मुख्य समाचार
उत्तर कोरियाली नेता किम जोङ उन चीनमा हुने ‘विजय दिवस’ सैन्य परेडमा सहभागी हुन रेलमार्गबाट गएका छन्
उत्तर कोरियाली नेता किम जोङ उन चीनमा हुने ‘विजय दिवस’ सैन्य परेडमा सहभागी हुन रेलमार्गबाट गएका छन्

: उत्तर कोरियाली नेता किम जोङ उन चीनमा हुने ‘विजय दिवस’ सैन्य परेडमा सहभागी हुन रेलमार्गबाट गएका छन्। बेइजिङ बुधबार हुने ‘विजय दिवस’ सैन्य परेडमा किम चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित अन्य विश्व नेताहरूसँग देखा पर्नेछन्।



सांघाई कोअपरेसन अर्गनाइजेसनको शिखर सम्मेलनमा भाग लिन हाल चीन भ्रमणमा रहेकाउक्त सैन्य परेड समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुँदैछन्।


अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सोमबार साँझ आफ्नो बख्तरबन्द रेलमा उत्तर कोरियाको राजधानी प्योङयाङबाट किम मंगलबार चीन प्रवेश गरेका हुन्। किम जोङ उन भने सन् २०१९ मा चीन–उत्तर कोरिया कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका क्रममा अन्तिमपटक बेइजिङ गएका थिए।


उत्तर कोरियाको पुरानो र सीमित हवाईजहाजहरूको तुलनामा, बुलेटप्रुफ रेलहरू नेताका लागि सुरक्षित, आरामदायी र सुविधासम्पन्न मानिन्छन्। ती रेलहरूमा करिब १० देखि १५ वटा डब्बा रहने गर्छन्। ती रेलहरूमा ठूलो संख्यामा सुरक्षा टोली, खाना तथा सञ्चार सुविधा, बैठक कक्ष र आराम गर्न मिल्ने ठाउँहरू रहेका हुन्छन्।

null

दुईवटा बख्तरबन्द मर्सिडिज गाडी अट्ने डब्बा पनि रहने बताइन्छ। हवाइजहाजमा यात्रा गर्दा आक्रमण गर्न सक्ने ठानेर किमका बुवा किम जोङ इल र हजुरबुवा किम इल सुङ पनि रेलमा यात्रा गर्ने गर्थे। किम जोङ उनले सन् २०११ मा सत्तामा आएयता चीन, भियतनाम र रुस भ्रमणका लागि रेल प्रयोग गर्दै आएका छन्।

रुस यात्रा गर्दा उत्तर कोरियाको रेललाई सीमामा रुसी रेलमार्गको फरक गेजअनुसार मिलाउन आवश्यक हुने रेल विज्ञ बताउँछन्। तर चीनमा भने यस्तो आवश्यक पर्दैन। चीन प्रवेश गरेपछि त्यहाँको स्थानीय इन्जिनियरले रेल तान्ने गर्छन्, जसले चिनियाँ सिग्नल प्रणाली बुझ्छन्।

चिनियाँ सहायक विदेशमन्त्री होङ लेईका अनुसार सेप्टेम्बर ३ मा भव्य सैन्य परेडसहित कार्यक्रम आयोजना गरिँदैछ। यस कार्यक्रममार्फत जापानी आक्रमणविरुद्धको चीनको जनयुद्ध तथा विश्व फासिवादविरोधी युद्धमा विजय हासिल भएको ८० वर्ष पूरा भएको दिनलाई स्मरण गरिनेछ। यससँगै विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, संसद प्रमुख, उपप्रधानमन्त्री, उच्च तहका प्रतिनिधि, अन्तर्राष्ट्रिय संस्थाका प्रमुख तथा पूर्व राजनीतिज्ञहरूलाई समेत चीन सरकारले विजय दिवसको समारोहमा सहभागी हुन निमन्त्रण दिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीमा भेट भएको छ। भेटमा उनीहरूले व्यापार, ऊर्जा र रक्षाबारे छलफल गरेका छन्। राष्ट्रपति पुटिन भोलिदेखि सुरू हुने ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आएका हुन्। मस्को नयाँ दिल्लीको सबैभन्दा महत्वपूर्ण रणनीतिक साझेदार र सैन्य आपूर्तिकर्ता हो। भारतीय मिडियामा दुवै नेता नयाँ ...
। गत अगस्टमा इरानको दक्षिणी समुद्र तटबाट हराएका दश जना इरानी माझीहरू संयुक्त अरब इमिरेट्समा भेटिएका छन्। आजदेखि उनीहरू स्वदेश फर्किन थालेका छन्। इरानी सञ्चारमाध्यमहरूले युद्धका समय युएईमा फसेका आफ्ना नागरिक छिट्टै परिवारसँग भेट्ने प्रवन्ध सरकारले मिलाएको जनाएका छन्। मध्यपूर्वमा युद्ध चर्किरहेका बेला यी माझीहरू बेपत्ता भएका थिए। हर्मुज जलमार्ग अहिले तेहरान र वासिङ्टनबीचको ठूलो विवादको केन्द्र ...
। साउदी अरबले ड्रोन हमलापछि आफ्नो महत्वपूर्ण इस्ट–वेस्ट तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको छ। साउदी अधिकारीका अनुसार ड्रोन हमलामा केही व्यक्ति घाइते भएका छन् भने पाइपलाइनमा समेत क्षति पुगेको छ। साउदी प्रेस एजेन्सी (एसपीए)ले ऊर्जा मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै १० सेप्टेम्बरको बिहान इस्ट–वेस्ट पाइपलाइनमा पटक–पटक ड्रोन हमला भएको जनाएको छ। त्यसपछि थप क्षति रोक्न र ...
: फिलीपिन्सको पालावान प्रान्तस्थित कोरोन क्षेत्र नजिकै समुद्रमा एक यात्रुवाहक फेरीमा भीषण आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ,भने ८७ जना यात्रु बेपत्ता भएका छन्। 'एमभी जुनियर एस्टर' नामको उक्त फेरी फिलिपिन्सको राजधानी मनिलाबाट पालावान प्रान्तको पर्यटकीय क्षेत्र कोरोनतर्फ जाँदै गर्दा अचानक आगलागी भएको हो। दुर्घटनाको खबर पाउनेबित्तिकै खटिएका कोस्ट गार्ड र उद्धारकर्ताहरूको टोलीले हालसम्म ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध आगामी नोभेम्बरमा हुने मध्यावधि (मिडटर्म) निर्वाचनलगत्तै समाप्त हुन सक्ने दाबी गरेका छन्। बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरान अब लामो समयसम्म युद्ध जारी राख्ने स्थितिमा नरहेको बताए। त्यसैगरी, निर्वाचन अघिसम्म इन्धनको मूल्य घट्ने सम्भावना नरहेको संकेत पनि उनले गरे। 'मलाई लाग्छ निर्वाचनको लगत्तै युद्ध सकिनेछ, किनभने उनीहरू ...