मुख्य समाचार
नारायणकाजीले उठाए ४ मुद्दा : समयै निर्वाचनदेखि दमन र आगजनीका दोषीलाई कारबाहीसम्म
नारायणकाजीले उठाए ४ मुद्दा : समयै निर्वाचनदेखि दमन र आगजनीका दोषीलाई कारबाहीसम्म

। नेकपा माओवादी केन्द्र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारले हाल गर्नुपर्ने चार काम सुझाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै श्रेष्ठले नव गठित अन्तरिम सरकारले घोषित मितिमै आम निर्वाचन सम्पन्न गर्नुपर्ने उल्लेख गर्दै भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा घटेका घटनाका दोषीमाथि छानबिन गरी कारबाहीको माग गरेका छन् ।

उनले सिंहदरबार, शीतलनिवास, सर्वोच्च अदालत लगायतका संरचनामा आगजनी गरेर क्षति पुर्‍याउनेमाथि कारबाही हुनुपर्ने बताएका छन् ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भ्रष्टचारीमाथि कारबाही गर्दै सुशासन कायम गर्न माग गर्दै वि.सं २०४७ यताका सरकार, संसद र सार्वजनिक पद धारण गर्नेहरूको सम्पत्ति छानबिन गरी अनियमितरूपमा आर्जन गरेका सम्पत्ति राष्ट्रियकरण गरिनुपर्ने बताएका छन् ।

साथै श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता, संविधान र लोकतन्त्रको रक्षाका लागि सचेत हुन सचत रहन अपील गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आपूर्ति प्रणालीमा कुनै समस्या नरहेको जनाएको छ । जेन–जीले अगुवाई गरेको आन्दोलनपछिको प्रदर्शन र त्यसपछि उत्पन्न परिस्थितिले केही पम्पहरु बन्द रहेपनि निगमले पम्पको माग अनुसार इन्धन वितरण गरिरहेको स्पष्ट पारेको छ । ‘पेट्रोलियम व्यवसायीको माग अनुसार शुक्रबार मुलुकभर ३९८९ किलोमिटर पेट्रोल, २९१६ किलोलिटर डिजेल र २३ किलोलिटर मट्टितेल वितरण गरेका ...
: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी “न दाजुको न भाइको कांग्रेस कांग्रेसजनको” भनेर अगाडि बढ्नुपर्ने बताएका छन्। जनताको भरोसा र विश्वासलाई शिरोधार्य गर्दै अगाडि बढे राष्ट्र निर्माणको अभिभारा स्वतः आफ्नो जिम्मेवारीमा आउने उनले बताएका हुन्। ‘कांग्रेसभित्र नेतृत्व, संगठन र विचारमा नयाँपन ल्याउने जिम्मेवारी तपाई हामी सबैको हो । यसको लागि देशव्यापी बहश, छलफल र ...
: काठमाडौंमा जेनजीको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका वीरगन्ज–१२ मुर्लीका २२ वर्षीय असहाब आलमको शनिबार वीरगन्जमा अन्तिम दाह संस्कार गरिएको छ । काठमाडौंबाट शुक्रबार राति मुर्लीस्थित घरमा ल्याइएको आलमको शव शनिबार बिहान जनाजा –शवयात्रा निकालेर मुर्ली पोखरी नजिकको कब्रस्तानमा लगेर मुस्लिम रितिरिवाज अनुसार अन्त्येष्टि गरिएको हो । आलमको जनाजा र अत्येष्टिमा मुस्लिम ...
: नेपाली कांग्रेस संसद विघटनको असंवैधानिक कदमका विपक्षमा रहेको जनाएको छ। शुक्रबार साँझ विकसित घटनाक्रम लगत्तै उपसभापति पुर्णबहादुर खड्काको संयोजकत्वमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसद विघटन सर्वोच्च अदालतको ब्याख्या विपरीत भएको र संविधान सम्मत नभएको जनाएको छ। 'संसद विघटनको यो उपक्रम हाम्रो संविधानको परिकल्पना र सम्मानित सर्वोच्च अदालतको ब्याख्या विपरीत छ, संविधान सम्मत विल्कुल ...
: नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले युवाहरुले नै बनाएको हुनाले युवाहरुले नै नेतृत्त गर्दै आएको बताएका छन्। सामाजिक सञ्जालमार्फत आज एक भिडियो सन्देश सार्वजनिक गर्दै भट्टराईले एमाले नयाँ र युवा मैत्री, जनमुखी, प्रगतिशिल बनाउन संरचनागत सुधार गर्ने बताएका हुन्। ‘हाम्रो पार्टीमा पुरानो पुस्ता छ। बिचको पुस्ता छ। युवा पुस्ता छ।’उनले भने, ‘हाम्रो पार्टीमा जेन्जी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम