: प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा घाइते भएका युवाहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्।
शनिबार काठमाडौंको सिभिल अस्पताल र ट्रमा सेन्टर पुगेर उनले उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन्। उनले घाइतेको उपचारमा कुनै पनि कमी हुन नदिन आग्रह गरेकी छन्।
युवाहरूको आन्दोलनका क्रममा देशभर मृत्यु हुनेको संख्या ५१ जना पुगेको थिए भने १७ सय भन्दा बढी घाइते भएका थिए। अहिले पनि २५० भन्दा बढी घाइतेको विभिन्न अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ।