मुख्य समाचार
आन्दोलनको क्रममा झन्डै २ दर्जन होटेलहरूमा ठूलो क्षति
आन्दोलनको क्रममा झन्डै २ दर्जन होटेलहरूमा ठूलो क्षति

: नयाँ पुस्ता (जेनजी)ले गरेको आन्दोलनको क्रममा झन्डै २ दर्जन होटेलहरूमा ठूलो क्षति पुगेको जनाइएको छ । होटेल संघ नेपाल (हान) ले संकलन गरेको प्रारम्भिक जानकारीअनुसार २ दर्जन होटेलहरूमा करिब २५ अर्ब रुपैयाँभन्दा बढी आर्थिक क्षति भएको छ । काठमाडौंमा रहेको हिल्टन होटेलको मात्रै ८ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको जनाइएको छ ।


आन्दोलनमा प्रत्यक्ष प्रभावित होटेलहरू काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुल्सीपुर लगायतका क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्रान्डका रहेका छन् र आन्दोलनकारीले होटेल प्रतिष्ठानहरूमा तोडफोड, आगजनी, लुटपाट गरेका छन् ।

यसबाट प्रभावित होटेलहरू मर्मत सम्भार र पुनर्निर्माण नगरी सञ्चालनमा आउन सक्ने अवस्था नरहँदा करिब २ हजारभन्दा बढी कामदार कर्मचारीको चाडपर्वको समयमा रोजगारी गुमेको छ । यसका साथै, सञ्चालन अवरुद्ध भएका यी होटेलहरूले बेहोर्नुपर्ने बैंक–वित्तीय संस्थालगायत आर्थिक दायित्व नियमित रूपमा बुझाउन असमर्थ रहने देखिएको छ ।
‘सर्वसाधारणको सेयर लगानी भएको पब्लिक लिमिटेड कम्पनीसहितको निजी क्षेत्रका यस प्रकारको ठूलो लगानी र सम्पत्तिमा भएको क्षतिको यथाशीघ्र शक्तिशाली अधिकारप्राप्त न्याँयायिक समितिबाट जाँचबुझ हुनुपर्छ । अपराधीलाई उचित क्षतिपूर्तिसहितको दण्ड हुन तथा मर्मतसम्भार पुनर्निर्माणका लागि राज्यबाट आर्थिक प्याकेज उपलब्ध गराएर लगानीकर्ताको मनोबल कायम राख्न आवश्यक छ,’ भन्दै संघद्वारा जारी विज्ञप्तिमा आर्थिक स्थायित्व तथा समृद्धि हासिल गर्दै परिवर्तनकारी नयाँ युगमा पर्यटन विकासको कार्यमा सँगसँगै अघि बढ्न माग गरिएको छ ।

२०२ पर्यटकले भिसा थपेर स्वदेश फर्किए
जेनजी आन्दोलनका कारण स्वदेश फर्किन नपाएका र भिसा सकिएका २०२ जना पर्यटक भिसा थपेर स्वदेश फर्किएका छन् । अध्यागमन विभागले बिहीबार गरेको व्यवस्थाअनुसार भिसा सकिएका पर्यटकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिसा थपेर स्वदेश फर्किएको विभागका प्रवक्ता टीकाराम ढकाल बताउँछन् ।

आन्दोलनका कारण विमानस्थल बन्द हुँदा सेप्टेम्बर ८ अर्थात् भदौ २३ बाट भिसाको अवधी सक्किएका पर्यटकलाई त्रिभुवन विमानस्थलबाट नै भिसा थपेर स्वदेश फर्कन दिने विभागले व्यवस्था गरेको छ । भिसा थप्दा कुनै शुल्क नलाग्ने भन्दै उनले अहिलेसम्म २०२ जनाले भिसा थपेर स्वदेश गएको ढकाल बताउँछन् ।

थप, २४८ जना पर्यटकले भने आपत्कालनि पासपोर्ट बनाएर वा ट्राभल डकुमेन्टमा आफ्नो भिसा ट्रान्सफर गरेर गएका छन् । विभिन्न कारणले पासपोर्ट हराएका पर्यटकले सम्बन्धित दूतावासबाट बनाएको ट्राभल डकुमेन्टमा भिसा ट्रान्सफर गरेर स्वेदश फर्किएका छन् । भिसा ट्रान्सफरबापतको शुल्क २ अमेरिकन डलर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना दिएका छन् । साथै उनले नेपाल र नेपालीको शान्ति, प्रगति र समृद्धिप्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । आफ्नो एक्स अकाउन्टमा मोदीले नेपाली लेखेका छन्, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना । नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको ...
— जेन–जी विद्रोहको जगमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की शुक्रबार प्रधानमन्क्रीमा नियुत्त भएकी छन् । पहिलो महिला प्रधानन्यायाधीश कार्कीले पहिलो कार्यकारी प्रमुखको इतिहास पनि रचेकी छन् । कार्की ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी हुन् । प्रधानमन्क्रीमा नियुत्ति भएलगत्तै उनको सिफारिसमा शुक्रबार नै राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन् । प्रधानमन्त्रीको ...
। सरकार ढाल्ने गरी जेनजी युवाहरुको प्रदर्शनको नेतृत्व गरेको हामी नेपाल नामको संस्थाले नेपाली सेनालाई धन्यवाद दिएको छ । कठिन समयमा देशको उद्धार गरेको भन्दै हामी नेपालले नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देललाई धन्यवाद दिएको हो । सुदन गुरुङ नेतृत्वको हामी नेपालले प्रधानसेनापति अशोकराज सिग्देलको भूमिकाको प्रशंसा गर्दै भनेको छ, ‘हामी नेपालीहरु सधैं नेपाली सेनाप्रति ऋणी ...
– प्रदर्शनकारीबाट आगजनी र तोडफोड भए पनि अर्थ मन्त्रालय काम सुरु गर्न सक्ने अवस्थामा रहेको अर्थ सचिव घनश्याम उपाध्यायले बताएका छन् । शुक्रबार मन्त्रालय निरीक्षणपछि केही मन्त्रालयका केही विभागमा क्षति पुगे पनि बजेट, राजस्व र भन्सार प्रणालीका तथ्यांक सुरक्षित रहेकाले तत्काल काम सुरु गर्न सक्ने अवस्थामा रहेको उनले जानकारी दिए । ‘भौतिक रूपमा धेरै तथ्यांक नष्ट भएका छन् । ...
। जेनजी युवाको प्रदर्शनको क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएको शिक्षा मन्त्रालयलाई सिंहदरबार बाहिर सार्ने तयारी गरिएको छ । सिंहदरबार परिसरभित्रको भवनमा अहिले काम गर्न सक्ने अवस्था नरहेकाले तत्कालका लागि लैनचौरस्थित केशरमहलमा सार्ने तयारी गरिएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् । ‘सिंहदरबारको भवन मर्मत नहुन्जेल लैनचौरको केशरमहल क्षेत्रमा रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयको भवनबाट काम गर्ने गरी व्यवस्थापन ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम