मुख्य समाचार
अरविन्द केजरीवालले भने– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कायर हुन्
अरविन्द केजरीवालले भने– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कायर हुन्

: आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कायर भनेका छन्। नेता केजरीवालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकार राष्ट्रपति ट्रम्पको अगाडि झुकेको आरोप लगाएका हुन्।



पत्रकार सम्मेलनमा अरविन्द केजरीवालले भने, ʻट्रम्प एक कायर मान्छे हुन्। मोदीजी के बाध्यताले ट्रम्पको अगाडि पूर्ण रूपमा झुकेका हुन् मलाई थाहा छैन।ʼ


ट्रम्पले ५० प्रतिशत कर लगाएपछि भारतले पनि बदलामा १०० प्रतिशत कर लगाउनुपर्ने उनले बताए। १४० करोड जनता कम नभएको भन्दै उनले भारतको बजार धेरै ठुलो रहेको बताए।


केजरीवालले भने,ʻहालै ट्रम्पको दबाबमा मोदीजीले कपासमा लागेको ११ प्रतिशत शुल्क हटाएका छन्। अब अमेरिकाबाट आउने कपासमा कुनै शुल्क लगाइने छैन।ʼ

उनले अमेरिकाबाट आउने कपास भारतीय किसानको कपास भन्दा सस्तो हुने बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सुडानमा नरसंहार, साढे २ वर्षयता ४० हजारभन्दा बढीको हत्या
बैतडीमा ट्याक्टर दुर्घटना : एकजनाको मृत्यु, चालक फरार
अमेरिका-चीन सम्बन्ध: तनावको भूमध्यरेखामा शान्तिको ‘हटलाइन’
नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रसहितका दलहरूबीचसँग एकताको सैद्धान्तिक र नीतिगत विषय टुंगिएको छ
नागढुंगा सुरुङमार्ग सञ्चालनका लागि सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान