मुख्य समाचार
हुलाक सेवालाई परिष्कृत र प्रभावकारी बनाउँदै लैजाने
हुलाक सेवालाई परिष्कृत र प्रभावकारी बनाउँदै लैजाने

: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवालाई परिष्कृत र प्रभावकारी बनाउँदै लैजाने बताएका छन्। मंगलबार काठमाडौंमा हुलाक सेवा विभागको वार्षिक प्रगति समीक्षा कार्यक्रममा उनले हुलाक अति आवश्यक सेवा निकाय भएकाले परिष्कृत र प्रभावकारी बनाउँदै लैजाने बताएका हुन्।



मन्त्री गुरुङले हुलाकको पछिल्लो व्यावसायिक सम्भावना कुरियरमा रहेकाले यसलाई विदेशमा भएका नेपालीको पहुँचसम्म विस्तार गरिने उल्लेख गरे।


मन्त्री गुरुङले सबै पालिकालाई डिजीटलाईजेन गर्न र स्मार्ट हुलाक कार्यालय सञ्चालन सुरु गर्न निर्देशन समेत दिए। स्मार्ट हुलाक कार्यालय सञ्चालनका लागि जति सक्दो छिटो मापदण्ड बनाउन उनले सुझाव दिए।


मन्त्री गुरुङले पालिकामा एक हुलाक एक मोटर साइकलको व्यवस्था गर्ने, हुलाक कार्यालय भवन निर्माण गर्ने लगायतका कार्यमा मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपेली मुलुक इटालीको प्रतिस्पर्धा नियामक निकायले अमेरिकी प्रविधि कम्पनी एप्पलमाथि भारी जरिवना गरेको छ । इटालीको प्रतिस्पर्धा प्राधिकरण (एजीसीएम) ले एप्पल र उसका दुई विभागलाई ९८ मिलियन युरो जरिवाना तिराउने आदेश दिएको छ । यो भनेको करिब १६ अर्ब ५६ करोड नेपाली रुपैयाँ बराबर रकम हो । एप्पलले स्मार्टफोन एप बजारमा आफ्नो प्रभुत्वशाली हैसियतको ...
— काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने दोस्रो ‘घर निर्माण फेस्ट’को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । नेपालको निर्माण व्यवसाय क्षेत्रलाई आधुनिक प्रविधिको प्रयोगमार्फत नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित घर निर्माण फाउन्डेसनको आयोजनामा पुस १२ देखि १५ गतेसम्म फेस्ट आयोजना हुन लागेको हो । फेस्टमा १५० भन्दा बढी स्टल रहनेछन् भने करिब २ सय करोड रुपैयाँको कारोबार ...
सरकारले लामो समयदेखि काम नभएका र प्रगति पनि नदेखिएका आयोजनाका ठेक्का तोड्न अग्रसरता देखाएको भए पनि तिनको यथाशक्य निर्माणको सुनिश्चितता भने गर्न सकेको छैन ।
— सवारीसाधनलाई इन्धनबाट बिजुलीमा रूपान्तरण (कन्भर्जन) गर्ने कानुन दुई पटक आए पनि मापदण्ड नबन्दा यसको सुविधा उपयोग गर्न नसकिएको व्यवसायीले बताएका छन् । १४ चैत २०७८ मा राजपत्रमा सूचना प्रकाशन गर्दै सरकारले पेट्रोलियम सवारीलाई विद्युतीयमा रूपान्तरण गर्ने नीति लिएको थियो । पछिल्लो पटक सरकारले फेरि ३ वर्षका लागि कन्भर्जन गर्न पाउने सूचना जारी गरेको छ । गत ...
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका ईश्वर पोखरेलले आफू विजयी हुन नसके पनि पार्टीको अभियानमा निरन्तर सहभागी भइरहने बताएका छन्