मुख्य समाचार
एप्पलले अहिलेसम्मकै सबैभन्दा पातलो आइफोन लञ्च गरेको छ
एप्पलले अहिलेसम्मकै सबैभन्दा पातलो आइफोन लञ्च गरेको छ

। एप्पलले अहिलेसम्मकै सबैभन्दा पातलो आइफोन लञ्च गरेको छ । मंगलबार आफ्नो विशेष वार्षिक समारोहमार्फत् एप्पलले जम्मा ५.६ मिलिमिटर मोटो आइफोन एयर सार्वजनिक गरेको हो ।

त्यसक्रममा एप्पलका सिइओ टिम कुकले आइफोन एयरलाई आइफोन प्रविधिमा अहिलेसम्मकै ठूलो फड्को रहेको र यो गेमचेन्जर स्मार्टफोन भएको बताएका छन् ।

आइफोन एयरमा ६.५ इन्चको सुपर रेटिना एक्सडिआर डिस्प्ले छ, जसमा १२० हर्ज रिफ्रेस रेट दिइएको छ । यो फोनमा ए१९ प्रो प्रोसेसर छ, जुन शक्तिशाली चिपसेट हो । जसमा C1x नामक नयाँ मोडेम छ । यो विद्यमान C1 को तुलनामा दोब्बर फास्ट रहेको बताइएको छ ।

आइफोन एयरमा डुअल क्यामेरा सेटअप रहेको छ । जसमा प्रमुख क्यामेरा ४८ मेगापिक्सेलको छ । त्यस्तै सेल्फी क्यामेरा १८ मेगापिक्सेलको रहेको छ ।

आइफोन एयरमा रहेको क्यामेराको सबैभन्दा गज्जबको क्षमता भनेको यसका सेल्फी क्यामेरा र पाछाडिको भागमा रहेको क्यामराबाट एकै पटकमा भिडियो तथा तस्वीर खिच्न सकिन्छ ।

कम्पनीका अनुसार आइफोन एयर अहिलेसम्मको सबैभन्दा टिकाउ फोन हो । यसको सुरुवाती मूल्य ९ सय ९९ डलर तोकिएको छ ।

यो फोन अहिलेसम्मकै सबैभन्दा कम ब्याट्री खपत गर्ने आइफोन रहेको दाबी एप्पलको छ ।

आइफोन १७ सिरिज

उक्त समारोहमा एप्पलले आइफोन १७ सिरिजका तीनवटा नयाँ आइफोन पनि लञ्च गरेको छ । त्यसमा आइफोन १७, आइफोन १७ प्रो र आइफोन १७ प्रो म्याक्स रहेका छन् ।

तीमध्ये आइफोन १७ को सुरुवाती मूल्य ७९९ डललर, आइफोन १७ प्रो को १०९९ डलर र प्रो म्याक्सको मूल्य ११९९ डलर तोकिएको छ ।

आगामी सेप्टेम्बर १९ मा यी आइफोनको प्रिअर्डर सुरु हुने एप्पलले जनाएको छ ।

नयाँ एयरपड्स र स्मार्टवाच

साथै एप्पलले आफ्नो एयरपड्स प्रो थ्री वायरलेस हेडफोनको नयाँ संस्करण पनि सार्वजनिक गरेको छ। यो एयरपड्समा लाइभ भाषा अनुवाद फिचर रहेको छ । यसको सुरुवाती मूल्य २४९ डलर रहेको छ ।

त्यसैगरी एप्पलले ब्लड प्रेसर मनिटर र स्लीप स्कोर फिचर सहितको नयाँ एप्पल वाचपनि सार्वजनिक गरकेो छ । यो फिचरले प्रयोगकर्तालाई उच्च रक्तचापको अवस्थामा सचेत गराउनेछ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सरकारले फेसबुक,ट्वीटर (एक्स),युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार उक्त निर्णय गरेको हो। सरकारले आजदेखि नै उक्त सामाजिक सञ्जाल बन्द गर्नका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ। स्रोतका अनुसार सञ्चार मन्त्रालयमा बिहीबार बसेको बैठकले सर्वोच्च अदालतको परमादेश ...
: सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरूलाई निष्क्रिय बनाउन निर्देशन दिएको छ। मन्त्रालयले दूर सञ्चार प्राधिकरणलाई पत्राचार गरेर दर्ता नभएका सामाजिक सञ्जालहरूलाई निष्क्रिय पार्न निर्देशन दिएको हो। सर्वोच्च अदालतको परमादेश र यसअघि सरकारको निर्णय बमोजिम त्यस्ता सामाजिक सञ्जालहरूलाई नेपालभित्र निष्क्रिय बनाउन निर्देशन दिइएको हो। 'सम्मानित सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले अदालतको अवहेलनासम्बन्धी मुद्दा ...
: गुगललाई अमेरिकी अदालतबाट ठुलो राहत मिलेको छ। योसँगै अब कम्पनीले क्रोम ब्राउजर बेच्नु पर्नेछैन। अदालतले अमेरिकी न्याय विभागको अपिल खारेज गरेको छ। यसमा गुगलले आफ्नो क्रोम ब्राउजर बेच्नुपर्ने भनिएको थियो। डीसी जिल्ला अदालतका न्यायाधीश अमित मेहताले यो आदेश दिएका हुन्। अदालतले आफ्नो फैसलामा अनलाइन खोजमा प्रतिस्पर्धालाई बढवा दिन गुगलले आफ्ना प्रतिद्वन्द्वी प्राविधिक ...
: सरकारको निर्णयसँगै चिनियाँ एप वी च्याट पनि बन्द हुने भएको छ। नेपालमा दर्ता नगरेपछि फेसबुक, ट्वीटरसहित चिनियाँ एप वी च्याट पनि बन्द हुने भएको हो। सरकारले तोकिएको समयसीमा भित्र दर्ता नभएका २६ वटा सामाजिक सञ्जाललाई बन्द गर्न निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार बसेको बैठकले २६ वटा सामाजिक सञ्जालालई निष्क्रिय बनाउन दूरसञ्चार ...
: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवालाई परिष्कृत र प्रभावकारी बनाउँदै लैजाने बताएका छन्। मंगलबार काठमाडौंमा हुलाक सेवा विभागको वार्षिक प्रगति समीक्षा कार्यक्रममा उनले हुलाक अति आवश्यक सेवा निकाय भएकाले परिष्कृत र प्रभावकारी बनाउँदै लैजाने बताएका हुन्। मन्त्री गुरुङले हुलाकको पछिल्लो व्यावसायिक सम्भावना कुरियरमा रहेकाले यसलाई विदेशमा भएका नेपालीको पहुँचसम्म विस्तार गरिने उल्लेख ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम