मुख्य समाचार
योगेश भट्टराईले एमाले युवाहरुले नै बनाएको हुनाले युवाहरुले नै नेतृत्त गर्दै आएको बताए
योगेश भट्टराईले एमाले युवाहरुले नै बनाएको हुनाले युवाहरुले नै नेतृत्त गर्दै आएको बताए

: नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले युवाहरुले नै बनाएको हुनाले युवाहरुले नै नेतृत्त गर्दै आएको बताएका छन्। सामाजिक सञ्जालमार्फत आज एक भिडियो सन्देश सार्वजनिक गर्दै भट्टराईले एमाले नयाँ र युवा मैत्री, जनमुखी, प्रगतिशिल बनाउन संरचनागत सुधार गर्ने बताएका हुन्।



‘हाम्रो पार्टीमा पुरानो पुस्ता छ। बिचको पुस्ता छ। युवा पुस्ता छ।’उनले भने, ‘हाम्रो पार्टीमा जेन्जी पुस्ता किन आइरहेको छैन। उनीहरुको र हाम्रो पार्टीका कडि किन टुटिरहेको छ। यसको गम्भीर समीक्षा गर्नेछौं। हाम्रो पार्टीको नीति, नेतृत्व आगामी दिनमा युवा मैत्री बनाउने छौं।’



एमालेले जनतासँगको सम्बन्धमा व्यापक सुधार गर्नुपर्ने बताउँदै उनले युवाहरुलाई एमालेप्रति विश्वास गर्न सबैलाई आग्रह गरे। भट्टराईले भदौ २३ र २४ गतेको घटनाको व्यापक छानविन गर्दै दोषीमाथि कडा कारबाही गर्न माग गरे।


भट्टराईले नेपाल एक पटक फेरि संक्रमणकालमा प्रवेश गरेको बताउँदै संसद विघटन संक्रमण निधानको सही बाटो नभएको उल्लेख गरे। उनले संक्रमणको निराकरण संवैधानिक प्रक्रियाबाट हुनुपर्ने बताए। ‘जेनजीहरुका मागलाई संवैधानिक प्रक्रियाबाटै, संसदबाटै पूरा गर्न सकिन्थ्यो। राष्ट्रपतिले अहिले जसलाई प्रधानमन्त्री बनाउनुभएको छ उहाँलाई संसदबाट पनि प्रधानमन्त्री बनाउन सकिन्थ्यो’ भट्टराईले भिडियो सन्देशमा भनेका छन् ‘तर त्यता जान खोजिएन। संसदलाई विघटन गरिएको छ। यो सही निकास होइन।’

संविधान परिपालना नगर्दा यसको खारेजीको जोखिम हुने उनको भनाइ छ। ‘संविधानलाई लिकमा फर्काउन,लोकतान्त्रिक प्रक्रियालाई लिकमा फर्काउन सजिलो छैन’ भट्टराईले भने,‘आगामी दिनमा संविधान र लोकतन्त्रलाई लिकमा फर्काउन धैर्यतापूवर्क अघि बढ्नुको विकल्प छैन। प्रधानमन्त्री र राष्ट्रपतिलाई भन्न चाहन्छौं तपाईंहरुका हरेक कदम संवैधानिक होउन। हामी समर्थन गर्छौं।’

सचिव भट्टराईले भ्रष्टाचार,कुशासन र बेथिती समाजको नकारात्मक पाटो भएकोले यसको अन्त्य हुनुपर्ने बताए। एमालेले भौतिक संरचना निर्माणमा ठूलो उपलब्धी हासिल गरेको स्मरण गराउदै भट्टराईले भ्रष्टाचार नियन्त्रणका लागि जति प्रयत्न गर्नुपथ्र्यो त्यती गर्न नसकिएको स्वीकार गरे। ‘जनताका आवाज,युवा पुस्ताको आवाजलाई ठिक ढंगले सम्बोधन गर्ने कुरामा हामी कतै चुक्यौं। ति कमिकमजोरीप्रति हामी आत्मालोचना गर्दछौं ’ भट्टराईले भने ‘यस कमजोरीका लागि जनतासँग माफी माग्दछौं। किनकि एउटा राजनीतिक दल जनताबिना बाँच्न सक्दैन। जनता हाम्रा आधार स्तम्भ हो। ’
भट्टराईले एमालेलाई गतिशिल बनाउन युवाहरुको आवश्यकता औल्याए। पार्टी संकटका बेला यो कारण वा त्यो कारण देखाएर पार्टी छोड्ने प्रवृति राम्रो नभएको बताउँदै विचलित नहुुन उनले आह्वान गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आपूर्ति प्रणालीमा कुनै समस्या नरहेको जनाएको छ । जेन–जीले अगुवाई गरेको आन्दोलनपछिको प्रदर्शन र त्यसपछि उत्पन्न परिस्थितिले केही पम्पहरु बन्द रहेपनि निगमले पम्पको माग अनुसार इन्धन वितरण गरिरहेको स्पष्ट पारेको छ । ‘पेट्रोलियम व्यवसायीको माग अनुसार शुक्रबार मुलुकभर ३९८९ किलोमिटर पेट्रोल, २९१६ किलोलिटर डिजेल र २३ किलोलिटर मट्टितेल वितरण गरेका ...
: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी “न दाजुको न भाइको कांग्रेस कांग्रेसजनको” भनेर अगाडि बढ्नुपर्ने बताएका छन्। जनताको भरोसा र विश्वासलाई शिरोधार्य गर्दै अगाडि बढे राष्ट्र निर्माणको अभिभारा स्वतः आफ्नो जिम्मेवारीमा आउने उनले बताएका हुन्। ‘कांग्रेसभित्र नेतृत्व, संगठन र विचारमा नयाँपन ल्याउने जिम्मेवारी तपाई हामी सबैको हो । यसको लागि देशव्यापी बहश, छलफल र ...
: काठमाडौंमा जेनजीको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका वीरगन्ज–१२ मुर्लीका २२ वर्षीय असहाब आलमको शनिबार वीरगन्जमा अन्तिम दाह संस्कार गरिएको छ । काठमाडौंबाट शुक्रबार राति मुर्लीस्थित घरमा ल्याइएको आलमको शव शनिबार बिहान जनाजा –शवयात्रा निकालेर मुर्ली पोखरी नजिकको कब्रस्तानमा लगेर मुस्लिम रितिरिवाज अनुसार अन्त्येष्टि गरिएको हो । आलमको जनाजा र अत्येष्टिमा मुस्लिम ...
: नेपाली कांग्रेस संसद विघटनको असंवैधानिक कदमका विपक्षमा रहेको जनाएको छ। शुक्रबार साँझ विकसित घटनाक्रम लगत्तै उपसभापति पुर्णबहादुर खड्काको संयोजकत्वमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसद विघटन सर्वोच्च अदालतको ब्याख्या विपरीत भएको र संविधान सम्मत नभएको जनाएको छ। 'संसद विघटनको यो उपक्रम हाम्रो संविधानको परिकल्पना र सम्मानित सर्वोच्च अदालतको ब्याख्या विपरीत छ, संविधान सम्मत विल्कुल ...
। जेनजी प्रदर्शनका क्रममा आगलागीका कारण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पूर्ण रुपमा ध्वस्त भएको छ । साथै मन्त्रालयले अस्थायी रूपमा आफूलाई व्यवस्थापन गर्न स्थान खोजिरहेको जनाएको छ । रामशाहपथस्थित मन्त्रालयको चारतले भवनसँगै त्यहाँ रहेका फर्निचर, महत्वपूर्ण कागज तथा फाइल, कम्प्युटरलगायत परिसरमा रहेको सवारीसाधन खरानी भएका छन् । भवन नहुँदा मन्त्रालयको काम कारबाहीमा प्रत्यक्ष असर परेको छ। ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम