मुख्य समाचार
कन्टेनर र ट्रक एकआपसमा ठोक्किँदा चालकको मृत्यु, दुई घाइते
कन्टेनर र ट्रक एकआपसमा ठोक्किँदा चालकको मृत्यु, दुई घाइते

: बर्दघाट–सुस्तापूर्वको देवचुलीमा कन्टेनर र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले गएराति बुटवलतर्फ गइरहेको कन्टेनर र नारायणघाटतर्फ आइरहेको ट्रक पूर्वपश्चिम राजमार्गको देवचुली–१५ लोकाहामा ठोक्किँदा कन्टेनर चालक पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–१ का ३५ वर्षीय माधव पङ्गेनीको मृत्यु भएको हो। गम्भीर घाइते उनको उपचारका क्रममा भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा आज बिहान मृत्यु भएको हो ।



दुर्घटनामा गम्भीर घाइते भएका कन्टेनरका सहचालक चितवनको राप्ती नगरपालिका–७ का ३६ वर्षीय रामबहादुर सार्की र ट्रकचालक महोत्तरीको बर्दिबास नगरपालिका–११ का ३० वर्षीय बिचबहादुर थिङको भरतपुरस्थित एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकाले नेपाली सेनालाई दुईवटा स्काइ ट्रक 'हेलिकोप्टर' हस्तान्तरण गरेको छ। बुधबार एक समारोहबीच अमेरिकी राजदूत डिन आर थम्पसनले उक्त हेलिकोप्टर नेपाली सेनालाई हस्तान्तरण गरेका हुन्। हस्तान्तरण समारोहमा परराष्ट्र मन्त्री राणा,रक्षामन्त्री मानवीर राई र प्रधान सेनापति अशोकराज सिग्देललगायत सहभागी थिए। समारोहमा बोल्दै परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले उक्त सहयोग नेपाल र अमेरिका बीचको दिगो मित्रता ...
: संसदीय समितिले निर्माणाधीन नयाँ संसद भवनको निर्माण कार्यप्रति असन्तुष्टि जनाएको छ । बिहीबार संघीय संसद अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले निर्माणाधीन नयाँ संसद भवनको आकस्मिक अनुगमन गर्दै निर्माणको कार्य निकै सुस्त भएको भन्दै असन्तुष्ट जनाएको हो । अनुगमनका क्रममा सरकारले उपलब्ध गराएको क्यालेन्डर अनुसार काम नभएको पाइएको समिति ...
: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ। भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो। युनिभर्सल टुर्स एण्ड ट्राभल (युटिटी)ले आगामी असोज १२ (२८ सेप्टेम्बर) देखि चार वटा चार्टर उडान गर्ने जनाएको छ। असोज १२, १६, २० र २४ गते उडान गर्ने गरी तालिकासमेत तय भइसकेको युटिटीका सञ्चालक परासर प्रसाईंले जानकारी दिए। ...
: परराष्ट्रसचिव अमृतबहादुर राईले नेपालले चीनको कुनै पनि कुरामा समर्थन नजनाएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे जानकारी दिँदै परराष्ट्रसचिव राईले उक्त कुरा बताएका हुन्। प्रधानमन्त्री ओलीको चीन भ्रमणका दौरान चिनियाँ विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेर नेपालले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई)लाई समर्थन जनाएको दाबी गरेको थियो। उनले नेपालले चीनको ग्लोबल इनिसियटिभमा समर्थन जनाएको ...
: रुपन्देहीमा लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र लागुऔषध बदामदगी क्षेत्रको प्रहरी युनिटको टोलीले उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ का २६ वर्षीय इरफान अन्सारी, सिद्धार्थनगर नगरपालिका–१ का २६ वर्षीय प्रेमलाल यादव र रोहिणी गाउँपालिका-६ का ३५ वर्षीय ईरसाद प्रवेज रहेको प्रहरीले ...