मुख्य समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टीले जुम्लाको अर्ग्यानिक स्याउ काठमाडौं ल्याउँदा प्रहरीले घुस मागेको दाबी
राष्ट्रिय प्रजातन्त्र पार्टीले जुम्लाको अर्ग्यानिक स्याउ काठमाडौं ल्याउँदा प्रहरीले घुस मागेको दाबी

: राष्ट्रिय प्रजातन्त्र पार्टीले जुम्लाको अर्ग्यानिक स्याउ काठमाडौं ल्याउँदा प्रहरीले घुस मागेको दाबी गरेको छ। प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आकस्मिक समयमा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले स्याउ ल्याउँदा प्रहरीले ठाउँ ठाउँमा सय रुपैयाँसम्म घुस मागेको भन्दै गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका हुन् । उनले सांसदहरूलाई जुम्लाका स्याउ किनिदिन आग्रह गरे।



‘जुम्लाको स्याउ आएको छ बजारमा, रसिलो पनि छ, स्वादिलो छ, केमिकल हालेको छैन। माननीयज्यूहरूले किन्दिनुहोला, विदेशी स्याउ केमिकल हालेको छ, त्यसको क्वारेन्टाइन नगरी नल्यादिनुहोला।’ शाहीले भने, ‘जुम्लाबाट स्याउ ल्याउँदा प्रहरीले ठाउँ ठाउँमा १०० रुपियाँसम्म घुस मागिरहेको छ । स्याउको चेकजाँच नगरियोस्, सभामुखमार्फत गृहमन्त्रीलाई जानकारी गराउन चाहन्छु।’


उनले जुम्लाको स्याउलाई सहज रुपमा बजारीकरणको व्यवस्था गर्न माग गरे। उनले विदेशी स्याउलाई एक दुई महिना ल्याउन रोकेर जुम्लाको स्याउ बिक्री हुने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरे। विदेशी स्याउ रोकिदिँदा जुम्लाको स्याउले बजार पाउने उनको भनाई छ। उनले जुम्लाबाट आउने सडक ४ दिनदेखि बन्द रहेको भन्दै सहज यातायातको लागि भौतिक पूर्वाधारमन्त्रीसँग आग्रह गरे।


सांसद शाहीले आफूहरू निरन्तर भिजिट भिसा प्रकरणको छानबिनको मागमा रहेको बताए। उनले आफूहरूको माग सम्बोधन नहुँदा देख्नेहरूलाई समेत लाज हुन थालिसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकाले नेपाली सेनालाई दुईवटा स्काइ ट्रक 'हेलिकोप्टर' हस्तान्तरण गरेको छ। बुधबार एक समारोहबीच अमेरिकी राजदूत डिन आर थम्पसनले उक्त हेलिकोप्टर नेपाली सेनालाई हस्तान्तरण गरेका हुन्। हस्तान्तरण समारोहमा परराष्ट्र मन्त्री राणा,रक्षामन्त्री मानवीर राई र प्रधान सेनापति अशोकराज सिग्देललगायत सहभागी थिए। समारोहमा बोल्दै परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले उक्त सहयोग नेपाल र अमेरिका बीचको दिगो मित्रता ...
: संसदीय समितिले निर्माणाधीन नयाँ संसद भवनको निर्माण कार्यप्रति असन्तुष्टि जनाएको छ । बिहीबार संघीय संसद अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले निर्माणाधीन नयाँ संसद भवनको आकस्मिक अनुगमन गर्दै निर्माणको कार्य निकै सुस्त भएको भन्दै असन्तुष्ट जनाएको हो । अनुगमनका क्रममा सरकारले उपलब्ध गराएको क्यालेन्डर अनुसार काम नभएको पाइएको समिति ...
: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ। भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो। युनिभर्सल टुर्स एण्ड ट्राभल (युटिटी)ले आगामी असोज १२ (२८ सेप्टेम्बर) देखि चार वटा चार्टर उडान गर्ने जनाएको छ। असोज १२, १६, २० र २४ गते उडान गर्ने गरी तालिकासमेत तय भइसकेको युटिटीका सञ्चालक परासर प्रसाईंले जानकारी दिए। ...
: परराष्ट्रसचिव अमृतबहादुर राईले नेपालले चीनको कुनै पनि कुरामा समर्थन नजनाएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे जानकारी दिँदै परराष्ट्रसचिव राईले उक्त कुरा बताएका हुन्। प्रधानमन्त्री ओलीको चीन भ्रमणका दौरान चिनियाँ विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेर नेपालले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई)लाई समर्थन जनाएको दाबी गरेको थियो। उनले नेपालले चीनको ग्लोबल इनिसियटिभमा समर्थन जनाएको ...
: रुपन्देहीमा लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र लागुऔषध बदामदगी क्षेत्रको प्रहरी युनिटको टोलीले उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ का २६ वर्षीय इरफान अन्सारी, सिद्धार्थनगर नगरपालिका–१ का २६ वर्षीय प्रेमलाल यादव र रोहिणी गाउँपालिका-६ का ३५ वर्षीय ईरसाद प्रवेज रहेको प्रहरीले ...