मुख्य समाचार
कोशीमा फैलिदै लम्पी स्किन महामारी
कोशीमा फैलिदै लम्पी स्किन महामारी

: कोशी प्रदेशको थप एक जिल्लामा गाईभैंसीमा लाग्ने लम्पी स्किन रोगको महामारी फैलिएको छ । कोशी प्रदेशको ओखलढुंगामा पनि ७ वटा गाईगोरुमा लम्पी स्किन रोगको संक्रमण भेटिएपछि महामारी फैलिएको जिल्लाको संख्या १३ पुगेको हो ।



पछिल्लो तथ्यांक अनुसार कोशी प्रदेशमा २८ हजार २ सय ५९ वटा गाईगोरु र राँगा भैंसीमा लम्पी स्किन रोग पाइएकोमा ९ सय ८९ वटा पशुचौपाया मरेको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ । लम्पी स्किन रोग विरुद्धको खोप लगाएका पशुचौपायाहरूमा यो रोगको प्रभाव कम देखिएको र मुख्यरुपमा लम्पी स्किन रोग लागेका बाछाबाच्छी र पाडापाडीहरु बढी मरेको पशु चिकित्सकहरुले बताएका छन् । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले लम्पी स्किन रोग विरुद्धको खोप सम्बन्धित कृषि ज्ञान केन्द्रमार्फत पालिकाहरूलाई वितरण गरेको छ ।


कोशी प्रदेशमा ३ लाख ७२ हजार ८ सय ४ वटा पशुचौपायाहरूलाई खोप लगाइएकोमा २५ हजार ४ सय २४ वटा पशुचौपायाहरू निको भएको र १ हजार ८ सय ४६ वटा पशुचौपायाहरु संक्रमित रहेको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा. गंगाराम यादवले जानकारी दिए।


कोशी प्रदेशमा १३ लाख २४ हजार ४ सय २६ वटा गाईगोरु र ३ लाख ७४ हजार ५ सय ६७ वटा राँगाभैंसी रहेको तथ्यांक छ । कोशी प्रदेशमा सबैभन्दा बढी झापा, त्यसपछि मोरङ, त्यसपछि इलाम, सुनसरी र उदयपुर जिल्लामा लम्पी स्किन रोगको संक्रमण देखिएको छ ।

लम्पी स्किन रोगको संक्रमण फैलिनबाट जोगाउन गोठहरु सरसफाइ गर्ने तथा पशु प्राविधिकहरूको सल्लाह मान्न कृषकलाई पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बागलुङ सेवा समाज अमेरिकाले रक्तसञ्चार केन्द्रलाई रु १५ लाखको जेनेरेटर र रक्तदान गर्ने कुर्सी सहयोग गरेको छ। नेपाल रेडक्रस सोसाइटीले सञ्चालन धौलागिरि प्रादेशिक अस्पातल क्षेत्रमा सञ्चालन गरेको रक्तसञ्चार केन्द्रबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउन जेटेरेटर र कुर्सी सहयोग गरेको हो। बागलुङमा विद्युत् आवतजावत गर्ने हुँदा रक्तसञ्चारमा रगत बिग्रिने र गुणस्तर खस्किने जोखिम हुँदै आएको थियो। जेनेरेटर ...
। पशुसेवा विभागले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लू सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ । विभागले विभिन्न प्रयोगशालामार्फत नियमित नमूना परीक्षण गरी निगरानी बढाएको हो । काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेमा सङ्क्रमणको जोखिम बढी देखिएकाले रोग नियन्त्रण कार्यलाई उच्च प्राथमिकता राखिएको विभागका महानिर्देशक डा. उमेश दाहालले बताए । उनका ...
— काठमाडौं महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १८०० भाइल एन्टी रेबिज खोप उपलब्ध गराएको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले शुक्रबार अस्पतालमै पुगेर उक्त खोप हस्तान्तरण गरेकी हुन् । उक्त अवसरमा उनले भनिन्,' अस्पतालमा खोप अभाव हुने सम्भावना बढेको सूचना प्राप्त गरेपछि सम्भावित जनस्वास्थ्यजन्य जोखिम घटाउन अस्पताललाई सहयोग प्रदान गरेका हौँ । जनावरले ...
। युरोपको बीईएसएसवाई २ सिनक्रोट्रोन फ्यासिलिटीमा एउटा अत्याधुनिक सुपरकन्डक्टिङ एक्सरे स्पेक्ट्रोमिटर सञ्चालनमा आएको छ। ट्रान्जिसन एज सेन्सर प्रविधिमा आधारित यो युरोपको पहिलो प्रणाली हो जसले फोटोन पत्ता लगाउने क्षमतालाई पारम्परिक उपकरणको तुलनामा १०० देखि १ हजार गुणासम्म बढाएको छ। यस ठूलो प्रविधिको विकासले वैज्ञानिकहरूलाई परमाणु जत्तिकै पातलो पदार्थ, नानोसंरचना र अत्यधिक पातलो नमूनाहरूको तीव्र गति र ...
। मुलुकका ११ जिल्लामा बर्डफ्लु संक्रमण फैलिएको छ । पशु सेवा विभागले प्रतिवेदन सार्वजनिक गर्दै तीन महिनादेखि देशका विभिन्न स्थानमा देखिएको यो घातक संक्रामक रोग हालसम्म ११ जिल्लाका ८२ फरक–फरक स्थानमा पुष्टि भइसकेको बताएको हो । विभागका अनुसार ४ चैत २०८२ मा मोरङ जिल्लाबाट सुरु भएको यो संक्रमण हालसम्म झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, ...