मुख्य समाचार
चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्यादिमिर पुटिनबिच द्विपक्षीय बैठक सम्पन्न
चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्यादिमिर पुटिनबिच द्विपक्षीय बैठक सम्पन्न

: बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्यादिमिर पुटिनबिच द्विपक्षीय बैठक सम्पन्न भएको छ। चीनको सबैभन्दा ठूलो सैन्य परेड हुनुभन्दा एक दिनअघि उनीहरूबिच द्विपक्षीय बैठक सम्पन्न भएको हो।



भेटका क्रममा पुटिनले दुई देशबीचको सम्बन्धलाई 'अभूतपूर्व स्तर' मा रहेको वर्णन गरेका छन्। उनले भने, 'हाम्रो निकट अन्तरक्रियाले रूस र चीनबीचको रणनीतिक सम्बन्धलाई प्रतिबिम्बित गर्दछ।'


रुसी राष्ट्रपति पुटिनले सम्पूर्ण रूसी प्रतिनिधिमण्डल र चिनियाँ साथीहरू / सहकर्मीहरूसँग भेट्न पाउँदै धेरै खुसी लागेको बताएका छन्।

पुटिनले भने,'प्रिय मित्र, म र सम्पूर्ण रूसी प्रतिनिधिमण्डल हाम्रा चिनियाँ साथीहरू र सहकर्मीहरूलाई फेरि एक पटक भेट्न पाउँदा धेरै खुसी छौं। हामी त्यतिबेला पनि सँगै थियौं र अहिले पनि सँगै छौं।'

त्यसको प्रतिउत्तरमा सी जिनपिङले भने,'चीन-रूस सम्बन्धले अन्तर्राष्ट्रिय परिवर्तनहरूको परीक्षा उत्तीर्ण गरेको छ।' उनले भने ,'चीन अझ न्यायपूर्ण र समतामूलक विश्वव्यापी शासन प्रणाली निर्माण गर्न रूससँग काम गर्न चाहन्छ।

बुधबार,सी जिनपिङले दोस्रो विश्वयुद्धको अन्त्यमा चीनमा जापानले आत्मसमर्पण गरेको ८० औं वार्षिकोत्सवको अवसरमा चीनको अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य परेड आयोजना गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— मलेसियामा विदेशी श्रमिकको संख्या गत वर्षको तुलनामा १३ प्रतिशतले घटेको छ । मलेसियाले २०२४ को जुनबाट नेपालसहित स्राेत देशबाट आंशिक रुपमा मात्रै श्रमिकलाई भर्ना गरेको छ । मानव संशाधन उपमन्त्री दातुक सेरी अब्दुल रहमान मोहम्मदले सोमबार संसद्लाई जानकारी दिँदै अक्टाेबर १५ सम्म विदेशी श्रमिक घट्दै गइरहेको जनाएका हुन् । उनका अनुसार अक्टोबर १५ सम्म मलेसियामा ...
: उत्तरी अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या २० पुगेको छ। स्थानीय अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने अनुमान गरेका छन्। भूकम्प प्रभावित क्षेत्रहरूमा राहत र उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्। तालिबान सरकारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमान अमरले भूकम्पमा २० भन्दा बढीको मृत्यु भएको र ३२० भन्दा बढी घाइते भएको बताएका छन्। ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियामा इस्लामी लडाकु समूहसँग सैन्य कारबाहीको योजना तयार गर्न आदेश दिएका छन्। उनले नाइजेरियाली सरकारले त्यहाँ बसोबास गर्ने क्रिश्चियनको हत्या रोक्न पर्याप्त कदम नचालेको आरोप लगाएका हुन्। ट्रम्पले कुन हत्या भन्ने कुरा स्पष्ट पारेनन्। तर अमेरिकाका दक्षिणपन्थी वृत्तमा नाइजेरियाली क्रिश्चियनविरुद्ध कथित हिंसाको दाबी देखा परेका छन्। अनुगमन समूहले नाइजेरियामा मुस्लिमभन्दा क्रिश्चियनलाई बढी मारिएको ...
: भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले सीएमएस–३ नामक सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ। इसरोका अध्यक्ष वी. नारायणनले एलवीएम३–एम५ ले सीएमएस–३ सञ्चार उपग्रहलाई आफ्नो तोकिएको कक्षमा सफलतापूर्वक स्थापित गरेको बताए। उनले भने,ʻम सम्पूर्ण इसरो टोली र सबै साझेदारलाई भूमिका र योगदानका लागि बधाई दिन्छु। आजको मिसनले भारतका लागि अर्को गौरव ल्याएको छ।ʼ अध्यक्ष वी. नारायणनले आर्थिक ...
। संयुक्त राज्य अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथले आइतबार अमेरिका र चीनले सैन्य–सैन्य प्रत्यक्ष सञ्चार च्यानलहरू स्थापना गर्ने सहमति गरेको बताएका छन् । उनका अनुसार दुवै मुलुकबीचको द्विपक्षीय सम्बन्ध ‘अहिलेसम्मकै उत्कृष्ट अवस्थामा’ पुगेको छ । हेग्सेथले शनिबार राति क्षेत्रीय सुरक्षा सम्मेलनका क्रममा आफ्ना चिनियाँ समकक्षी एडमिरल डोङ जुनसँग भेटवार्ता गरेका थिए । उनले भने, ‘शान्ति, स्थिरता र राम्रो ...