मुख्य समाचार
जापानको पश्चिमी यामागुची प्रान्तस्थित युद्धकालीन चोसेई खानीको स्थलमा फेला परेका हड्डीहरू मानव अवशेष भएको पुष्टि
जापानको पश्चिमी यामागुची प्रान्तस्थित युद्धकालीन चोसेई खानीको स्थलमा फेला परेका हड्डीहरू मानव अवशेष भएको पुष्टि

: जापानको पश्चिमी यामागुची प्रान्तस्थित युद्धकालीन चोसेई खानीको स्थलमा फेला परेका हड्डीहरू मानव अवशेष भएको पुष्टि भएको छ। स्थानीय प्रहरीले बुधबार जानकारी दिँदै फेला परेका तीनवटा हड्डी र एउटा खोपडी मानव अवशेष नै भएको बताएको हो।



जापानी नागरिक समूह ‘किजामु काई’का अनुसार ती अवशेष सन् १९४२ मा खानीमा भएको एउटा दुर्घटनामा मृत्यु भएका करिब १८० जना जबर्जस्ती श्रममा लगाइएका कोरियाली मजदुरका हुन सक्ने अनुमान गरिएको छ। ती अवशेषहरू हालै कोरियाली गोताखोरहरूको सहयोगमा समुद्र तलबाट फेला पारिएको हो।


प्रहरीले ती अवशेष एउटै व्यक्तिका हुन् कि होइनन् वा ती व्यक्तिको उमेर वा मृत्युको समय निर्धारण गर्न नसकिएको बताएको छ। यस विषयमा अझै अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।


उक्त खोज केही दिनअघि टोकियोमा जापानी प्रधानमन्त्री शिगेरु इशिबा र दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङबीच सम्पन्न भएको शिखर सम्मेलनपछिको हो। सम्मेलनमा दुई देशबीचको ऐतिहासिक मतभेदलाई पन्छाउँदै सुरक्षा तथा व्यापारजस्ता महत्वपूर्ण क्षेत्रहरूमा सहकार्य बढाउने प्रतिबद्धता जनाइएको थियो।

चोसेई खानी सन् १९१४ मा सञ्चालनमा आएको हो। तरऽ सन् १९४२ को फेब्रुअरीमा खानीको छत भत्किएपछि पसेको पानीले गर्दा १८३ कामदारको ज्यान गएको थियो। घटनापछि लामो समयसम्म खानी स्थल उपेक्षित रहँदै आएको थियो। सन् १९९१ मा नागरिक समूहहरूको पहलमा स्मारक निर्माण र संरक्षण कार्य सुरु भएपछि मात्र घटनाबारे पुनः चासो देखिएको हो।

इतिहासकारहरूका अनुसार दोस्रो विश्वयुद्धअघि र युद्धको समयमा जापानले लाखौं कोरियाली नागरिकलाई जबरजस्ती खानी र कारखानामा श्रम गर्न लगाएको थियो। धेरैजसो जापानी पुरुषहरू मोर्चामा खटाइएकाले श्रमिकको अभाव पूर्ति गर्न कोरियालीहरू प्रयोग गरिएको बताइन्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जापानको राजधानी टोकियोमा पछिल्लो समय एउटा अनौठो पसलले सबैको ध्यान तानिरहेको छ। त्यो पसल त्यत्तिकै चर्चित भएको होइन। यो सायद दुनियाँकै एउटामात्रै त्यस्तो पसल हो, जसमा खुलमखुल्ला चोरी गर्न पाइन्छ। उक्त पसलभित्र प्रवेश गरेसँगै जोकोहीलाई सामान चोर्नका लागि ६० सेकेन्डको समय दिइन्छ । त्यो समयभित्रमा पसलमा भएको जुनसुकै सामानहरु उठाउन पाइन्छ। तर आफूलाई मन ...
— जापान सरकारले नयाँ तालिम तथा रोजगारी प्रणालीअन्तर्गत स्वीकार गरिने विदेशी कामदारको संख्या सीमित गर्ने तयारी थालेको छ । क्योदो न्युजका अनुसार सन् २०२७ को आर्थिक वर्षमा कार्यक्रम सुरु भएपछि पहिलो दुई वर्षमा करिब ४ लाख २६ हजार विदेशी कामदार मात्र स्वीकार गर्ने विषयमा जापानी सरकारभित्र छलफल भइरहेको छ । जापानी समाजमा विदेशी नागरिकको संख्या बढ्दै ...
— फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत डडेल्धुराको फैसलाले लागुऔषध मुद्दामा ८ दिन कैद, १० हजार ४०० रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ गरेका छन् । पक्राउ पर्नेमा कैलालीको धनगढी उप–महानगरपालिका–३ मिलनचोक बस्ने २२ वर्षीय आयुष सिजापती रहेका छन् । उनलाई डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजारबाट जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको छ । प्रहरीका ...
। जापानको ‘स्की’ रिसोर्टमा शुक्रबार भालु देखा परेको रिपोर्ट प्राप्त गरेको बताइएको छ । गत अप्रिल देखि देशभर भालुको आक्रमणद्वारा १३ जनाको मृत्यु भएको रेकर्ड गरिएको छ भने भालुहरू घर भित्र प्रवेश गर्ने, विद्यालयहरू नजिकै घुम्ने र सुपरमार्केटहरूमा तोडफोड गर्ने घटनाहरू नियमित रूपमा रिपोर्ट गरिएको छ । नागानो क्षेत्रको हकुबा ४७ माउन्टेन स्पोट्र्स पार्ककी काजुया शिराकावालाई ...
— जापानको उत्तरपूर्वी क्षेत्रमा सोबार राति गएको ७ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तिमा ३० जना घाइते भएका छन् । भूकम्पका कारण हजारौं मानिस आफ्नो घरबाट विस्थापित भएका छन् । जापानको मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प स्थानीय समयअनुसार राति ११ बजेर १५ मिनेटमा गएको थियो । यसको केन्द्र आओमोरी क्षेत्रको तटभन्दा करिब ८० किलोमिटर टाढा जमिनभन्दा ५० ...