मुख्य समाचार
सिंहदरबारभित्र प्रधानमन्त्री कार्यालयसहित तीन मन्त्रालय खण्डहर
सिंहदरबारभित्र प्रधानमन्त्री कार्यालयसहित तीन मन्त्रालय खण्डहर

।देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा करिब शतप्रतिशत क्षति पुगेको पाइएको छ ।

मुख्यसचिव एकनारायण अर्यालसहित नेपाल सरकारका सचिवहरूले गरेको प्रारम्भिक अध्ययनबाट यस्तो देखिएको हो । स्थलगत अध्ययन गरी फर्किएका अर्थ सचिव घनश्याम उपाध्यायका अनुसार मन्त्रालयमध्ये प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, शिक्षा मन्त्रालय र गृह मन्त्रालयमा शतप्रतिशत क्षति देखिएको छ । सिंहदरबार बाहिर रहेको एकमात्र मन्त्रालय स्वास्थ्यमा समेत शतप्रतिशत क्षति भएको छ ।

अन्य मन्त्रालयमा भने आंशिक क्षति देखिएको छ । अर्थ मन्त्रालयको तल्लो तला, बाहिरको टहरा र गाडीहरूमा क्षति पुर्‍याएको पाइएको छ ।

‘सिंहदरबारभित्र क्षति नगरेको भवन भेट्न मुस्किल छ,’ उनले भने, ‘तर, सबैभन्दा कामै नलाग्ने गरी तीन मन्त्रालयमा क्षति पुगेको देखियो।’

सिंहदरबारभित्रको क्षतिलाई रकममा भने तत्काल गणना गर्न सक्ने अवस्था नै नदेखिएको उनी बताउँछन् । यद्यपि, क्षतिको विवरण संकलनको काम मन्त्रालयहरूले थालेका छन् ।

नयाँ प्रधानमन्त्रीलाई सिंहदरबार भित्रै कार्यालय व्यवस्थापन मिलाउने तयारीमा समेत सचिवहरू जुटेका छन् । त्यसमध्ये सबैभन्दा सद्दे रहेका विभिन्न भवनको विकल्पमा आज छलफल भएको सचिव उपाध्यायले जानकारी दिए।

सोमबारदेखि सुरु भएको जेनजी आन्दोलनको दोस्रो दिन आन्दोलनकारीको निसानामा सरकारी भवन र कार्यालय परेका हुन् । त्यसमध्ये सिंहदरबारमा अहिलेसम्मकै भयानक क्षति पुगेको छ ।

मुख्यसचिव अर्यालले कतिपय काम अनलाइनबाटै सुरु गरिसकेको जानकारी गराए । कर संकलन, राहदानी, वैदेशिक रोजगार, अध्यागमन विभागका काम अनलाइनबाटै थालिएको उनले जानकारी दिए । खानेपानी, विद्युत्, टेलिफोनका सेवा, आपूर्ति सहजीकरणलाई ध्यान दिइएको उनले बताए । नयाँ सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार रहेको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आपतकालीन सेवाहरु नरोकिएको जनाएको छ । ‘श्रमसँग सम्बन्धित आपतकालिन सेवाहरु दिइरहेका छौं,’ श्रम सचिव कृष्णहरि पुष्करले इकान्तिपुरसँग भने,‘अनलाइन श्रम स्वीकृति र सामाजिक सुरक्षासँग सम्बन्धित कामहरु जारी छन् ।’ उनका अनुसार श्रम मन्त्रालयमा ठूलो क्षति पुगेको छैन । ‘मन्त्रालयको पूर्वी भागका सिसाहरु फुटाइएको छ । अन्य क्षति छैन । तीन ...
: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरुको अनुहारमा दाग लागेकाले ऐना पुछेर सफा नहुने बताएका छन्। शुक्रबार भिडियो सन्देशमा उनले भदौ २३ र २४ गते अकल्पनीय घटना भएको भन्दै कांग्रेस सरकारमा भएकाले सिंगो देशसँग माफी माग्नुपर्ने बताएका हुन्। उनले भने,ʻहाम्रो अनुहारमा दाग लागेको छ, ऐना पुछेर हुँदैन, हामीले हाम्रो दाग पुग्नुपर्छ। कांग्रेस पार्टी यस विषयमा ...
: राष्ट्रिय मानव अधिकार आयोगले कानुनी शासनको जगमा निकास निकाल्न आग्रह गरेको छ। आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा मानव अधिकार, लोकतान्त्रिक मूल्यमान्यता र कानुनी शासनको जगमा निकास निकाल्न उचित हुने उल्लेख छ। ‘मुलुकमा विद्यमान संकटपूर्ण परिस्थितिमा राष्ट्रिय मानव अधिकार आयोग राष्ट्रपति रामचन्द्र पौडेलसँग सम्पर्कमा रहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘मानव ...
। वैज्ञानिक समाजवादी पार्टी नेपालले जेनजी विद्रोहलाई प्रतिगमनमा लैजाने षडयन्त्र चरम उत्कर्षमा पुगेको जनाएको छ । सके संरचनागत प्रतिगमनमा लैजाने वा बढीमा सीमित बनाउने षड्यन्त्र भइरहेको सो पार्टीको शंका छ । महासचिव आहुतिले आज प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘महान विद्रोहलाई प्रतिगमनले खेलाउँदै यथास्थितिमा पछाडि धकेल्ने सम्भावना तीव्र भएको छ । महान् विद्रोहलाई सके ...
: सुनसरीको झुम्का कारागारबाट भागेका १४ जना कैदीलाई धरान प्रहरीले नेपाली सेनाको सहयोगमा पक्राउ गरेको छ। कर्तव्य ज्यान, बलात्कार, लागू औषधसहितका जघन्य अपराधमा सजाय भोगिरहेका ती कैदीलाई धरानका विभिन्न स्थानबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए। पक्राउ परेका कैदीलाई इलाका प्रहरी कार्यालयको गाडीमा राखी झुम्का कारागार पठाइएको छ। उनीहरूलाई नेपाली ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम