मुख्य समाचार
युरोपियन च्याम्पियन्स लिग फुटबलका लागि ‘ड्र’ सम्पन्न
युरोपियन च्याम्पियन्स लिग फुटबलका लागि ‘ड्र’ सम्पन्न

। आगामी सिजनको युरोपियन च्याम्पियन्स लिग फुटबलका लागि बिहीबार राति ड्र सम्पन्न भएको छ ।

गत सिजनदेखि नयाँ ढाँचामा हुन थालेको ३६ टोली सहभागी हुने प्रतियोगितामा पहिलोपटक ६ वटा प्रिमियर लिग क्लबले खेल्नेछन् । तर, लिग चरणमा उनीहरूले आपसमा खेल्ने छैनन् ।

ड्र अनुसार १५ पटकको विजेता स्पेनी महारथी क्लब रियल मड्रिडसँग इंग्लिस च्याम्पियन लिभरपुल र म्यानचेस्टर सिटी दुवै क्लबले खेल्ने भएका छन् ।

लिभरपुलले एट्लेटिको मड्रिड र इन्टर मिलानसँग पनि खेल्नेछ भने सिटीले नापोली र बोरुसिया डर्टमुन्डलाई भेट्नेछ ।

नापोलीको म्यान्चेस्टर भ्रमण विशेष हुने अपेक्षा गरिएको छ, जहाँ केभिन डे ब्रुइनाले आफ्नै पूर्व क्लब सिटीविरुद्ध खेल्नेछन् । डे ब्रुइना यसै सिजन सिटीबाट नापोली गएका थिए ।

चेल्सीले बार्सिलोना र बायर्न म्युनिखसँग खेल्नेछ भने आर्सनलले पनि बायर्न र इन्टर मिलानलाई भेट्नेछ ।

इंग्लिस क्लब न्युक्यासलसँग खेल्न बार्सिलोना सेंट जेम्स पार्क पुग्नेछ । युरोपा लिग जितेर च्याम्पियन्स लिगमा पुगेको टोटनहमले डर्टमुन्ड र मोनाकोसँग खेल्नेछ ।

लिग चरणका खेलहरू सेप्टेम्बर १६ बाट सुरु हुने छन् भने सन् २०२६ को जनवरी २८ मा लिग चरण सकिएर नकआउट चरण सुरु हुनेछ ।

सहभागी ३६ टिमहरूले आ-आफ्नो तालिका अनुसार ८/८ खेल खेलेपछि अंकतालिकामा शीर्ष ८ मा पर्ने टोली सोझै अन्तिम १६ मा प्रवेश गर्नेछन् ।

त्यस्तै नवौं देखि २४औं स्थानसम्म हुने १६ टिमबीच प्लेअफ खेलहरू हुनेछन् जहाँबाट ८ टोलीले अन्तिम १६ मा स्थान बनाउनेछन् । २५औं देखि ३६औं स्थानका टोलीहरू बाहिरिने छन् ।

यसपटकको फाइनल खेल हंगेरीको बुडापेस्टमा हुनेछ ।

कसले कोसँग खेल्दैछन् ?

साविक विजेता पीएसजीले बायर्न म्युनिख, बार्सिलोना, एट्लान्टा, लेभरकुसेन, टोटनहाम, स्पोर्टिङ सीपी, न्युकासल र एथ्लेटिको बिल्बाओसँग प्रतिस्पर्धा गर्ने छ ।

स्पेनिस च्याम्पियन बार्सिलोनाले पीएसजी, चेल्सी, फ्रान्कफर्ट, क्लब ब्रुग, ओलम्पियाकस, स्लाभिया प्राहा, कोपनहेगन र न्युकासलसँग प्रतिस्पर्धा गर्नेछ।

इङ्लिस च्याम्पियन लिभरपुलले रियल मड्रिड, इन्टर मिलान, एट्लेटिको मड्रिड, फ्रान्कफर्ट, पीएसभी, मार्सेल, काराबाग र गालातासारेसँग प्रतिस्पर्धा गर्नेछ ।

स्पेनिस क्लब रियल मड्रिडले म्यान्चेस्टर सिटी, लिभरपुल, युभेन्ट्स, बेनफिका, मार्सेल, ओलम्पियाकस, मोनाको र कइरात अलमातीसँग प्रतिस्पर्धा गर्नेछ ।

म्यान्चेस्टर सिटीले बोरुसिया डर्टमुन्ड, रियल मड्रिड, बायर लेभरकुसन, भिल्लारियल, नापोली, बोडो/ग्लम्ट, गालातासारे र मोनाकोसँग प्रतिस्पर्धा गर्नेछ ।

जर्मन क्लब बायर्न म्युनिखले चेल्सी, पीएसजी, क्लब ब्रुग, आर्सनल, स्पोर्टिङ सीपी, पीएसभी, युनियन एसजी र पाफोससँग प्रतिस्पर्धा गर्ने छ ।

इटालियन क्लब इन्टर मिलानले लिभरपुल, बोरुसिया डर्टमुन्ड, आर्सनल, एट्लेटिको मड्रिड, स्लाभिया प्राहा, अयाक्स, कइरात अल्माती र युनियन एसजीसँग प्रतिस्पर्धा गर्नेछ ।

इंग्लिस क्लब चेल्सीले बार्सिलोना, बायर्न म्युनिख, बेनफिका, एट्लान्टा, अयाक्स, नापोली, पाफोस र काराबागसँग प्रतिस्पर्धा गर्नेछ ।

जर्मन क्लब बोरुसिया डर्टमुन्डले इन्टर मिलान, म्यान्चेस्टर सिटी, भिल्लारियल, युभेन्ट्स, बोडो/ग्लिम्ट, टोटनहाम, एथ्लेटिक क्लब र कोपनहेगनसँग प्रतिस्पर्धा गर्नेछ ।

इंग्लिस क्लब आर्सनलले बायर्न म्युनिख, इन्टर मिलान, एट्लेटिको मड्रिड, स्लाभिया प्राहा, कइरात अल्माती, र एथ्लेटिक क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

स्पेनिस क्लब एट्लेटिको मड्रिडले इन्टर मिलान, लिभरपुल, फ्रान्कफर्ट, आर्सनल, बोडो ग्लिम्ट, पीएसजी, युनियन एसजी र गालातासारेसँग प्रतिस्पर्धा गर्नेछ ।

इटालियन क्लब युभेन्ट्सले बोरुसिया डर्टमुन्ड, रियल मड्रिड, बेनफिका, भिल्लारियल, स्पोर्टिङ सीपी, बोडो ग्लिम्ट, पाफोस र मोनाकोसँग प्रतिस्पर्धा गर्नेछ।

इंग्लिस क्लब टोटनहामले बोरुसिया डर्टमुन्ड, पीएसजी, भिल्लारियल, फ्रान्कफर्ट, स्लाभिया प्राहा, बोडो ग्लिम्ट कोपनहेगन र मोनाकोसँग प्रतिस्पर्धा गर्नेछ ।

इटालियन च्याम्पियन नापोलीले चेल्सी, म्यान्चेस्टर सिटी, फ्रान्कफर्ट, बेनफिका, स्पोर्टिङ सीपी, काराबाग र कोपनहेगनसँग प्रतिस्पर्धा गर्नेछ।

पोर्चुगिज क्लब स्पोर्टिङ सीपीले पीएसजी, बायर्न म्युनिख, क्लब ब्रुग, मार्सेल, नापोली, कइरात अल्माती र एथ्लेटिक क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

इंग्लिस क्लब न्युकासलले बार्सिलोना, पीएसजी, बेनफिका, बायर लेभरकुसन, पीएसभी, मार्सेल, एथ्लेटिक क्लब र युनियन एसजीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम