मुख्य समाचार
जेन—जी आन्दोलनका नाममा उच्च अदालत विराटनगरको भवनमा भदौ २४ गते आगजनी
जेन—जी आन्दोलनका नाममा उच्च अदालत विराटनगरको भवनमा भदौ २४ गते आगजनी

: जेन—जी आन्दोलनका नाममा उच्च अदालत विराटनगरको भवनमा भदौ २४ गते आगजनी गरियो । बिहीबारसम्म आगो निभेको थिएन । अदालतका विभिन्न कोठा र फर्निचरका सामान जलिरहेका थिए । अदालत धुवाँ र खरानीले ढाकिएको छ । भुइँ तलादेखि माथिल्लो तलासम्म सबैतिर आगोले छेडेर संरचना खण्डहर बनेका छन् ।



तर, त्यही खण्डहर बनेको भवनबाट शुक्रबारबाट अदालती सेवा सुरु गरियो । बन्दी प्रत्यक्षीकरणको पहिलो रिट दर्ता भयो । गरेर न्यायको ढोका खुला रहेको सन्देश प्रवाह गरिएको थियो । लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित पक्राउ परेका भारतीय नागरिक ३७ वर्षीय शेर महम्मदको रिहाइको माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भयो । शेरमुहम्मद मोरङको इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा छन् ।



साउन १ गते पक्राउ परेका उनलाई बारम्बार अदालतबाट म्याद थप गर्दै प्रहरीले अनुसन्धान गरिरहेको थियो । जेन—जी आन्दोलनको नाममा अराजक समूहले उच्च अदालतमा आगो झोस्यो । अदालतका प्रायः सबै चिज खरानी भए । जिल्ला अदालत मोरङमा पनि आगजनी गरियो । त्यसपछि थुनुवाको म्याद थप प्रक्रिया ठप्प भयो ।


अदालतको संरचना नै नष्ट भएकाले प्रहरीले शेर महम्मदको म्याद थपका लागि कानुनी प्रक्रिया पूरा गर्न सकेन । उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सञ्जीवकुमार साहले बन्दी प्रत्यक्षीकरणको रिट शुक्रबार दर्ता गरेका हुन् ।

मुुलुकको कानुनअनुसार कुनै पनि व्यक्तिलाई अदालतबाट म्याद थप नगरी २४ घण्टाभन्दा बढी प्रहरी हिरासतमा राख्न पाइँदैन । तर, अदालत नै खरानी भएकाले प्रक्रिया पूरा गर्न नसक्ने अवस्थामा प्रहरी छ । त्यसैले गैरकानुनी रूपमा हिरासतमा राखिएको भन्दै शेरको रिहाइ माग गर्दै साहले रिट दायर गरेका हुन् ।

उक्त रिटमाथिको सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ । अदालतका रजिस्ट्रार जगदीशप्रसाद भट्टका अनुसार रिट दर्ता हुँदासमेत कोठाभित्र धुवाँ उडिरहेको थियो । कतिपय भागमा अझै आगो बलिरहेको थियो । तर, अदालतले संवैधानिक हकलाई प्राथमिकता दिँदै खरानीबीच पनि कामकाज अघि बढाएको उनी बताउँछन् । आगोले भवनको सबैजसो तलामा क्षति पुगेको छ । विशेषगरी कार्यालय कक्ष, विभिन्न फाँट र मिसिल पूर्ण रूपमा नष्ट भएका छन् । ‘बचेका केही कागजात पनि आधा जलेका छन् । प्रयोगयोग्य छैनन्,’ भट्टले भने ।

अदालत परिसरमा पार्किङ गरिएका ११ वटा चारपाङ्ग्रे गाडी, वकिल र कर्मचारीका मोटरसाइकल पनि जलेर ध्वस्त भएको उनले बताए । प्रत्यक्षदर्शीका अनुसार केही युवाले आगजनीकै बेला ३–४ वटा मोटरसाइकल चोरेर लगेका छन् । यस घटनापछि अदालतको नियमित कामकाज ठप्प भएको छ । मुद्दा दर्ता वा सुनुवाइ तत्काल सम्भव छैन । मोरङ जिल्ला अदालतमा समेत दसैंअघि इजलास सञ्चालन हुन नसक्ने देखिएको छ । तर, बन्दी प्रत्यक्षीकरणजस्ता संवैधानिक हकसँग प्रत्यक्ष जोडिएका विषयमा भने अदालतले बाटो खुला राखेको छ ।

उच्च अदालत बार एसोसिएसनका सचिव विनोदकुमार तिमल्सिनाले जलेर खण्डहर र खरानी भएको अदालतमा रिट दर्ता गरेर सुनुवाइको पेसी तोेकिनुले ‘न्याय जीवित नै छ है भन्ने सन्देश’ प्रवाह भएको बताए । उनका अनुसार अदालत परिसरमा कर्मचारी, वकिल र कानुन अध्ययन गरिरहेका जेन—जी विद्यार्थीहरू शुक्रबार आफैं अदालतको सरसफाइमा जुटेका थिए । करिब ५० जना वकिल र जेन—जी समूहका विद्यार्थीले धुवाँ र खरानी सफा गर्दै जलेका कागजात छुट्ट्याउने काम गरे । विद्यार्थीले अदालत जलाएको घटनाप्रति गहिरो चिन्ता प्रकट गर्दै न्यायालय जनताको साझा धरोहर भएकाले यसलाई पुनस्र्थापना गर्नुपर्ने माग राखेका छन् ।

अदालत जलेर प्रतीक्षालयमै बस्नुपर्ने अवस्था आएको छ । तर, कानुन व्यवसायीहरू भन्छन्, ‘अदालत जले पनि न्याय मरेको छैन भन्ने प्रमाणका रूपमा यही रिट दर्तालाई लिन सकिन्छ ।’ कानुन व्यवसायीहरूले रिट दर्तालाई नेपालकै न्यायिक इतिहासमा गौरवपूर्ण क्षणका रूपमा लिएका छन् । संरचना खरानी भए पनि नागरिकका संवैधानिक हकलाई प्राथमिकता दिने अदालतको यो कदमलाई उनीहरूले ‘न्यायको जीवित प्रतीक’को रूपमा अथ्र्याएका छन् ।

न्यायालयलाई जलाउने समूहमाथि तत्काल अनुसन्धान र कारबाही हुनुपर्ने माग पनि सर्वत्र उठिरहेको छ । रजिस्ट्रार भट्टका अनुसार जलेर खण्डहर भएको अदालतमा नेपालकै पहिलो रिट दर्ता भएको हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना दिएका छन् । साथै उनले नेपाल र नेपालीको शान्ति, प्रगति र समृद्धिप्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । आफ्नो एक्स अकाउन्टमा मोदीले नेपाली लेखेका छन्, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना । नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको ...
— जेन–जी विद्रोहको जगमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की शुक्रबार प्रधानमन्क्रीमा नियुत्त भएकी छन् । पहिलो महिला प्रधानन्यायाधीश कार्कीले पहिलो कार्यकारी प्रमुखको इतिहास पनि रचेकी छन् । कार्की ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी हुन् । प्रधानमन्क्रीमा नियुत्ति भएलगत्तै उनको सिफारिसमा शुक्रबार नै राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन् । प्रधानमन्त्रीको ...
। सरकार ढाल्ने गरी जेनजी युवाहरुको प्रदर्शनको नेतृत्व गरेको हामी नेपाल नामको संस्थाले नेपाली सेनालाई धन्यवाद दिएको छ । कठिन समयमा देशको उद्धार गरेको भन्दै हामी नेपालले नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देललाई धन्यवाद दिएको हो । सुदन गुरुङ नेतृत्वको हामी नेपालले प्रधानसेनापति अशोकराज सिग्देलको भूमिकाको प्रशंसा गर्दै भनेको छ, ‘हामी नेपालीहरु सधैं नेपाली सेनाप्रति ऋणी ...
– प्रदर्शनकारीबाट आगजनी र तोडफोड भए पनि अर्थ मन्त्रालय काम सुरु गर्न सक्ने अवस्थामा रहेको अर्थ सचिव घनश्याम उपाध्यायले बताएका छन् । शुक्रबार मन्त्रालय निरीक्षणपछि केही मन्त्रालयका केही विभागमा क्षति पुगे पनि बजेट, राजस्व र भन्सार प्रणालीका तथ्यांक सुरक्षित रहेकाले तत्काल काम सुरु गर्न सक्ने अवस्थामा रहेको उनले जानकारी दिए । ‘भौतिक रूपमा धेरै तथ्यांक नष्ट भएका छन् । ...
। जेनजी युवाको प्रदर्शनको क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएको शिक्षा मन्त्रालयलाई सिंहदरबार बाहिर सार्ने तयारी गरिएको छ । सिंहदरबार परिसरभित्रको भवनमा अहिले काम गर्न सक्ने अवस्था नरहेकाले तत्कालका लागि लैनचौरस्थित केशरमहलमा सार्ने तयारी गरिएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् । ‘सिंहदरबारको भवन मर्मत नहुन्जेल लैनचौरको केशरमहल क्षेत्रमा रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयको भवनबाट काम गर्ने गरी व्यवस्थापन ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम