मुख्य समाचार
रुसको आक्रमणबाट युक्रेनमा कम्तीमा १८ जनाको मृत्यु, युरोपेली संघको कार्यालयमा क्षति
रुसको आक्रमणबाट युक्रेनमा कम्तीमा १८ जनाको मृत्यु, युरोपेली संघको कार्यालयमा क्षति

। रुसले बिहीबार युक्रेनमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्दा राजधानी किभमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । जसमा चार जना बालबालिका छन् ।

सरकारी अधिकारीहरूका अनुसार आक्रमणबाट किभमा रहेको युरोपेली संघको मिसन र ब्रिटिश काउन्सिलको कार्यालयमा क्षति पुगेको छ । यो आक्रमणको युरोपेली संघ र लण्डनले रूसी दूतहरूलाई बोलाएर विरोध जनाएका छन् ।

आक्रमणबारे युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यको कूटनीतिक प्रयासमा रुसले दिएको जवाफ भएको टिप्पणी गरेका छन् ।’रुसले वार्ताको सट्टा ब्यालिस्टिक क्षेप्यास्त्र रोज्छ,’ जेलेन्स्कीले एक्समा लेख्दै भने । उनले रूसमाथि नयाँ प्रतिबन्ध लगाउन आह्वान गरे। ‘रुसले युद्ध अन्त्यको सट्टा मानिसहरु मारेको मार्‍यै गर्न चाहेको छ ।’

रूसले युक्रेनका सैन्य उद्योगहरू र एयरबेसहरूलाई लक्षित गर्दै आक्रमण गरेको जनाएको छ । मस्कोले नियमित रूपमा नागरिकहरूलाई लक्षित गरेको अस्वीकार गर्दै आएको छ। तर युक्रेनी अधिकारीहरूका अनुसार हालका महिनाहरूमा जनघनत्व भएको क्षेत्रमा भएका रुसी आक्रमणहरूमा धेरै नागरिकहरूको मृत्यु भएको छ । युद्ध सुरु भएदेखि हजारौंको ज्यान गइसकेको छ।

किभमा बिहीबार बिहान भएको आक्रमण पछिल्ला केही महिनामा भएको सबैभन्दा ठूलो आक्रमणमध्ये एक भएको अधिकारीहरुले जनाएका छन् ।

२०२२ को फेब्रुअरीमा मस्कोले आक्रमण थालेदेखि नै किभ र यसका सहयोगीहरूले युद्ध अन्त्यको प्रयास गर्दै आए पनि खासै उपलब्धि भएको छैन। यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी तथा रूसी नेताहरूबीच भेटघाट भएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मुस्लिम वर्ल्ड लिगले साउदी अरबको रियाद र मदिना क्षेत्रमा रहेको इस्ट-वेस्ट तेल पाइपलाइनमा भएको ड्रोन आक्रमणको कडा निन्दा गरेको छ। साउदी प्रेस एजेन्सी एसपीएका अनुसार, मुस्लिम वर्ल्ड लिगका महासचिव शेख डा. मोहम्मद अल-इसाले यी आक्रमणहरूलाई विश्वासघाती र आपराधिक कार्यको संज्ञा दिएका छन्। यस्ता आक्रमणहरूले सबै धार्मिक मूल्यमान्यताका साथै अन्तर्राष्ट्रिय र मानवीय कानुनको गम्भीर उल्लङ्घन गर्ने ...
। इराकका विदेश मन्त्री फुआद हुसेन र सऊदी अरबका विदेश मन्त्री प्रिन्स फैसल बिन फरहान अल सऊदीले शनिबार बिहान फोनमा कुराकानी गरेका छन्। इराकी क्षेत्रबाट सऊदीको ईस्ट-वेस्ट तेल पाइपलाइनमा ड्रोन आक्रमण भएको थियो। उक्त आक्रमणपछि दुवै देशका विदेश मन्त्रीहरूले आपतकालीन संवाद गरेका हुन्। क्षेत्रमा विकसित हालैको घटनाक्रम र साझा चासोका विषयमा दुवै नेताबीच विस्तृत छलफल भएको ...
। साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व-पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। बिहीबार भएको ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण होर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाट दैनिक करिब ५० लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो। साउदी ऊर्जा मन्त्रालयले शुक्रबार पाइपलाइनमा बिहीबार धेरै पटक ...
। चाइना साउदर्न एयरलाइन्सले ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान पुनः सञ्चालन गर्ने घोषणा गरेको छ । चाइना साउदर्न शनिबार ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान सेप्टेम्बर २१ (५ असोज) देखि पुनः सञ्चालन गर्ने घोषणा गरेको हो । विगत छ वर्षदेखि रोकिएको चाइना साउदर्न एयरलाइन्सको ग्वाङ्झाउ–नयाँदिल्ली उडान सेवा पुनः सञ्चालन हुन लागेको ‘प्रेस ट्रस्ट अफ इन्डिया’ (पीटीआई)ले जनाएको छ । उडान सेवा ...
। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीमा भेट भएको छ। भेटमा उनीहरूले व्यापार, ऊर्जा र रक्षाबारे छलफल गरेका छन्। राष्ट्रपति पुटिन भोलिदेखि सुरू हुने ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आएका हुन्। मस्को नयाँ दिल्लीको सबैभन्दा महत्वपूर्ण रणनीतिक साझेदार र सैन्य आपूर्तिकर्ता हो। भारतीय मिडियामा दुवै नेता नयाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम