मुख्य समाचार
एसिया कप टी-२० का लागि चरिथ असलंकाको कप्तानीमा श्रीलंकाको १६ सदस्यीय टोली घोषणा
एसिया कप टी-२० का लागि चरिथ असलंकाको कप्तानीमा श्रीलंकाको १६ सदस्यीय टोली घोषणा

। सेप्टेम्बरमा हुने एसिया कप टी-२० का लागि चरिथ असलंकाको कप्तानीमा श्रीलंकाको १६ सदस्यीय टोली घोषणा गरिएको छ।

चोटका कारण बंगलादेशविरुद्धको सिरिज र जिम्बाबेविरुद्धको टी–२० सिरिज गुमाएका लेग स्पिनिङ अलराउन्डर वानिन्दु हसरंगा टोलीमा फर्किएका छन् ।

श्रीलंकाले बंगलादेशविरुद्ध घरेलु सिरिज खेलेको टोलीबाट चार परिवर्तन गरिएको छ। अविश्का फर्नान्डो, दिनेश चान्डिमल, जेफ्री भान्डरसे र एशान मलिङ्गा बाहिरिएका छन्। उनीहरूको स्थानमा नुवानिदु फर्नान्डो, कमिल मिश्र, दुष्मन्था चमीरा र हसरंगा भित्रिएका हुन्।

श्रीलंका २०२३ मा एसिया कपको फाइनल खेलेको र २०२२ मा उपाधि जितेको टोली हो। यसपटक श्रीलंकाले पहिलो खेल सेप्टेम्बर १३ मा बंगलादेशविरुद्ध खेल्नेछ।



योसँगै एसिया कप खेल्ने ८ टोलीमध्ये ७ टोलीका खेलाडीहरू घोषणा भइसक्दा अब यूएईको मात्र टोली घोषणा हुन बाँकी छ ।

एसिया कप सेप्टेम्बर ९ देखि २८ सम्म यूएईमा हुँदैछ ।

श्रीलंकाको टोली : चरिथ असलंका (कप्तान), पाथुम निसांका, कुसल मेन्डिस, कुसल परेरा, नुवानिदु फर्नान्डो, कमिन्दु मेन्डिस, कमिल मिश्र, दासुन शनाका, वानिन्दु हसरंगा, दुनीथ वेलालगे, चामिका करुणारत्ने, महेेश थिक्षाना, दुष्मन्थ चमीरा, बिनुरा फर्नान्डो, नुवान थुशारा, मथीशा पथिराना।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम