मुख्य समाचार
यमनका हुथी विद्रोहीहरूले इजरायली आक्रमणमा आफ्ना प्रधानमन्त्री अहमद गालिब अल-रहावीको मृत्यु भएको दाबी
यमनका हुथी विद्रोहीहरूले इजरायली आक्रमणमा आफ्ना प्रधानमन्त्री अहमद गालिब अल-रहावीको मृत्यु भएको दाबी

: यमनका हुथी विद्रोहीहरूले इजरायली आक्रमणमा आफ्ना प्रधानमन्त्री अहमद गालिब अल-रहावीको मृत्यु भएको दाबी गरेका छन्।



इजरायल प्यालेस्टाइनबीच गाजामा जारी युद्धका दौरान यो उनीहरूको सबैभन्दा ठूलो क्षति भएको हुथी विद्रोहीहरूले बताएका छन्। तर, यो दाबीको स्वतन्त्र स्रोतबाट भने पुष्टि भएको छैन।


समाचार एजेन्सी रोयटर्सले हुथी विद्रोहीहरूको समाचार एजेन्सीलाई उद्धृत गर्दै शनिबार समूहको सर्वोच्च राजनीतिक परिषद्का प्रमुख महदी अल-मशातले यो घोषणा गरेको उल्लेख गरेको छ।


बिहीबार राजधानी सानामा भएको आक्रमणबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन। तर, यस आक्रमणमा अन्य केही व्यक्ति घाइते भएको बताइएको छ।

एएफपीका अनुसार अल-रहावीलाई अन्तिमपटक बुधबार सानामा आयोजित एक सार्वजनिक कार्यक्रममा देखिएको थियो।

हुथी विद्रोहीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'हामी योद्धा अहमद गालिब नासिर अल-रहावीको निधन भएको घोषणा गर्दछौं। उनका धेरै सहयोगीहरूसहित उनको मृत्यु भएको छ। उनलाई इजरायलले लक्षित गरेको थियो।'

यसअघि इजरायलले सानामा इरान समर्थित हुथी समूहका चीफ अफ स्टाफ, रक्षा मन्त्री र अन्य अधिकारीहरूलाई लक्षित गरेको दाबी गरेको थियो। तर महदी मशातको बयानले मारिएका व्यक्तिहरूमध्ये हुथी विद्रोहीका रक्षा मन्त्री पनि रहेका छन् वा छैनन् भन्ने स्पष्ट भएको छैन।

अहमद अल-रहावी करिब एक वर्षअघि प्रधानमन्त्री बनेका थिए। तर, वास्तविक सत्ता उनका उप-प्रधानमन्त्री मोहम्मद मुफ्ताहको हातमा रहेको बताइन्छ। शनिबार मुफ्ताहलाई प्रधानमन्त्रीको कार्यभार औपचारिक रूपमा जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राज्य-समर्थित चाइना ईस्टर्न एयरलाइन्सले पाँच वर्षको अन्तरालपछि नोभेम्बर ९ बाट शाङ्घाई-दिल्ली उडान पुनः सुरु गर्ने भएको छ । एयरलाइनको वेबसाइटमा अद्यावधिक सूचनाअनुसार, चीन र भारतबीच कूटनीतिक सम्बन्धमा आएको सुधारसँगै प्रत्यक्ष हवाई सम्पर्क पुनः सुरु भएको हो । विश्लेषकहरूले अमेरिकाको आक्रामक व्यापार नीतिहरूले पनि दुई देशबीचको सम्बन्ध सहज बनाउन प्रेरित गरिरहेको बताएका छन् । एयरलाइन्सको अनलाइन टिकट ...
। पाकिस्तानले अफगानिस्तानको पक्तिका प्रान्तमा गरेको आक्रमणमा तीन जना अफगानी खेलाडीसहित पाँच जनाको मृत्यु भएको छ । यससँगै अफगानिस्तानको क्रिकेट बोर्ड (एसीबी) ले पाकिस्तानसँग नोभेम्बर महिनामा हुने तय गरिएको त्रिकोणात्मक टी–२० सिरिजमा भाग नलिने निर्णय गरेको छ। एसीबीले मृतक तीन खेलाडीको तस्वीर सार्वजनिक गर्दै लेखेको छ, ‘शुक्रबार साँझ पाकिस्तानतर्फबाट भएको आक्रमणमा यी खेलाडीहरूलाई निशाना बनाइयो।’ बोर्डका अनुसार, यस ...
। तालिबानले पाकिस्तानमाथि युद्धविराम सम्झौता उल्लंघनको आरोप लगाएको छ । तालिबान अधिकारीले सीमावर्ती प्रान्त पक्तिकामा पाकिस्तानले शुक्रबार बम प्रहार गरेर युद्धविराम उल्लंघन गरेको दाबी गरेको हो । तालिबान सरकारका एक प्रान्तीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले समाचारमा लेखेको छ, ‘पाकिस्तानले पक्तिका प्रान्तको अरघुन जिल्लामा अवस्थित एक घरमा बम आक्रमण गर्‍यो । उक्त आक्रमणमा नागरिकको मृत्यु र केही ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच शुक्रबार ह्वाइट हाउसमा भेटवार्ता भएको छ। उक्त बैठकको मुख्य विषय रूस–युक्रेन युद्ध थियो । यो भेटमा जेलेन्स्कीले अमेरिकासँग टोमहोक क्रूज़ मिसाइल मागे पनि उनी खाली हात फर्किनुपरेको बीबीसीले जनाएको छ । जेलेन्स्कीले युक्रेनको हवाई प्रतिरक्षा प्रणाली (Air Defense) बलियो बनाउन निरन्तर जोड दिँदै आएका छन्। टोमहोक क्रूज़ मिसाइल ...
: बंगलादेशको पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको माग गरिएको छ। गत वर्ष विद्यार्थी नेतृत्वको विरोध प्रदर्शनमा मानवताविरुद्धको अपराध गरेको आरोप लगाउँद‌ै उनीलाई मृत्युदण्डको माग गरिएको हो। अदालतमा अभियोजन पक्षले पूर्वप्रधानमन्त्री हसिनाको भूमिका मानवताविरुद्धको अपराध भएको जिकिर गर्दै मृत्युदण्डको माग गरेको हो। बंगलादेशका प्रमुख अभियोजक ताजुल इस्लामले भने,' 'हसिनालाई मृत्युदण्ड दिनुपर्छ। मानवीयरूपमा सम्भव नभएकाले मृत्युदण्डको माग गर्छौं।' बंगलादेशमा ...