मुख्य समाचार
बागमती प्रदेश सरकारले चलाएको लम्पी स्किन रोगको रोकथाम तथा नियन्त्रण अभियान अन्तरगत प्रदेशभर ९६ हजार ३ सय ४७ वटा गाई तथा भैँसीलाई खोप लगाइए
बागमती प्रदेश सरकारले चलाएको लम्पी स्किन रोगको रोकथाम तथा नियन्त्रण अभियान अन्तरगत प्रदेशभर ९६ हजार ३ सय ४७ वटा गाई तथा भैँसीलाई खोप लगाइए

: बागमती प्रदेश सरकारले चलाएको लम्पी स्किन रोगको रोकथाम तथा नियन्त्रण अभियान अन्तरगत प्रदेशभर ९६ हजार ३ सय ४७ वटा गाई तथा भैँसीलाई खोप लगाइएको छ ।



पछिल्लो समय चितवनमा यो रोग तीव्ररूपमा फैलिएको छ। रोगको न्यूनीकरणका लागि खोप अभियानको सुरुवात ललितपुरबाट गरिएको थियो। क्रमशः अन्य १३ वटै जिल्लामा अभियान सञ्चालन गरिएको बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेलले जानकारी दिए।


लम्की स्किन रोगविरुद्धको सप्ताहव्यापी खोप अभियान अन्तर्गत सिन्धुलीमा १० हजार ३ सय २८ वटा गाई तथा भैँसीलाई खोप लगाइएको छ। त्यसै रामेछापमा ४ हजार ४ सय ३७, काठमाडौंमा ४ हजार ३ सय ५०, ललितपुरमा ३ हजार ६ सय ६, भक्तपुरमा १ हजार ५ सय ४३, धादिङमा ६ हजार ५१, काभ्रेपलाञ्चोकमा ७ हजार ६ सय ९८ वटा गाई भैँसीमा खोप लगाइएको छ। यस्तै नुवाकोटमा ७ हजार ७ सय २४, रसुवामा ३ हजार ६ सय ३४, दोलखामा ९ हजार ९ सय ८२, सिन्धुपाल्चोकमा ६ हजार २ सय ८४, चितवनमा ६ हजार १५ र मकवानपुरमा २४ हजार ६ सय ९५ गाई भैँसीमा लम्की स्किन रोगविरुद्धको खोप लगाइएको छ।


यसअघि प्रदेशभर २ लाख ४५ हजार २२२ गाई तथा भैँसीमा लम्पी स्किन रोगविरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। वीर अस्पतालको निर्देशकमा डा.विकास नेपाल नियुक्त भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) का उपकुलपतिको सिफारिसमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले डा.नेपाललाई वीरको निर्देशकमा नियुक्त दिएकी हुन् । ११औँ तहका डा.नेपाल ग्यास्ट्रो सर्जन हुन् । त्यसै गरी सहायक निर्देशकमा डा.अपार लामिछाने र अनिता विसी नियुक्त भएका छन् । यस भन्दा अगाडि सरकारले रुपमा डा.प्रभा ...
। जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा पाँच जनाको मृत्यु भएको छ । जिल्लामा हालसम्म नौ जनामा जेई सङ्क्रमण पुष्टि भएकोमा पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तीन पुरुष र दुई महिला रहेका छन् । सङ्क्रमितमा मेचीनगरका तीन, हल्दिबारीका एक, बाह्रदशीका एक, कचनकवलका एक, बिर्तामोडका दुई र अर्जुनधाराका एक जना छन् । स्वास्थ्य कार्यालय ...
। सुर्खेतको चौकुने गाउँपालिका–१० चालिखेकी ५६ वर्षीया देउमा कामीको सर्पको टोकाइबाट मृत्यु भएको छ । बुधबार बिहान घरमा हात धुने क्रममा दायाँ हातको चोर औँलामा सर्पले डसेपछि उपचारका लागि स्वास्थ्य संस्था लैजाँदै गर्दा उनको मृत्यु भएको हो । मृतकका देवर बाल विंक अनुसार सर्पले टोकेपछि देउमालाई सुरुमा पश्चिम बाजुरा चौरस्थित पलाईतेको स्वास्थ्य संस्थामा लगिएको थियो । ...
। सरकारले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध हुँदै आएका औषधिको सूची परिमार्जन गरेको छ । स्वास्थ्य बीमा बोर्डले नयाँ सुविधा थैली लागु गर्दै बीमामार्फत उपलब्ध हुने औषधिको संख्या घटाएको हो । यससँगै अब स्वास्थ्य बीमा कार्यक्रमबाट १ हजार १०२ प्रकारका औषधि उपलब्ध हुनेछन् । बोर्डका सुचना अधिकारी विकेश मल्लका अनुसार यसअघि बीमा कार्यक्रमअन्तर्गत १ हजार २८९ प्रकारका औषधि ...
: वीरगन्जको नारायणी अस्पतालमा सर्पले टोकेपछि बिरामीलाई लगाइने एन्टी स्नेक भेनम (एएसभी) नामक इन्जेक्शन (सुई) दुई दिनदेखि सकिएको छ । जसका कारण सर्पले डसेका बिरामीहरुलाई अस्पतालले अन्यत्र पठाउन थालेको छ । सोमबार नारायणी अस्पताल प्रशासनले नै एक सूचना जारी गर्दै सर्पले टोकेपछि बिरामीलाई लगाइने एन्टी स्नेक भेनम इन्जेक्शनको मौज्दात अस्पतालमा सोमबारदेखि सकिएको र तालुक कार्यालयबाट ...