेरै सवारी साधनहरूमा क्षति पुगेको ...