: सुनसरीको झुम्का कारागारबाट भागेका १४ जना कैदीलाई धरान प्रहरीले नेपाली सेनाको सहयोगमा पक्राउ गरेको छ।
कर्तव्य ज्यान, बलात्कार, लागू औषधसहितका जघन्य अपराधमा सजाय भोगिरहेका ती कैदीलाई धरानका विभिन्न स्थानबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए।
पक्राउ परेका कैदीलाई इलाका प्रहरी कार्यालयको गाडीमा राखी झुम्का कारागार पठाइएको छ। उनीहरूलाई नेपाली सेनाले कडा सुरक्षा बीच स्कटिङ गर्दै पुनः कारागार पुर्याएको हो।
प्रहरी निरीक्षक ठाकुरका अनुसार फरार कैदीहरू पुनः आपराधिक गतिविधिमा संलग्न हुन सक्ने भएकाले बाँकी कैदीको खोजी कार्यलाई अझ तीव्र पारिएको छ। प्रहरी र सेनाले संयुक्त अभियान सञ्चालन गरिरहेका छन्।