मुख्य समाचार
इजराइलले पछिल्ला ७२ घण्टामा ६ देशहरूमा हमला
इजराइलले पछिल्ला ७२ घण्टामा ६ देशहरूमा हमला

। इजराइलले पछिल्ला ७२ घण्टामा ६ देशहरूमा हमला गरेको छ। यसमा गाजा (प्यालेस्टाइन) सहित सिरिया, लेबनान, कतार, यमन र ट्युनिसिया रहेका छन्। यी आक्रमणहरूमा २०० भन्दा बढीको मृत्यु भएको छ र १००० भन्दा बढी घाइते भएका छन्।

यी आक्रमण सोमबारदेखि बुधबारबीच भएका हुन्। इजराइलले यी देशहरूमा रहेका आतंककारी केन्द्रहरूलाई लक्ष्य बनाइरहेको जिकिर गरेको छ।

इजरायलको यो कदमको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेतन्याहूसँग असन्तुष्टि व्यक्त गरेका छन्।

तर नेतन्याहूले कतारको राजधानी दोहामा हमास अधिकारीहरूलाई लक्षित गरेर गरिएको भन्दै आफ्नो कदमको बचाउ गरेका छन्। उनले यसलाई ९/११ पछि अमेरिकाले गरेको कारबाहीसँग तुलना गर्दै भने, ‘इजराइलले पनि त्यही गरेको हो जुन अमेरिकाले गरेको थियो ।’

इजरायलको यो हमलाले अमेरिकाको भूमिकामाथि पनि प्रश्न उठेको छ । यसबीच अरब नेताहरू ऐक्यबद्धता जनाउन खाडी राष्ट्रको भ्रमण गर्दैछन्।

इजरायली आक्रमणबारे छलफल गर्न दोहामा आइतबार र सोमबार आपतकालीन अरब-इस्लामिक शिखर सम्मेलन हुने भएको हो ।

आक्रमणमा शीर्ष वार्ताकारहरू सबै सुरक्षित रहे, तर निर्वासित गाजाका प्रमुख खलील अल-हय्याका छोरासहित पाँच हमास सदस्य मारिएका थिए।

कतारी प्रधानमन्त्रीले भनेका छन्, ‘नेतन्याहूले दोहामाथि हवाई आक्रमण गर्ने आदेश दिएर गाजामा रहेका सबै इजरायली बन्दीहरूलाई मुक्त गर्ने सम्झौतामा सबै आशा नै मारिदिएका छन्।’

कहाँ कति मारिए ?

इजरायली सेनाले मंगलबार कतारको राजधानी दोहामा हवाई आक्रमण गरेको थियो। यो हमला हमासका प्रमुख खलील अल-हय्यालाई लक्ष्य गरेर गरिएको इजरायलले जिकिर गरेको छ।

यो हमलामा अल-हय्याको छोरा, अफिस निर्देशक, तीन जना गार्ड र एक जना कतारी सुरक्षा अधिकारीसहित ६ जनाको मृत्यु भएको थियो।

यो आक्रमणको समयमा हमास नेताहरू अमेरिकाको युद्धविराम प्रस्तावबारे छलफल गरिरहेका थिए। हमलापछि हमासले युद्धविराम अस्वीकार गर्‍यो।

उता,इजराइलले सोमबार पूर्वी लेबनानका बेका र हरमेल जिल्लामा गरेको हवाई हमलामा ५ जनाको मृत्यु भएको छ। इजरायली सेनाको दाबी अनुसार, यी आक्रमणमा हिज्बुल्लाहका सैन्य केन्द्रहरूलाई निशाना बनाइएको हो। तर हिज्बुल्लाहले कुनै प्रतिक्रिया दिएको छैन।

मंगलबार पनि इजरायली ड्रोनले हिज्बुल्लाहका एक सदस्यमाथि आक्रमण गरेको थियो। नोभेम्बर २०२४ मा इजराइल र लेबनानबीच युद्धविराम भए तापनि त्यसपछि पनि इजराइलले दक्षिणी लेबनानमा आक्रमण गरिरहेको छ।

त्यस्तै, अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूका अनुसार, इजरायली फाइटर जेटले सोमबार सिरियाको एयरफोर्स बेस र सैन्य क्याम्पमाथि हमला गर्‍यो। सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स अनुसार यस आक्रमणमा कुनै हताहत भएको जानकारी छैन।

सिरियाको परराष्ट्र मन्त्रालयले यसलाई देशको सार्वभौमिकतामाथि आक्रमण भन्दै निन्दा गरेको छ। उसले भनेको छ– इजराइल राष्ट्रिय र क्षेत्रीय सुरक्षाका लागि खतरा हो।

सन् १९७४ मा सिरिया र इजराइलबीच भएको सैन्य फिर्ती सम्झौताअनुसार एकअर्कामाथि आक्रमण नगर्ने सहमति भएको थियो। तर गत डिसेम्बरमा पूर्व राष्ट्रपति बशर अल-असद पतन भएपश्चात इजराइलले निरन्तर सिरियाका सैन्य केन्द्र र पूर्वाधारलाई निसाना बनाइरहेको छ।

यस वर्ष मात्रै इजराइलले सिरियामाथि ८६ वटा हवाई आक्रमण र ११ वटा स्थलगत हमला गरिसकेको छ। यसमा ६१ जनाको मृत्यु भएको छ र १३५ स्थानहरूलाई लक्षित गरिएको छ।

ट्युनिसिया र यमनमा पनि हमला

इजरायली ड्रोनले सोमबार राति ट्युनिसियाको बन्दरगाहमा एउटा पारिवारिक डुङ्गामाथि हमला गर्‍यो। उक्त जहाजमा ६ जना सवार थिए, जसले पोर्तुगाली झन्डा बोकेका थिए। जीएसएफका अनुसार यस आक्रमणमा कुनै मृत्यु भएको छैन।

मंगलबार पनि इजरायली ड्रोनले बेलायती झण्डा बोकेर यात्रा गरिरहेको अर्को जहाजलाई लक्ष्य बनाएको थियो। सन् २०१० देखि गाजाको क्षेत्रमा छिर्ने प्रयास गर्ने जहाजमाथि इजरायली ड्रोन आक्रमण गर्दै आएको छ।

उता, इजराइलले बुधबार यमनको राजधानी सानामाथि १५ दिनभित्र दोस्रो आक्रमण गर्‍यो। यसमा हूथी विद्रोहीका ठेगानाहरूलाई निशाना बनाइएको थियो। यो हमला साना विमानस्थलमा गरिएको थियो।

यसअघि २८ अगस्टमा इजराइलले सानामाथि आक्रमण गर्दा हूथी प्रधानमन्त्री अहमद अल-रहावीसहित १० जनाको मृत्यु भएको थियो र ९० जना घाइते भएका थिए।

त्यस्तै, सोमबार गाजामा इजरायली आक्रमणका कारण करिब १५० जनाको मृत्यु भएको छ र ५४० जना घाइते भएका छन्।

सन् २०२३ देखि अहिलेसम्म गाजामा कुल ६४,६०० भन्दा बढी प्यालेस्टिनी मारिएका छन्। गाजामा भोकमरीका कारण ४०० जनाको मृत्यु भइसकेको छ र हजारौँ मानिस भग्नावशेषमा पुरिएर मरेका छन्। गाजाको करिब ७५ प्रतिशत भूभाग अहिले इजरायलको कब्जामा छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले श्रीलंकालाई झन्डै २० करोड ६० लाख अमेरिकी डलर आपत्कालीन सहयोग उपलब्ध गराउने भएको छ । शुक्रबार बसेको आईएमएफको कार्यकारी बोर्ड बैठकले विनाशकारी चक्रवात 'दितवा' बाट उत्पन्न समस्या तथा कठिनाइ समाधान गर्न यो सहयोग गर्ने निर्णय गरेको हो । नोभेम्बर १७ मा आएको दितवा चक्रवातले श्रीलंकामा ठूलो जनधनको क्षति गराएको छ । ...
— श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले खानेपानी मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्ने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा खानेपानी मन्त्रालयको कार्यभार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् । खानेपानी मन्त्रालयको जिम्मेवारी यसअघि प्रधानमन्त्रीले नै सम्हाल्दै आएकी थिइन् । मंसिर २६ गते भण्डारीले ...
— संघीय अनुसन्धान एजेन्सी (एफआईए)को विशेष अदालतले शनिबार पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) का संस्थापक इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय सुनाएको छ । अदालतको आदेशको प्रतिलिपिबाट उद्धृत गर्दै डनले रिपोर्ट गरेअनुसार दुवैलाई एक करोड ६४ लाख रुपैयाँ जरिवाना गरिएको छ, कानुन अनुसार, जरिवाना तिर्न असफल भएमा थप जेल सजाय ...
: ताइवानको राजधानी ताइपेईमा भएको चक्कु आक्रमणबाट तीन जनाको मृत्यु भएको छ । धेरै जना घाइते भएका छन्। एक व्यक्तिले चक्कु र धुवाँयुक्त ग्रेनेडले आक्रमण गर्दा कम्तीमा तीन जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। घटनामा २७ वर्षीय चाङ वेनले ‘स्मोक बम’ प्रज्वलन गर्दै भीडभाड भएको क्षेत्रमा मानिसमाथि आक्रमण गरेका थिए। ताइवानका प्रधानमन्त्री चो ...
: अमेरिकामा आप्रवासनको प्रमुख आधार डाइभरसिटी भिसा (लोटरी) कार्यक्रम अन्ततः स्थगित गरिएको छ। अमेरिकामा स्थायी बसोबासका लागि डाइभरसिटी भिसामार्फत प्रत्येक वर्ष ठूलो संख्यामा आप्रवासन हुने गरेको थियो। नेपालबाट पनि डाइभरसिटी भिसा लोटरीमार्फत अमेरिका आएकाको संख्या अत्यधिक रहेको छ। यो लोटरी कार्यक्रममार्फत सपरिवार ग्रिनकार्डसहित अमेरिका आउन सकिन्थ्यो। डाइभरसिटी भिसा कार्यक्रमको विपक्षमा रहँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड जे ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम