मुख्य समाचार
चीनको विजय दिवस परेड सम्पन्न
चीनको विजय दिवस परेड सम्पन्न

: चीनको विजय दिवस परेड सम्पन्न भएको छ। यस परेडमा चीनले आफ्नो सैन्य शक्ति प्रदर्शन गरेको छ। यसमा आणविक क्षमता भएका अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रहरू पनि समावेश छन् ।

यस समयमा धेरै देशका नेताहरू उपस्थित भएका थिए। चिनियाँ राष्ट्रपति सी जिनपिङले परेडको क्रममा सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा राष्ट्रपति सी जिनपिङले चीन कहिल्यै कुनै पनि धम्की दिने व्यक्तिसँग नडराउने बताएका थिए।

सोही क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उन पहिलो पटक सार्वजनिक रूपमा एकसाथ देखा परेका थिए।

सी जिनपिङले चीनको अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य परेडको आयोजना हुन्। यो कार्यक्रम दोस्रो विश्वयुद्धको अन्त्यमा चीनमा जापानले आत्मसमर्पण गरेको ८० औं वार्षिकोत्सवमा आयोजना गरिएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियामा इस्लामी लडाकु समूहसँग सैन्य कारबाहीको योजना तयार गर्न आदेश दिएका छन्। उनले नाइजेरियाली सरकारले त्यहाँ बसोबास गर्ने क्रिश्चियनको हत्या रोक्न पर्याप्त कदम नचालेको आरोप लगाएका हुन्। ट्रम्पले कुन हत्या भन्ने कुरा स्पष्ट पारेनन्। तर अमेरिकाका दक्षिणपन्थी वृत्तमा नाइजेरियाली क्रिश्चियनविरुद्ध कथित हिंसाको दाबी देखा परेका छन्। अनुगमन समूहले नाइजेरियामा मुस्लिमभन्दा क्रिश्चियनलाई बढी मारिएको ...
: भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले सीएमएस–३ नामक सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ। इसरोका अध्यक्ष वी. नारायणनले एलवीएम३–एम५ ले सीएमएस–३ सञ्चार उपग्रहलाई आफ्नो तोकिएको कक्षमा सफलतापूर्वक स्थापित गरेको बताए। उनले भने,ʻम सम्पूर्ण इसरो टोली र सबै साझेदारलाई भूमिका र योगदानका लागि बधाई दिन्छु। आजको मिसनले भारतका लागि अर्को गौरव ल्याएको छ।ʼ अध्यक्ष वी. नारायणनले आर्थिक ...
। संयुक्त राज्य अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथले आइतबार अमेरिका र चीनले सैन्य–सैन्य प्रत्यक्ष सञ्चार च्यानलहरू स्थापना गर्ने सहमति गरेको बताएका छन् । उनका अनुसार दुवै मुलुकबीचको द्विपक्षीय सम्बन्ध ‘अहिलेसम्मकै उत्कृष्ट अवस्थामा’ पुगेको छ । हेग्सेथले शनिबार राति क्षेत्रीय सुरक्षा सम्मेलनका क्रममा आफ्ना चिनियाँ समकक्षी एडमिरल डोङ जुनसँग भेटवार्ता गरेका थिए । उनले भने, ‘शान्ति, स्थिरता र राम्रो ...
। मेक्सिकोको हर्मोसिलोमा एक पसलमा आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । हर्मोसिलो शहरस्थित वाल्डोज नामको स्टोरमा आगलगी भएको हो । वाल्डोज मेक्सिकोकै सबभन्दा ठूलो डिस्काउन्ट स्टोरको चेन समेत हो । स्थानीय अधिकारीका अनुसार विस्फोटपछि आगलागी भएको थियो । तर, त्यहाँका गभर्नर अल्फोंसो दुराजोले भने आगलागीको कारण नखुलेको बताएका ...
। ट्रम्प प्रशासनको श्रम विभाग (लेबर डिपार्टमेन्ट) ले कम्पनीहरूमाथि एच-वानबी भिसाको दुरुपयोग गरेको आरोप लगाएको छ। एक भिडियो सन्देशमा भनिएको छ, कम्पनीहरूले एच-वानबी भिसाको गलत प्रयोग गरी कम तलबमा विदेशी कामदारहरूलाई रोजगारी दिए, यसले अमेरिकी युवाहरूको ‘अमेरिकन ड्रीम’ खोसियो। भिडियोमा यस किसिमको अनियमितता गर्न दिने राजनीतिक नेतृत्व र कर्मचारीहरूलाई पनि दोषी ठहर गरिएको छ। ट्रम्प प्रशासनका अनुसार, एच-वानबी ...