मुख्य समाचार
एएफसी यू -२३ एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज घरेलु टिम ताजाकिस्तानसँग खेल्दै
एएफसी यू -२३ एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज घरेलु टिम ताजाकिस्तानसँग खेल्दै

: आजदेखि सुरु भएको एएफसी यू -२३ एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज घरेलु टिम ताजाकिस्तानसँग खेल्दैछ। ताजकिस्तानको दुसान्बेस्थित पामीर स्टेडियममा हुने नेपाल र ताजकिस्तान बीचको खेल नेपाली समयअनुसार साँझ ८:१५ बजे सुरु हुनेछ।



समूह के मा रहेको नेपालले ताजिकिस्तान फिलिपिन्स र सिरियासँग खेल्नेछ। टोलीका प्रमुख प्रशिक्षक नवीन न्यौपानेले पहिलो खेलबाट ३ अंक जोड्दै एसियन कप छनोटमा हितका लागि खेल्ने बताएका थिए।


प्रि म्याच प्रेस कन्फ्रेन्समा न्यौपानेले नेपाल खेल्नको लागि मात्रै नभएर जित्नको लागि आएको बताएका थिए। ' हामी यहाँ खेल्नको लागि मात्र होइन जित्नको लागि आएका हौँ।' एसटीएमको कप्तानी राष्ट्रिय टिमका सबै सदस्य रहिसकेका आयुष घलानले गर्नेछन्।


नेपालको टिम :
गोलकिपर : क्रिसल मोक्तान, अमित टमाटा, विशाल केसी
डिफेन्डर : विवेक गुरुङ, विशाल नेपाली, लहान सुब्बा, निग्मा लामा, राम थापा, शंकर थारु, सीमान्त थापा
मिडफिल्डर: आयुष घलान(कप्तान), अभिषेक स्यान्तान,एरोन थापा, निरज कार्की, दिपेश गुरुङ, कृतिस रत्न छुन्जु, पुजन थापा, संजीव लामा, सन्तोष खत्री, सुजन मगर, सुमित श्रेष्ठ
फर्वाड: निराजन धामी, रोहन खड्की
प्रशिक्षक: नवीन न्यौपाने

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले अपि हिमाललाई समर्पित गर्दै नयाँ जर्सी सार्वजनिक गरेको छ। टोलीले जर्सीलाई ‘अपि एडिसन’ नाम दिएको छ । सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, पर्यटन सम्भावना र जैविक विविधतालाई प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएको जर्सीले अपि हिमाललाई विशेष रूपमा सम्मान गरेको छ । जर्सीको पछाडिको भागमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने ...
: आइसीसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम शृंखलाको पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले क्यानडालाई २४ रनले पराजित गरेको हो। ओमानस्थित एल अमेरत क्रिकेट मैदान(ट्रफ-१)मा नेपालले क्यानडालाई २११ रनमा अलआउट गरेको हो। क्यानडाका लागि आरोन जहन्सनले सर्वाधिक ४४ रन बनाए। त्यस्तै समित गोहेलले ३५, हम्जा तारिकले २६, श्रेयस मुफाले २६ र अखिल कुमार ३० रनमा अविजित ...
: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकदिवसीय पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आइतबार क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमरातस्थित ओमान क्रिकेट मैदानमा हुने लिग–२ को अन्तिम शृंखला नेपालका लागि अंक तालिकामा आफ्नो अवस्था सुधार्ने र विश्वकप छनोटको सम्भावना बलियो बनाउने महत्त्वपूर्ण अवसर हो। यसअघिका शृंखलामा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको नेपाललाई अबका खेलमा नतिजामुखी प्रदर्शन आवश्यक छ। नेपाल ...
: दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको सहभागिता र पदकको सम्भावना बढाउन खेलाडी छनोटदेखि बन्द प्रशिक्षणसम्मको तयारीलाई व्यवस्थित रुपमा अघि बढाइएको छ। छनोटमा ९ हजारभन्दा बढी खेलाडी सहभागी छन्। प्रदेशका १४ जिल्लाबाट ९ हजार ३१० खेलाडीले नाम दर्ता गराएपछि उत्कृष्ट खेलाडी पहिचान गर्ने प्रतिस्पर्धा सुरु भएको हो। छनोटका विभिन्न चरण पार गरेर यकिन गरिएका ...
। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फिफा विश्वकप २०२६ छनोट अन्तर्गत नेपाल र बहराइनबीचको अन्तर्राष्ट्रिय खेलमा अखिल नेपाल फुटबल संघ एन्फा नेतृत्व मिलेमतो तथा अनियमिता गरेको निष्कर्ष निकालेको छ । सीआईबीले गरेको अनुसन्धानले दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मान्यताबाट अयोग्य बनाउन एन्फा नै लागेका निष्कर्ष निकालेको हो । विश्वकप छनोटको यमनसँगको खेलपछि बहराइनसँग खेल हुन करिब ...