मुख्य समाचार
दिल्लीमा नेपाली राजदूतसँग फिल्म रिलिजको वातावरण बनाउन आग्रह
दिल्लीमा नेपाली राजदूतसँग फिल्म रिलिजको वातावरण बनाउन आग्रह

। कलाकार प्रकाश सपुतले यहाँस्थित नेपाली राजदूत शंकर शर्मा र दूतावासका सांस्कृतिक विभाग हेर्ने अधिकारी गोकुल बस्नेतसँग भेट गरेका छन् ।

राजदूत शर्मासँगको भेटमा सपुतले नेपाली फिल्मलाई स्वदेशसँगै भारतमा पनि एकसाथ प्रदर्शनमा ल्याउने व्यवस्थामा सहजीकरण गर्न आग्रह गरेका थिए ।




‘भारतमा नेपालीको संख्या ठूलो छ, यहाँ आएर कार्यक्रम गर्दा हजारौं नेपाली दर्शकको अपार सहभागिता र माया पाएँ, तर नेपाली चलचित्र अहिले पनि भारतमा प्रदर्शन गर्न जटिलता छ’ भेटमा सपुतले भने ।

‘जापान, युरोप, अमेरिका, मध्यपूर्व लगायतका देशमा जसरी नेपाली फिल्मको प्रदर्शन गरिएको छ, सोही शैलीमा भारतमा पनि फिल्म रिलिजको वातावरण गराउन उनले आग्रह गरेका हुन् ।



‘लाखौं नेपाली समुदाय भएकाले नेपाली चलचित्र प्रदर्शनको व्यवस्था हुन सक्यो भने नेपाली चलचित्रको दायरा अझ फराकिलो बन्नेछ’ उनले भने, ‘प्रवासी नेपालीले पनि आफ्नो देशको चलचित्र हेर्ने अवसर पाउनेछन् ।’



भेटका क्रममा दूतावासका अधिकारी बस्नेतले यो विषय अहिले आएर ध्यानाकर्षण भएको बताए । ‘अहिले दुई देशबीच सांस्कृतिक सम्झौता गर्ने चरणमा पनि छौं । त्यो पारित भयो भने संस्कृति कसरी आदान प्रदान गर्ने भन्ने त्यसमा समावेश छ । यस विषयलाई उच्च प्राथमिकतामा राखेर आवश्यक पहल र प्रक्रिया अघि बढाउने छौ,’ बस्नेतले भने ।

सपुत निर्देशित फिल्म ‘वसन्त’लाई भारतमा प्रदर्शनको तयारी गरिएको जनाइएको छ । यद्यपि, यसको मिति भने तय हुन बाँकी छ ।

योगगुरु रामदेव र बालकृष्ण आचार्यको संरक्षणमा रहेको हाम्रो स्वाभिमान ट्रष्टले हरितालिका तीजका अवसरमा आयोजना गरेको विशेष सांगीतिक कार्यक्रमका लागि जापानको कार्यक्रम सकेर सपुत दिल्ली पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचारका क्रममा आइतबार उनको निधन भएको हो । इन्डियन एक्सप्रेसका अनुसार अस्पतालका डा. प्रतित समदानीले भोसलेको निधनको पुष्टि गरेका छन् । उनको निधनको कारण 'मल्टी-अर्गान फेलियर' रहेको पनि उनको भनाइ छ । थकित महसुस हुने र छातीमा ...
। मार्च २३ देखि २९, २०२६ सम्मको साप्ताहिक अवधिमा नेटफ्लिक्समा अंग्रेजी भाषाका फिल्मबीच ‘पीकी ब्लाइन्डर्सः द इम्मोर्टल म्यान’ सर्वाधिक हेरिएको फिल्म बनेको छ । यो फिल्मले कुल ३ करोड ६९ लाख घण्टा भ्यूज पाउँदै शीर्ष स्थान ओगटेको हो । चर्चित ‘पीकी ब्लाइन्डर्स’ कथालाई विस्तार गर्ने यो फिल्म एक शक्तिशाली अपराध साम्राज्य, सत्ता संघर्ष र व्यक्तिगत द्वन्द्वको ...
। कलाकार सागर लम्साल ‘बले’लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले प्रहरीलाई अनुमति दिएका छन् । बलेमाथि अमेरिकामा बस्ने एक युवतीले जबरजस्ती करणी गरेको सामाजिक सञ्जालमार्फत आरोप लगाएकी छन् । सोही आरोपमा अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको जनाएको छ । तर, हालसम्म उनीविरुद्ध प्रहरीमा किटानी जाहेरी भने परिसकेको छैन । सोही ...
जादुको छडी समात्नुस् र झाडू तयार पार्नुस्, किनकि हग्वाट्र्स पुनः बोलाइरहेको छ । एचबीओले आफ्नो आगामी ‘ह्यारी पोटर’ सिरिजको पहिलो ट्रेलर सार्वजनिक गर्दै दर्शकलाई नयाँ ढंगले जादुयी संसारमा फर्किन निम्तो दिएको छ । नेटवर्कका अनुसार यसको पहिलो सिजन सन् २०२६ को क्रिसमसमा सार्वजनिक हुनेछ । ट्रेलरको सुरुवातमा ह्यारी डस्र्ली घरमा भर्‍याङमुनिको सानो कोठामा बसिरहेको देखिन्छ । ...
। यसवर्षको ‘मिस वर्ल्ड’ प्रतियोगिता भियतनाममा आयोजना हुने भएको छ । दक्षिणपूर्वी एसियाली मुलुकले पहिलोपटक प्रतिस्पर्धा आयोजना गर्न लागेको हो । यसको पुष्टि ‘मिस वर्ल्ड’ले अफिसियल सामाजिक सञ्जालका पृष्ठबाट समेत गरेको छ । यद्यपि, त्यहाँ हुने निश्चित भएपनि यसको औपचारिक घोषणा भने हुन बाँकी छ । मिस वर्ल्ड भियतनाम आयोजकले बुधबार राति यसबारे जानकारी दिँदै यस वर्षको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम