मुख्य समाचार
प्रधानमन्त्रीमा कार्की नियुक्तिको संयुक्त राष्ट्रसंघसहित भारत, जापान र बेलायतद्वारा स्वागत
प्रधानमन्त्रीमा कार्की नियुक्तिको संयुक्त राष्ट्रसंघसहित भारत, जापान र बेलायतद्वारा स्वागत

— जेन–जी विद्रोहको बलमा नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई विभिन्न राष्ट्रले स्वागत गर्दै सावधानीपूर्वक प्रतिक्रिया दिएका छन् ।


भारतले कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारको स्वागत गरेको छ । विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा शुक्रबार गठन भएको सरकारले शान्ति र स्थिरतालाई बढावा दिन मद्दत गर्ने आशा व्यक्त गरिएको छ ।

‘नेपालमा सम्माननीय श्रीमती सुृशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ‘यसले शान्ति र स्थिरतालाई बढावा दिन मद्दत गर्नेमा हामी आशावादी छौं ।’ नजिकको छिमेकी, लोकतन्त्रका साथी र दीर्घकालीन विकास साझेदारका रूपमा कल्याण र समृद्धिका लागि नेपालसँग नजिकबाट काम जारी राख्ने विज्ञप्तिमा उल्लेख छ ।
k
नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई दिएको छ । पछिल्लो समय राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोक सिग्देल र जेन–जी युवाहरूले पुर्‍याएको योगदानको समेत राष्ट्रसंघको कार्यालयले चर्चा गरेको छ ।

उनीहरूको सहयोगले नै यो परिवर्तन सम्भव भएको उल्लेख गर्दै काठमाडौंस्थित आवासीय कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताको शान्ति, न्याय, पारदर्शिता, जवाफदेहिता र प्रगतिको आकांक्षामा राष्ट्रसंघ हातेमोलो गर्न सधैं तयार छ ।‘ विज्ञप्तिमा संवेदनशील समयमा मुलुकको नेतृत्व सम्हालेकी प्रधानमन्त्री कार्कीलाई सफलताको शुभकामना व्यक्त गरिएको छ ।

त्यस्तै, बेलायतले जवाफदेहिता तथा समावेशी शासनप्रतिको नेपाली आकांक्षालाई समर्थन गर्ने प्रतिबद्धता जनाएको छ । काठमाडौंस्थित बेलायती दूतावासद्वारा जारी विज्ञप्तिमा कार्कीको नियुक्तिका सन्दर्भमा भनिएको छ, ‘गत साता दुःखद् रूपमा मानव जीवनको क्षति, घाइते र सम्पत्तिको नोक्सानी हुने गरी भएको घटनापछिको यो एउटा महत्त्वपूर्ण कदम हो ।’

बेलायतको विज्ञप्तिमा भने प्रधानमन्त्री कार्कीलाई बधाई वा स्वागतको शब्द प्रयोग गरिएको भने छैन । नेपालको सबैभन्दा पुराना मित्रका रूपमा बेलायतले नेपालको आगामी चुनौतीहरूलाई बुझेको मात्र उल्लेख गरिएको छ । विज्ञप्तिमा जवाफदेहिता तथा समावेशी शासनप्रति नेपाली आकांक्षालाई समर्थन जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

अर्को मित्र राष्ट्र जापानले पनि कार्कीको नियुत्तिलाई स्वागत गरेको छ । नेपालमा सक्दो छिटो शान्तिपूर्ण लोकतान्त्रिक रूपान्तरण हुने आशा व्यक्त गर्दै जापानले राष्ट्रपति पौडेलले सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरेकामा स्वागत गरेको हो । ‘यो रूपान्तरणतर्फको एक महत्त्वपूर्ण कदम हो,’ काठमाडौंस्थित जापानी दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जापान सरकारले नेपालको विकास र समृद्धिका लागि आफ्नो समर्थन निरन्तर जारी राख्नेछ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना दिएका छन् । साथै उनले नेपाल र नेपालीको शान्ति, प्रगति र समृद्धिप्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । आफ्नो एक्स अकाउन्टमा मोदीले नेपाली लेखेका छन्, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना । नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको ...
— जेन–जी विद्रोहको जगमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की शुक्रबार प्रधानमन्क्रीमा नियुत्त भएकी छन् । पहिलो महिला प्रधानन्यायाधीश कार्कीले पहिलो कार्यकारी प्रमुखको इतिहास पनि रचेकी छन् । कार्की ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी हुन् । प्रधानमन्क्रीमा नियुत्ति भएलगत्तै उनको सिफारिसमा शुक्रबार नै राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन् । प्रधानमन्त्रीको ...
। सरकार ढाल्ने गरी जेनजी युवाहरुको प्रदर्शनको नेतृत्व गरेको हामी नेपाल नामको संस्थाले नेपाली सेनालाई धन्यवाद दिएको छ । कठिन समयमा देशको उद्धार गरेको भन्दै हामी नेपालले नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देललाई धन्यवाद दिएको हो । सुदन गुरुङ नेतृत्वको हामी नेपालले प्रधानसेनापति अशोकराज सिग्देलको भूमिकाको प्रशंसा गर्दै भनेको छ, ‘हामी नेपालीहरु सधैं नेपाली सेनाप्रति ऋणी ...
– प्रदर्शनकारीबाट आगजनी र तोडफोड भए पनि अर्थ मन्त्रालय काम सुरु गर्न सक्ने अवस्थामा रहेको अर्थ सचिव घनश्याम उपाध्यायले बताएका छन् । शुक्रबार मन्त्रालय निरीक्षणपछि केही मन्त्रालयका केही विभागमा क्षति पुगे पनि बजेट, राजस्व र भन्सार प्रणालीका तथ्यांक सुरक्षित रहेकाले तत्काल काम सुरु गर्न सक्ने अवस्थामा रहेको उनले जानकारी दिए । ‘भौतिक रूपमा धेरै तथ्यांक नष्ट भएका छन् । ...
। जेनजी युवाको प्रदर्शनको क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएको शिक्षा मन्त्रालयलाई सिंहदरबार बाहिर सार्ने तयारी गरिएको छ । सिंहदरबार परिसरभित्रको भवनमा अहिले काम गर्न सक्ने अवस्था नरहेकाले तत्कालका लागि लैनचौरस्थित केशरमहलमा सार्ने तयारी गरिएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् । ‘सिंहदरबारको भवन मर्मत नहुन्जेल लैनचौरको केशरमहल क्षेत्रमा रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयको भवनबाट काम गर्ने गरी व्यवस्थापन ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम