। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो प्रस्तावमा सभापतिलाई सहमत गराउन नसकेको बताएका छन् ।
शर्माले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री लगायतको पदावधि कतिपटकका लागि हुने निश्चित गरेर सुधार गर्न सकिने प्रस्ताव महासमिति बैठकमा अघि सारेको थिए । शर्माको प्रस्ताव अनुसार प्रधानमन्त्री दुई कार्यकाल भन्दा हुन नपाउने व्यवस्था थियो ।
शनिबार भिडियो सन्देश जारी गर्दै शर्माले नागरिकको आक्रोश यस्तै यस्तै सुधारका काम गर्न नसक्दा बढ्दै गएको उनको बताएका छन् । उनले भने,‘मैले सभापतिलाई सहमत गराउन त सकिन । तपाईलाई पाँच पटक प्रधानमन्त्री बनिसक्नुभयो छैठौं पटक बन्नुहुन्न । फलाना फलाना नेताहरु मध्येबाट तपाईंले नाम प्रस्ताव अघि सार्नुहोस् भनें ।’ कांग्रेसको सभापतिले त्यो विधि स्विकार गर्ने अवस्था बनेको भए स्वभाविक रुपमा एमाले र माओवादी केन्द्रको अध्यक्षलाई दबाब पर्ने बताए ।
महामन्त्री थापाले दोस्रो दिनको प्रदर्शनमा जेनजीको नाममा अन्य शक्तिले घुसपैठ गरेको आशंका गरेका छन् । ‘जेनजीको नाममा अरु दलका मानिस, अवाञ्छित तत्वहरु पनि घुसे ती सबैको बारेमा पनि नयाँ सरकारले छानबिन गरेर कारबाही गरिनुपर्दछ । २३ र २४ भदौको घटना र भ्रष्टचारको छानविनका लागि आयोग बन्नुपर्ने शर्माले बताए ।
नयाँ प्रधानमन्त्री बनाउँदा संविधान अनुसार बनाउन सकिनेबारे विकल्पमा छलफल भएपनि निर्णय गर्न नसकिएको उनले बताए ।