: सशस्त्र प्रहरीका एक जना हवल्दार मोरङबाट लागुऔषधसहित पक्राउ परेका छन्। पर्साको वीरगञ्ज घर भएका ३६ वर्षीय मनिष गिरी पक्राउ परेका हुन्।
गिरी मोरङको रतुवामाई नगरपालिका–१ चुनीमारीस्थित सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बरडंगामा कार्यरत सशस्त्र प्रहरी हवल्दार हुन्। उनलाई सशस्त्र प्रहरीले नै नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान एवं कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाएको हो।
प्रहरीका अनुसार उनको साथबाट ३० मिलिग्राम ब्राउन सुगर (खैरो हेरोइन) बरामद भएको छ। उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन बुधबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
गिरीमाथि इलाका प्रहरी कार्यालय सिजुवाले थप अनुसन्धान गरिरहेको छ।