मुख्य समाचार
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबिच द्विपक्षीय बैठक
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबिच द्विपक्षीय बैठक

: रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबिच द्विपक्षीय बैठक भएको छ। भेटमा पुटिनले किम जोङ उनलाई आफ्नो सम्बन्ध मैत्रीपूर्ण रहेको बताएका छन्। पुटिनले उत्तर कोरियाली सेनाले कुर्स्क क्षेत्रलाई मुक्त गर्न मद्दत गरेको भन्दै धन्यवाद दिएका छन्।



पुटिनले भने,' उत्तर कोरियाली सैनिकहरूले त्यहाँ बहादुरीपूर्वक लडे।'


बैठक दियाओयुताई स्टेट गेस्टहाउसमा भएको हो जहाँ चीन भ्रमण गर्ने राष्ट्र प्रमुखहरूलाई स्वागत गरिन्छ। यसअघि पुटिन र किमको भेट चीनको विजय दिवस परेडको क्रममा भएको थियो।


यी दुई नेतासँगै चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: उत्तर कोरियाली नेता किम जोङ उन हवाई यात्रा गर्दैनन् भन्ने सबैलाई थाहा छ। उनी चीनको विजय परेडमा भाग लिन विशेष रेलबाट आएका थिए। तर किमको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि एउटा भिडियो बाहिर आएको छ। यसले सबैलाई स्तब्ध बनायो। भिडियोमा उत्तर कोरियाली कर्मचारीहरूले पुटिनसँगको भेटमा किम जोङ उनले छोएका चीनका हरेक वस्तु सफा गरिरहेका ...
: इन्डोनेसियामा सयौं महिलाहरूले गुलाबी लुगा लगाएर संसद् सडकमा भुईँ बढार्दै प्रदर्शन गरेका छन्। यी विरोध प्रदर्शन प्रहरी क्रूरता र सरकारी फजुल खर्चको विरुद्धमा भइरहेका हुन्। इन्डोनेसियाली महिला गठबन्धनले गुलाबी रंगले बहादुरीको प्रतीक रहेको बताएको छ। यस्तै झाडुले सरकार, सैन्यवाद र प्रहरीको दमनकारी नीतिले छाडेको फोहोर सफा गर्ने उनीहरूको तत्परताको प्रतीक रहेको बताएको छ। इन्डोनेसियाको राजधानी जकार्ता ...
: चीनको विजय दिवस परेड सम्पन्न भएको छ। यस परेडमा चीनले आफ्नो सैन्य शक्ति प्रदर्शन गरेको छ। यसमा आणविक क्षमता भएका अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रहरू पनि समावेश छन् । यस समयमा धेरै देशका नेताहरू उपस्थित भएका थिए। चिनियाँ राष्ट्रपति सी जिनपिङले परेडको क्रममा सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा राष्ट्रपति सी जिनपिङले चीन कहिल्यै कुनै पनि धम्की ...
: पाकिस्तानको क्वेटामा बलुचिस्तान नेशनल पार्टी (बीएनपी) को र्‍यालीपछि भएको विष्फोटमा १३ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्। यस विष्फोटमा घाइते भएका जमान बलोचले बैठक सकिएपछि आफ्नो साथीलाई पर्खिरहेको बेला अचानक शक्तिशाली विस्फोट भएको बताएका छन्। जमान बलोचले विष्फोटपछि उनले धेरै मानिसहरू भुइँमा लडिरहेको देखे र जताततै चिच्याहट र रोदन थियो। बलुचिस्तान ...
: चीनको विजय दिवस परेड सुरु हुने वित्तिकै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसमा प्रतिक्रिया जनाएका छन्। उनले आफ्नो सामाजिक सञ्जाल पोस्टमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङको आलोचना गरेका छन्। उनले पुटिन र किम जोङले अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्। ट्रम्पले लेखेका छन्,'कृपया भ्लादिमिर पुटिन र किम जोङ उनलाई मेरो ...