मुख्य समाचार
दिल्लीमा नेपाली राजदूतसँग फिल्म रिलिजको वातावरण बनाउन आग्रह
दिल्लीमा नेपाली राजदूतसँग फिल्म रिलिजको वातावरण बनाउन आग्रह

। कलाकार प्रकाश सपुतले यहाँस्थित नेपाली राजदूत शंकर शर्मा र दूतावासका सांस्कृतिक विभाग हेर्ने अधिकारी गोकुल बस्नेतसँग भेट गरेका छन् ।

राजदूत शर्मासँगको भेटमा सपुतले नेपाली फिल्मलाई स्वदेशसँगै भारतमा पनि एकसाथ प्रदर्शनमा ल्याउने व्यवस्थामा सहजीकरण गर्न आग्रह गरेका थिए ।




‘भारतमा नेपालीको संख्या ठूलो छ, यहाँ आएर कार्यक्रम गर्दा हजारौं नेपाली दर्शकको अपार सहभागिता र माया पाएँ, तर नेपाली चलचित्र अहिले पनि भारतमा प्रदर्शन गर्न जटिलता छ’ भेटमा सपुतले भने ।

‘जापान, युरोप, अमेरिका, मध्यपूर्व लगायतका देशमा जसरी नेपाली फिल्मको प्रदर्शन गरिएको छ, सोही शैलीमा भारतमा पनि फिल्म रिलिजको वातावरण गराउन उनले आग्रह गरेका हुन् ।



‘लाखौं नेपाली समुदाय भएकाले नेपाली चलचित्र प्रदर्शनको व्यवस्था हुन सक्यो भने नेपाली चलचित्रको दायरा अझ फराकिलो बन्नेछ’ उनले भने, ‘प्रवासी नेपालीले पनि आफ्नो देशको चलचित्र हेर्ने अवसर पाउनेछन् ।’



भेटका क्रममा दूतावासका अधिकारी बस्नेतले यो विषय अहिले आएर ध्यानाकर्षण भएको बताए । ‘अहिले दुई देशबीच सांस्कृतिक सम्झौता गर्ने चरणमा पनि छौं । त्यो पारित भयो भने संस्कृति कसरी आदान प्रदान गर्ने भन्ने त्यसमा समावेश छ । यस विषयलाई उच्च प्राथमिकतामा राखेर आवश्यक पहल र प्रक्रिया अघि बढाउने छौ,’ बस्नेतले भने ।

सपुत निर्देशित फिल्म ‘वसन्त’लाई भारतमा प्रदर्शनको तयारी गरिएको जनाइएको छ । यद्यपि, यसको मिति भने तय हुन बाँकी छ ।

योगगुरु रामदेव र बालकृष्ण आचार्यको संरक्षणमा रहेको हाम्रो स्वाभिमान ट्रष्टले हरितालिका तीजका अवसरमा आयोजना गरेको विशेष सांगीतिक कार्यक्रमका लागि जापानको कार्यक्रम सकेर सपुत दिल्ली पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
हलिउडका दिग्गज अभिनेता टम स्केरिटको निधन भएको छ । उनी ९३ वर्षका थिए । ‘एलियन’ र ‘टप गन’ जस्ता चर्चित फिल्ममा निर्वाह गरेका सम्झनलायक भूमिकाका कारण उनी दर्शकमाझ लोकप्रिय थिए । एमी अवार्ड विजेता स्केरिट टेलिभिजन शृङ्खला ‘पिकेट फेन्सेस’मा अभिनय गरेपछि झनै चर्चित बनेका थिए । छ दशक लामो अभिनय यात्रामा स्केरिटले फिल्म र टेलिभिजन दुवै ...
रियालिटी टेलिभिजन स्टार काइली जेनरले ५० मिलियन अमेरिकी डलर (करिब सात अर्ब ५९ करोड ७९ लाख रुपैयाँ) मूल्यको ब्रा लगाएर भिक्टोरियाज सिक्रेट फेसन शोमा डेब्यु गरेकी छन् । उनको यो प्रस्तुतिलाई लिएर मिश्रित प्रतिक्रिया आइरहेको छ । मेकअप उद्योगकी चर्चित हस्ती जेनरले आइतबार लन्जरी ब्रान्ड भिक्टोरियाज सिक्रेटको वार्षिक फेसन शोमा सबैको ध्यान खिचिन् । डिजाइनरका ...
: बलिउड अभिनेता आमिर खानका भान्जा तथा एक्टर इमरान खानलाई भारतको फरेनर्स रिजनल रजिष्ट्रेशन अफिसले नोटिस जारी गर्दै आगामी अक्टोबर २८ भित्र देश छाड्न निर्देशन दिएको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आयोजना गरिएको एक राजनीतिक विरोध प्रदर्शनमा सहभागी भई 'फरेनर्स एक्ट' (विदेशी सम्बन्धी ऐन) को उलंघन गरेको आरोपमा उनीमाथि यो कारबाही अघि बढाइएको हो। यो मामला ...
: भारतीय सिनेमाका वरिष्ठ तथा बहुप्रतिभावान अभिनेता नाना पाटेकर (विश्वनाथ पाटेकर) को ७५ वर्षको उमेरमा निधन भएको छ। भारतको गोवास्थित डोना पाउला क्षेत्रमा रहेको आफ्नै निवासमा बेहोस अवस्थामा भेटिएपछि उनलाई तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए। अस्पतालका डाक्टरहरूले उनलाई होसमा ल्याउन करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिएर बचाउने कोसिस गरे पनि कुनै ...
। लोकप्रिय नेपाली पप ब्यान्ड ‘मंगोलियन हार्ट’ तीन दशकपछि युरोप भ्रमणमा निस्कने भएको छ । ‘मंगोलियन हार्ट युरोप मिनी टूर २०२६’ अन्तर्गत ब्यान्डले ४ देशमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ । फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा टूर हुन लागेको हो । ब्यान्डको ८ सदस्यीय टोली २४ सेप्टेम्बरमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । टोलीको लिड भोकलिस्टमा राजु लामा, ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम