मुख्य समाचार
नेपाल र वेस्ट इन्डिजबीच हुन लागेको टीट्वेन्टी शृंखलाको खेल तालिकामा केही परिवर्तन
नेपाल र वेस्ट इन्डिजबीच हुन लागेको टीट्वेन्टी शृंखलाको खेल तालिकामा केही परिवर्तन

: नेपाल र वेस्ट इन्डिजबीच हुन लागेको टीट्वेन्टी शृंखलाको खेल तालिकामा केही परिवर्तन भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले एसिया कप फाइनलका कारण पूर्वनिर्धारित तालिकामा केही हेरफेर गरिएको जनाएको छ।



क्यानका केन्द्रीय सदस्य एवं प्रवक्ता छुम्बी लामाले मंगलबार एक विज्ञप्ति जारी गर्दै शृंखलाका खेल तालिकामा केही हेरफेर गरिएको बताएका हुन्।


संयुक्त अरब इमिरेट्स (यूएई) को सारजाह क्रिकेट मैदानमा यसअघि सेप्टेम्बर २७, २८ र ३० मा टीट्वेन्टी शृंखलाका खेलहरू आयोजना हुने भनिएकोमा अब सेप्टेम्बर २७, २९ र ३० मा खेल हुनेछ। नेपालले दुई पटकको टीट्वेन्टी विश्वकप विजेता वेस्ट इन्डिजसँग पहिलो पटक खेल्न लागेको हो।

सेप्टेम्बरमा टेस्ट राष्ट्रसँग नेपालले टीट्वेन्टी अन्तर्राष्ट्रिय शृंखला खेल्ने भनेर क्यानले वार्षिक क्यालेन्डरमा नै समावेश गरेको थियो। वेस्ट इन्डिजसँगको शृंखला नेपालका लागि ऐतिहासिक मात्र नभई टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया छनोटका लागि समेत महत्वपूर्ण मानिएको छ।
नेपालले यूएईकै छिमेकी मुलुक ओमानमा अक्टोबरमा हुने आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया छनोटको तयारीका लागि वेस्ट इन्डिजसँग शृंखला खेल्न लागेको हो। यो शृंखलाका लागि वेस्ट इन्डिज क्रिकेट बोर्ड र एमिरेट्स क्रिकेट बोर्डले सहयोग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम