मुख्य समाचार
अमेरिकाले नेपाली सेनालाई दुईवटा स्काइ ट्रक 'हेलिकोप्टर' हस्तान्तरण
अमेरिकाले नेपाली सेनालाई दुईवटा स्काइ ट्रक 'हेलिकोप्टर' हस्तान्तरण

: अमेरिकाले नेपाली सेनालाई दुईवटा स्काइ ट्रक 'हेलिकोप्टर' हस्तान्तरण गरेको छ। बुधबार एक समारोहबीच अमेरिकी राजदूत डिन आर थम्पसनले उक्त हेलिकोप्टर नेपाली सेनालाई हस्तान्तरण गरेका हुन्।



हस्तान्तरण समारोहमा परराष्ट्र मन्त्री राणा,रक्षामन्त्री मानवीर राई र प्रधान सेनापति अशोकराज सिग्देललगायत सहभागी थिए। समारोहमा बोल्दै परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले उक्त सहयोग नेपाल र अमेरिका बीचको दिगो मित्रता र सहकार्यको प्रतिक भएको बताइन्।


नेपाल र अमेरिकाबीच विश्वासमा आधारित एवं दिगो र ऐतिहासिक सम्बन्ध रही आएको उनको भनाइ छ। मन्त्री राणाले अमेरिका प्रजातान्त्रिक शासन प्रणालीको सुदृढीकरण,मानवतावादी सहयोग, विपद् व्यवस्थापन, शान्ति स्थापना तथा क्षमता विकासमा नेपालको एक विकास साझेदार र भरपर्दो मित्र रहेको पनि स्पष्ट पारिन्।


उनले अमेरिकासँगको नेपालको मित्रता र सहकार्य सधैँ शान्ति,स्थायित्व र मानव सेवाको उद्देश्यमा समर्पित रहेको बताउँदै नेपाललाई गर्दै आएको निरन्तर सहयोगका लागि अमेरिकी सरकार र अमेरिकी जनतालाई धन्यवाद ज्ञापन गरिन्।

मन्त्री राणाले निरन्तर समर्पण र अनुशासनका साथै राष्ट्रियता,विश्व शान्ति र सुरक्षाप्रति अटूट प्रतिबद्धता प्रदर्शन गर्दै आएकामा नेपाली सेनाको प्रशंसा गरिन् । ती स्काइ ट्रक विपद् र उद्धारका क्रममा सेवा दिन र एयर एम्बुलेन्सको रूपमा पनि प्रयोग गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ। विभागले आज प्रेस विज्ञप्ति जारी गर्दै विभागको सेवा थप सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ नेपाली नागरिकका लागि अन्तरराष्ट्रिय आगमन तथा प्रस्थान विवरण (भ्रमण विवरण) नागरिक एपमार्फत प्राप्त गर्न सकिने नयाँ व्यवस्था मिलाइएको जनाएको छ। प्रेस विज्ञप्तिअनुसार यो व्यवस्था लागू ...
। नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि सरकारले दरखास्त आह्वान गरेको छ । कार्यकारी प्रमुख छनोट उपसमितिले खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्तिका लागि दरखास्त मागेको हो । इच्छुक उम्मेदवारले १० दिन भित्र आवश्यक कागजातसहित सूचना दिन सकिने बताएको छ । कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र पर्यटन क्षेत्रमा न्यूनतम १० वर्ष अनुभव भएको हुनुपर्ने शर्त ...
। प्रधानमन्त्री बालेन शाह ‘बालेन्द्र’ ले २४ सेप्टेम्बर (८ असोज)मा संयुक्त राष्ट्रसंघको ८१ औं महासभालाई सम्बोधन गर्ने भएका छन् । परराष्ट्र सचिव अमृतबहादुर राईले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्रीको सम्बोधनको कार्यतालिकाबारे जानकारी दिएका हुन् । ‘संयुक्त राष्ट्रसंघको ८१ औं महासभाको ‘हाई लेभल जनरल डिबेट’ २२–२८ सेप्टेम्बरसम्म न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा हुनेछ,’ सचिव राईले भने, ‘महासभाको जनरल ...
। विपद्‌मा खाना पकाउने ग्यासमा तोकिएभन्दा बढी मूल्य लिएर बिक्री गर्ने जोकोहीलाई कानुनी कारबाही गर्न ग्यास विक्रेता महासंघ नेपालले सरकारसँग माग गरेको छ । महासंघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विषम परिस्थितिको फाइदा उठाएर अनुचित लाभ लिनेमाथि कारबाहीको माग गरेको हो । लामो समयदेखि मुलुकमा ग्यास अभाव भइरहेकोमा पछिल्लो समय भोटेकोशीमा आएको भीषण बाढीले थप समस्या निम्त्याएको ...
। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशमा विभिन्न स्थानबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ बाट दुई, मोरङको लेटाङ नगरपालिका–४ बिपी चोकबाट दुई, उदयपुरको त्रियुगा नगरपालिका–६ बाट पाँच, कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बाट दुई, कैलालीको धनगढी उपमहानगरपालिका–७ जनआवाज चोकबाट एक र टीकापुर नगरपालिका–९ खक्रौलाबाट दुई जना पक्राउ परेका ...