मुख्य समाचार
स्कटल्याण्डको राजधानी एडिनबर्गका तीन दाजुभाइले बिनारोकाई र कुनै बाह्य सहयोग बिना प्रशान्त महासागर पार गरेर नयाँ कीर्तिमान
स्कटल्याण्डको राजधानी एडिनबर्गका तीन दाजुभाइले बिनारोकाई र कुनै बाह्य सहयोग बिना प्रशान्त महासागर पार गरेर नयाँ कीर्तिमान

: स्कटल्याण्डको राजधानी एडिनबर्गका तीन दाजुभाइले बिनारोकाई र कुनै बाह्य सहयोग बिना प्रशान्त महासागर पार गरेर नयाँ कीर्तिमान कायम गरेका छन्। उनीहरूले करिब १४० दिन समुन्द्रमा बिताएपछि यो उपलब्धि हासिल गरेका हुन्।



जेमी, इभान र लाचलान म्याक्लिनले पेरुबाट अष्ट्रेलियासम्म ९,००० माइल (१४,४८४ किलोमिटर) यात्रा गरे।


यस समयमा उनीहरूले खतरनाक आँधीबेहरीको सामना गर्नुपरेको थियो। यसका कारण उनीहरूले लामो बाटो रोज्नुपरेको थियो।


आँधीबेहरीको समयमा लाचलानलाई ठूलो छालले डुङ्गाबाट बगाएको थियो।

तीन दाजुभाइ अष्ट्रेलियाको केर्न्स पुगेपछि परिवार र साथीभाइलाई भेटे। उनीहरूले अब आफूहरू केवल पिज्जा खान र शान्तिपूर्वक सुत्न चाहेको बताए।

ʻयो अझै पनि अलि अनौठो छ। हाम्रो खुट्टा जमिनमा टेक्न अलि समय लागिरहेको छ। तर केर्न्समा हामीले पाएको न्यानो स्वागत अद्भुत छ,ʼ इभानले बीबीसीसँग भने।

जेमीले यो यात्रा शारीरिक र मानसिक रूपमा अत्यन्तै चुनौतीपूर्ण रहेको बताए। तर यो ठूलो चुनौतीलाई पार गरेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इरानले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद र संयुक्त राष्ट्रसंघ (यूएन) का महासचिवलाई पत्र लेख्दै अमेरिकी हमलाको कडा विरोध गरेको छ।अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार इरानले अमेरिकी सैन्य कारबाहीको सम्बन्धमा सुरक्षा परिषदका अध्यक्ष र संयुक्त राष्ट्रसंघका महासचिवलाई औपचारिक विरोध पत्र पठाएको जानकारी दिएको छ। संयुक्त राष्ट्रसंघका लागि इरानी प्रतिनिधि सईद इराभानीले अमेरिकाले पुनः एकपटक 'संयुक्त राष्ट्रसंघको बडापत्र र आफ्नो ...
। लोकप्रिय पप गायक, द भ्वाइस अफ नेपालका निर्णायक तथा मङ्गोलियन हार्ट ब्यान्डका मुख्य गायक राजु लामाले युरोपको सर्वोच्च शिखर माउन्ट एल्ब्रस सफलतापूर्वक आरोहण गरेका छन् । सामाजिक संजालबाट उनले आफूले ५६४२ मिटर अग्लो हिमाल चढेको जनाएका छन् । लामाले एल्ब्रस आफ्नो ‘सेभेन समिट्स च्यालेन्ज’ अन्तर्गतको तेस्रो सफल आरोहण रहेको बताएका छन् । उनले पर्वत र प्रकृतिसँग ...
। उत्तर कोरियाली प्रिमियर पाक थाई-सोङ शुक्रबार चीन प्रस्थान गर्दै छन्। उनी दुई देशबीचको मैत्री सन्धि स्थापना भएको वर्षगाँठ मनाउन तीन दिने भ्रमणका लागि त्यहाँ जान लागेका हुन्। यो भ्रमणले यी दुई परम्परागत मित्र राष्ट्रहरूबीचको सम्बन्धमा सुधार आउँदै गरेको अर्को संकेत दिन्छ। यस वर्ष चीन-उत्तर कोरिया मैत्री, सहयोग र पारस्परिक सहायता सम्झौतामा हस्ताक्षर भएको ६५औँ वर्षगाँठ ...
। अमेरिकी सेनाले इरानमाथि लगातार दोस्रो रात पनि आक्रमण गरेको बताएको छ। उसले इरानभरि करिब ९० वटा ठेगानाहरूलाई निशाना बनाएको छ। अमेरिकी सेन्टकमले यी आक्रमणहरूका भिडियोहरू एक्समा पोस्ट गरेको छ। सेन्टकमले यी आक्रमणहरूको उद्देश्य होर्मुज स्ट्रेटमा कमर्सियल जहाजहरू र निर्दोष नाविकहरूमाथि आक्रमण गर्ने इरानको क्षमतालाई अझ कमजोर बनाउनु रहेको लेखेको छ। निशाना बनाइएका ठेगानाहरूमा एयर डिफेन्स सिस्टम ...
: अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले इरानविरुद्धको शृङ्खलाबद्ध आक्रमणका क्रममा ८० भन्दा बढी ठेगानाहरूलाई निशाना बनाएको दाबी गरेको छ। सामाजिक सञ्जालमा एक पोस्ट सार्वजनिक गर्दै सेन्टकमले होर्मुज स्ट्रेट भएर गुड्ने व्यावसायिक जहाजहरूमाथि इरानले हालै गरेको आक्रमणको जवाफमा यो कारबाही गरिएको जनाएको छ। सेन्टकमका अनुसार अमेरिकी सेनाले होर्मुज स्ट्रेट र त्यसको वरपरका क्षेत्रमा इरानी हवाई रक्षा प्रणाली ...