मुख्य समाचार
नेपाल र वेस्ट इन्डिजबीच हुन लागेको टीट्वेन्टी शृंखलाको खेल तालिकामा केही परिवर्तन
नेपाल र वेस्ट इन्डिजबीच हुन लागेको टीट्वेन्टी शृंखलाको खेल तालिकामा केही परिवर्तन

: नेपाल र वेस्ट इन्डिजबीच हुन लागेको टीट्वेन्टी शृंखलाको खेल तालिकामा केही परिवर्तन भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले एसिया कप फाइनलका कारण पूर्वनिर्धारित तालिकामा केही हेरफेर गरिएको जनाएको छ।



क्यानका केन्द्रीय सदस्य एवं प्रवक्ता छुम्बी लामाले मंगलबार एक विज्ञप्ति जारी गर्दै शृंखलाका खेल तालिकामा केही हेरफेर गरिएको बताएका हुन्।


संयुक्त अरब इमिरेट्स (यूएई) को सारजाह क्रिकेट मैदानमा यसअघि सेप्टेम्बर २७, २८ र ३० मा टीट्वेन्टी शृंखलाका खेलहरू आयोजना हुने भनिएकोमा अब सेप्टेम्बर २७, २९ र ३० मा खेल हुनेछ। नेपालले दुई पटकको टीट्वेन्टी विश्वकप विजेता वेस्ट इन्डिजसँग पहिलो पटक खेल्न लागेको हो।

सेप्टेम्बरमा टेस्ट राष्ट्रसँग नेपालले टीट्वेन्टी अन्तर्राष्ट्रिय शृंखला खेल्ने भनेर क्यानले वार्षिक क्यालेन्डरमा नै समावेश गरेको थियो। वेस्ट इन्डिजसँगको शृंखला नेपालका लागि ऐतिहासिक मात्र नभई टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया छनोटका लागि समेत महत्वपूर्ण मानिएको छ।
नेपालले यूएईकै छिमेकी मुलुक ओमानमा अक्टोबरमा हुने आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया छनोटको तयारीका लागि वेस्ट इन्डिजसँग शृंखला खेल्न लागेको हो। यो शृंखलाका लागि वेस्ट इन्डिज क्रिकेट बोर्ड र एमिरेट्स क्रिकेट बोर्डले सहयोग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम